सागर परियार
मंगलबार, चैत्र ११, २०७६
287

राकम कर्णालीमा सयौं यात्रु अलपत्र

जुम्ला -कर्णाली राजमार्गको दैलेख खण्ड स्थित राकम कर्णालीमा सयौ यात्रु अपलपत्र परेका छन् । नेपालगन्ज सुर्खेतदेखि जुम्ला मुगु आउँदै गरेका यात्रु राकम कर्णालीमा अलपत्र परेका हुन् । सोमबार दिउँसो १२ बजे देखि एउटा गाडी फसेपछि अन्य तीनदर्जन बढी सवारी र यात्रु अलपत्र भएका छन् ।
कोरोनाको संक्रमणको डरले सुरक्षित घर फर्किन भन्दै आइतबार र सोमबार नेपालगन्ज र सुर्खेतबाट जुम्लाका लागि छुटेका सबै सवारी साधन राकम कर्णालीमै हिजा १२ बजेदेखि हाल सम्म थन्कीएको यात्रु अर्जुन सिंह कठायतले बताए ।

उनका अनुसार राकम कर्णालीकोखोलामा एउटा गाडी फसेको छ । त्यसलाई निकाल्नु पर्यो भन्दा सरोकारवाला कसैले दिन भइसक्दा पनि चासो देखाएका छैनन् । हामीले सम्बन्धित सबै निकायलाई आग्रह गर्यौ तर कसैले पनि नुसने पछि यात्रुहरु आफैंले पैसा उठाएर डोजर लगाएर खोलामा फसेको गाडी किनारा लगाएको कठायतले जानकारी दिनुभयो । धौधौ गरी खोलाको गाडी किनारा लगाएपनि मंगलबार बिहान ६ बजेदेखि देशनै लकडाउन गरिएपछि उनीहरु अलपत्र परेका हुन् । सरोकारवालले सोमबारनै फसेको गाडी निकाल्न ध्यान नदिएकाले सयौ यात्रु मंगलबार विहानै देखि लगडाउनमा परेका छन् ।
जुम्ला र मुगु आउने यात्रु धैरै छन् । अलपत्र परेका यात्रुलाई सुरक्षित गन्तव्य स्थलसम्म आफूहरुलाई र्पुयाइदिन सरकारलाई आग्रह समेत गरेका छन् । यात्रुवाहक सवारी र मालबाहक सवारी साधन राकममै थुनिएर बसेका छन् ।
आबश्यक समन्वय भईरहेको छ : प्रजिअ
अलपत्र परेका यात्रुहरुलाई सुरक्षित गन्तव्यसम्म पुपुराउन लागि सडक डिभिजन कार्यालयसंग समन्वय भइरहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।
‘अहिले जिल्लामा निशेधाज्ञा गरिएका बेला कसरी अलपत्र परेका यात्रुहरुलाई गन्तव्यस्थलसम्म पुराउन भन्ने कालिकोट र दैलेखका प्रमुख जिल्ला अधिकारीले समन्वय गर्नु पर्ने देखिन्छ, उहाँले भन्नुभयो, दुबै जिल्लाका प्रजिअ संग समन्वय गरिरहेकाले उनले यात्रुहरुलाई नआतिन आग्रह गरेको बताए । गाडी फसेपछि पछिका अन्य दुई दर्जन भन्दा धेरै सवारी र यात्रुहरु अलपत्र परेका हुन् ।