कारोबार संवाददाता
बुधवार, चैत्र १२, २०७६
332

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर पूरै देश एक साताका लागि लकडाउन गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । मंगलबार बिहान ६ बजेदेखि लागू हुनेगरी भएको सोमबारको निर्णय देशैभर लागू भएको हो ।
काठमाडौं उपत्यकाको सडक पनि मंगलबार पूरै सुनसान देखियो भने बजार पनि पूर्ण रुपमा बन्द रह्यो । अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन भने चलेका थिए ।
मानिसहरुलाई घर बाहिर निस्कन नदिने र अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको थियो । कारोबारका जिल्ला संवाददाताहरुका अनुसार सबै जिल्लामा लकडाउन लागू भएको छ । सवारीसाधन ठप्प रहे भने पसल व्यवसाय पनि सञ्चालन भएनन् ।