समीर रेग्मी
बुधवार, पुष २, २०७६
510

अमेरिकाले माग गरेबमोजिमको कृषि सामग्री खरिदका लागि चीनले प्रक्रिया अगाडि बढाइसकेको छ । तर, यो बेइजिङका लागि समस्या हुन सक्ने र बजारको अवस्था चेतावनीको स्तरमा गए मात्रै चीनले यसो गर्न सक्ने धारणा विश्लेषकहरूको छ ।
कृषि सामग्री खरिदको विषयमा उनीहरूको टिप्पणीमा पनि आशंकाको ओइरो लागेको छ, जुन दुवै मुलुकले घोषणा गरेको फेज वान व्यापार सम्झौताको अंश हो ।

यसलाई एउटा ‘क्रेजी एमाउन्ट’ अर्थात् अथाह परिमाणका रूपमा लिइएको एसियन ट्रेड सेन्टरका कार्यकारी निर्देशक डेबोराह इल्मसले बताइन् । यो अनुपातमा खरिद गर्नुले समस्या निम्तिन सक्ने धारणा उनको छ ।
यो परिमाण खरिद गर्ने चिनियाँ क्षमता सीमित मात्रै रहेको र यसलाई आफुले बाजीका रूपमा लिएको धारणा उनको छ ।
१८ महिनाको व्यापारयुद्धपछि अमेरिकी र चिनियाँ अधिकारीहरूले शुक्रबार मात्रै दुवै मुलुक एक सम्झौतामा पुगेको घोषणा गरेका थिए, तर व्यापार सम्झौताको अंशस्वरूप अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले थप अमेरिकी कृषि उत्पादन किन्नुपर्नेमा जोड दिँदै आएका छन् । बेइजिङले छिट्टै ५० अर्ब डलरको कृषि सामग्री किन्ने ट्रम्पले बताएका छन् । यदि चीनले यो परिमाणमा सामग्री नकिनेमा नयाँ चरणको शुल्क लगाउने र यो अघिल्लो आइतबारदेखि नै सुरु हुने ट्रम्पले बताएका थिए ।
तर, चिनियाँ पक्ष अत्यन्त सावधानीपूर्ण अवस्थामा रहेको र उनीहरू बजार अवस्था र विश्व व्यापार संगठनको प्रतिबन्धका आधारमा खरिद गर्ने पक्षमा रहेको इल्मसले चेतावनी दिएकी छन् ।
“यदि हामीले यसमाथि प्रतिबद्धता व्यक्त गरे पनि सावधान हुनु आवश्यक छ । किनकि यदि बजारले यसलाई धान्न नसकेमा यो परिमाणको खरिद हुन सक्दैन र हामी लक्ष्यमा पुग्न सक्दैनौं,” उनले बताइन् ।
यसको विषयमा अन्य विश्लेषकहरूले पनि आशंका व्यक्त गरेका छन् । किनकि चीनले खपत गर्न सक्ने कृषि उत्पादनको परिमाण सीमित रहेको छ ।
यो सम्झौताको अर्थ वास्तविकताभन्दा पनि राजनीति बढी रहेको छ । चीनले यो प्रतिबद्धता पूरा गर्न सक्ने आधार एउटा मात्रै छ— खरिद गरेर चीनले यसलाई भण्डारण गर्ने । यो सम्भावनाभन्दा परको कुरा हो । एउटा सम्भावनाले आयात हुन सक्छ । त्यो भनेको चीनले आफ्ना सुँगुरको संख्या बढाउनु हो । चीनमा हाल स्वाइनफ्लुका कारण लाखौं सँुगुर मारिएको छ ।
पछिल्लो महिनाहरूमा चीनले ठूलो परिमाणमा भटमासको खरिद गरेको छ । यो पनि सुँगुरलाई खुवाउनका लागि । यसका साथै ठूलो परिमाणमा अमेरिकी सँुगुर पनि खरिद गरेको अमेरिकी कृषि विभागको तथ्यांकले देखाएको छ ।
जब चीनले कृषि खरिद गर्नु आवश्यक देखिएको छ भने पनि उनसले अन्य मुलुकहरूसँग सम्झौता गरेको छ ।
उदाहरणका लागि व्यापारयुद्ध सुरु भएपछि चीन भटमासको खरिदका लागि अन्य दक्षिण अमेरिकी मुलुकतर्फ मोडिएको छ । बेइजिङले अमेरिकी शुल्कको विरुद्धमा बदला लिएपछि गत वर्षको दोस्रो अर्धवार्षिक अवधिमा चीनमा भएको अमेरिकी भटमासको निर्यातमा भारी मात्रामा गिरावट आएको थियो ।
जब चीन अमेरिकी सामग्री किन्नका लागि यो मुलुकतर्फ मोडिए पनि ट्रम्पको माग पूरा गर्न नै नसकिने किसिमको छ । ट्रम्पले चीनले छोटो अवधिमा ५० अर्ब डलरका अमेरिकी कृषि सामग्री खरिदको माग राखेका छन् । गत वर्ष बेइजिङले ८.६ अर्ब डलरको मात्रै कृषि सामग्री खरिद गरेको थियो ।
चीनको हालको प्रतिबद्धताले उक्त सामग्रीको खरिदको समयको अनिश्चितता रहेको छ ।
चिनियाँले अवश्य पनि यसका लागि सही समयको इच्छा व्यक्त गर्न सक्नेछन् ।
ट्रम्पको मोलमोलाइले कृषिक्षेत्रमा केही आशाको अवस्था देखिए पनि अमेरिकी उद्योगहरूले चीनसँग मात्रै व्यापार गर्न खोजेजस्तो देखिदैन । उनीहरूले स्वतन्त्र खुला बजारको खोजी गरेजस्तो देखिन्छ ।