कारोबार संवाददाता
बुधवार, पुष २, २०७६
551

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २०७२ साल वैशाख महिनाको महाभूकम्पमा क्षतिग्रस्त भएको पाटन दरबार क्षेत्रमा अवस्थित भीमसेन मन्दिरको पुनर्निर्माणका लागि ५ लाख रुपैयाँबराबरको आर्थिक सहायता प्रदान गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनलाई पाटन दरबार क्षेत्रमा आयोजित एक समारोहकाबीच हस्तान्तरण गरे । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका प्रतिष्ठित व्यापारीहरू तथा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक महाप्रबन्धकहरूको उपस्थिति रहेको भन्दै बैंकले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा पाटन दरबार क्षेत्र तथा कृष्ण मन्दिर पुनर्निर्माण गर्न १ करोड रुपैयाँ प्रदान गरेको बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शीतल कोइरालाले बताए ।