कारोबार संवाददाता
सोमवार, फाल्गुन ५, २०७६
320

साइनेज एसोसियसन नेपालले काठमाडौं महानगरपालिकाले आफैं बनाएको मापदण्डभित्र रहेका र दर्ता भएका तर सार्वजनिक क्षेत्रमा नरहेका व्यवस्थित् डिजिटल ग्लो–साईन विज्ञापन बोर्ड तथा वाल एसीपी स्टिकर बोर्डहरुको यदि कर नलिएको भए लिने तथा तोडफोड र व्यक्तिका निजी घरका वालहरुमा क्षति पु-याउने काम तत्काल बन्द गर्न माग गरेको छ । कामनपाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनबारे भ्रम छरेको पनि उसको आरोप छ ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै साइनेज एसोसियसन नेपालले यस्तो माग गरेको हो । महानगरपालिकाद्वारा मापदण्ड भित्र रहेर कर लिएर पनि विज्ञापनहरु तोडफोड गरी लाखौँ  करोडौं नोक्साी पु-याइएकाले उचित क्षतिपूर्ति दिनुपर्ने, सम्मानित अदालतको आदेशअनुसार सम्पूर्ण सार्र्वजनिक स्थानलगायत रोड डिभाइडर, फुटपाथ, बिजुली, सोलार पोल आदिका विज्ञापन होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट तुरुन्त हटाइनुपर्ने माग गरेको छ । महानगरपालिकाले कर लिएपछि सोही अनुसारको सुविधासमेत दिनुपर्ने एसोसियसको माग छ ।
कार्यक्रममा सर्वोच्च अदालतमा विज्ञापन हटाउन रिट दायर गर्ने वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतको आदेश एक र काम गराई अलग बनाउनको लागि काठमाडौं महानगरपालिकाले चलखेल गरेको टिप्पणी गरे ।