कारोबार संवाददाता
मंगलबार, पुष १, २०७६
321

होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डा व्हिल अफ फर्चुन ३” का विजेताहरु घोषणा गरेको छ । सोमबार सम्पन्न एक इभेन्टमा लक्की ड्र मार्फत चुनिएका १० जना भाग्यशाली विजेताहरुले व्हिल अफ फर्चुनलाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् ।
बम्परमा सोहि लक्की ड्र अन्तर्गत इभेन्टमा सहभागी भई व्हिल अफ फर्चुनलाई घुमाएर सालिकराम अधिकारीले रु. ४ लाख, आयुष महर्जनले रु. ३ लाख, गंगा गुरुङले २ लाख, त्यसै गरी सुरेन्द्र कुमार यादव, कृष्णप्रसाद तिमिल्सिना, आकाश कुर्मी, मन्जु बासकोटा, रामहरि त्रिपाठी, तिलबहादुर खामु मगर, र बाबुराम सुनारले रु. १ लाख नगद पुरस्कार जिते ।
यसका साथै, मोरङका तोयानाथ गौतम र धनगढीका जयेन्द्र खड्काले कल एण्ड वीन कन्टेस्ट अन्तर्गत निशुल्क थाईल्याण्ड भ्रमण जिते । होण्डा कार अन्तर्गत महेन्द्र श्रेष्ठ, ऋषि पाण्डे, कृष्णमुरारी पुडासैनी, मेघा मेटल क्राफ्ट, तथा भरत श्रेष्ठ सहित ५ भाग्यशाली विजेताले लक्की ड्र मार्फत निशुल्क दुबई भ्रमण जिते ।