कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६
310

‘लकडाउन’को दोस्रो दिन बुधबार पनि देशभरिको अवस्था सामान्य रह्यो । सडकमा अत्यावश्यक बाहेक गाडीहरु चलेनन् भने आवतजावत पनि न्यून रह्यो ।
अत्यावश्यक सेवाका र केही अत्यन्तै जरुरी काममा रहेका रहेका बाहेकका गाडीलाई चल्न रोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सार्वजनिक गाडी भने कुनै पनि चलेनन्।
घरबाट निस्किए वा गाडी चलाए सरकारले कानुनअनुसार एक महिनादेखि ६ महिनासम्म जेल सजाय वा जरिवाना वा दुवै सजाय गर्न सक्नेछ । लकडाउन उल्लंघन गर्ने सयौं सवारीसाधनलाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।