कारोबार संवाददाता
बुधवार, चैत्र २६, २०७६
374

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल देखाएर निहीत स्वार्थ पूर्तिका लागि मिडिया र सामाजिक सञ्जालमा प्रचारबाजी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले मिडिया र सामाजिक सञ्जालमा सरकारलाई असफल देखाएर निहीत स्वार्थ पूर्तिका लागि मिडिया र सामाजिक सञ्जालमा प्रचारबाजी गरिएको भन्दै आपत्ति पनि जनाए ।
मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति आफ्नो पर्याप्त ध्यान गएको भन्दै उनले मानव जातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटमा एकजुट भएर लड्नुपर्ने समयमा स्वार्थ पूरा गर्न चलाइएको प्रचारबाजी बेमौसमी बाजाजस्तै भएको टिप्पणी गरे ।
“यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन। भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्दैन । अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिए निर्ममतापूर्वक कारबाही गर्न सरकार किञ्चित पछि पदैन,” उनले भने ।
ओलीले यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्तिमा परेको बताए । देशवासीलाई सम्बोधन गर्दै उनले मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्य सामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप प्रत्यारोप समेत चलिरहेको बताए ।
“नागरिकको जीवन रक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनैपर्छ,” उनले भने ।
सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षण भन्दा माथि नहुने उनले स्पष्ट पारेका छन् । “तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ,” उनले भनेका छन्।
समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति आफ्नो पर्याप्त ध्यान गएको उनले बताएका छन्। ’मानव जाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन,” उनले भने ।
भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने प्रमले बताएका छन् । “कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि पर्ने छैन,” उनले भने।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संकट विश्वव्यापी रहेकाले संकटको घडीमा जो जहाँ छ, त्यही रहनु नै उपयुक्त हुने बताएका छन् । उनले अन्तर्राष्ट्रिय सीमा बन्द भएकाले अहिले जो जहाँ छ त्यहीँ सुरक्षित रहनुमात्रै विकल्प भएको बताए ।
उनले सम्बन्धित देशले नेपालीको व्यवस्थापन गर्ने बताएका छन् । नेपालको सीमावर्ती इलाकामा २ हजार १४७ नेपालीलाई भारतीयले व्यवस्थापन गरेको उनले जानकारी दिएका छन् । ७ सय भारतीय नागरिकलाई नेपालले व्यवस्थापन गरिरहेको उनले बताएका छन् ।
उनले लकडाउनपछि विभिन्न नाका भएर आएका कतिपय नेपाली क्वारेन्टाइनमा बस्न नमानेकाले परिवारका लागि त्यो महँगो पर्न सक्ने चेतावनी दिएका छन् । उनले सरकार कोरोना सकभर फैलन नदिन सतर्कता अपनाइरहेको र फैलिइहाले नियन्त्रण गर्न सक्षम रहेको बताएका छन् ।

 

सातामा धेरै पढिएको