कारोबार संवाददाता
बुधवार, पुष २, २०७६
407

उपचुनावमा कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनीयताको शपथ गराएकी छन् । संसद सचिवालयमा मंगलबार तुम्बाहाम्फेले भट्टराईलाई शपथ गराएकी हुन् ।
भट्टराई गत मंसिर १४ मा भएको उपचुनावमा प्रतिनिधिसभा सदस्यमा विजयी भएकी थिइन् । शपथ ग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङलगायत सहभागी थिए ।