कारोबार संवाददाता
आइतवार, फाल्गुन १३, २०७४
1106

उनकै टोपी, उनकै कोट, र उनकै पटुकी बाँधी गाउँमा निष्कन्छन् । घरमा भेडा बाख्रा पुख्र्यौली रूपमा पाल्दै आएकाले पनि उनबाट बन्ने कपडाको व्यापार विगतमा धेरै गर्दथे । कुनै बेला उनको कपडा बिक्रीबाटै चाडपर्व मनाउने, नुन तेल गर्ने रकम कमाउँथे । समयको विकाससँगै राडीपाखीमा आँखा नजान थालेपछि लोप हुन पुग्यो ।
समय धेरै लाग्ने तर आम्दानी कम हुने भएपछि अलि राडीपाखी बुन्न मन नलाग्ने गरेको बताउँछन् । यो समस्या हो कर्णालीको । तर यो दृष्य भने, जुम्ला तिला गाउँपालिका–५ चुलाकोट निवासी कुमारो बुढाको ।

घरमा भेडा बाख्रा धेरै छन् । उन उत्पादन पनि उत्तितकै हुन्छ । राडीपाखी नबुनांै उन खेर जाने बुनौ आम्दानी कम हुँदा राडीपाखीको व्यापार घाटामा गएको बुढाले गुनासो गरे । हिजोआज पनि उनी परम्परागत औजारबाटै राडीपाखी बुनेर बिक्री गर्छन् । आधुनिक औजारको प्रयोगबिना परम्परागत काठ, बाक, भडेला र निगालोको सामान्य औजार प्रयोग गरी बुढाले राडीपाखी बुन्दै आएका छन् ।
यस्ता औजार प्रयोग गर्दा धेरै झन्झट हुने गरेको उनी बताउँछन् । चुलाकोट गाउँमा रहेको १२० घरधुरीमध्ये झण्डै १ सय घरमा भेडाबाख्रा पालन छ । अर्का भेडा पालन कृर्षक जनबहादुर शाहीले भने, “अधिकांशले परम्परागत औजारबाटै राडीपाखी बुनेर बेच्ने गर्छन् ।”
एउटा राडीपाखी बुन्न २ सातासम्म समय लाग्ने गरेको उनी बताउँछन् । राडीपाखी, लिउ वा फेरिवा जे बेचे पनि एउटा बेचेवापत झन्डै १ हजार फाइदा हुन्छ, शाहीले थपे एउटा राडीपाखी, लिउ फेरुवा ३ हजार ५ सयदेखि ४ हजार ५ सयसम्म बिक्री गर्छौं । जे भए पनि पहिलाको जस्तो माग घट्दो भएकाले आम्दानी लिन नसकिएको बताउँछन्, जुम्लाका राडीपाखी उद्यमी । पहिला वर्षमा कम्तीमा पनि ४० देखि ५० हजार एकजनाले कमाउँथ्ये, तर अहिले उनीको महत्व तथा यसका कपडा लगाउने हुने फाइदाका बारेमा थाहा नभएपछि प्रयोगमा कमी आउँदा आफूहरूलाई मर्का परेको स्थानीय कन्नबहादुर शाहीको भनाइ छ ।
अहिलेको रंगिन गलैंचा १५ सयमा आए उनीको लेउ फेरुवा झेण्डै ३५ सय ४ हजारमा मात्रै आउने भएपछि कसैले पनि नकिन्ने उनीहरू बताउँछन् । एउटा राडीपाखी बुन्न २ सातासम्म लाग्छ, तर बेच्दा १ हजारमात्र फाइदा हुन्छ । उनीका कपडा लगाउँदा शरीरका लागि हुने फाइदा, र यसको महत्व नाबुज्दा माग घटेको व्यवासायीको अनुमान छ । पहिले घरमा ठूला पाउना, इष्टमित्र आउँदा, कुनै शुभकार्य हुदा ओछ्याउन बढी प्रयोग हुन्थ्यो ।

आधुनिक औजार अभाव
“नयाँ औजार भनेको कस्तो हुन्छ थाहा छैन । जिजुबाजेले प्रयोग गर्दै आएका औजार नै प्रयोग गर्ने गरेका छौँँ,” कन्न बुढाले भने । जुम्लाका अधिकांश क्षेत्रका स्थानीयले भेडाबाख्राबाट उन निकाल्ने तथा उक्त उन हातले केलाएर पुरानै सीपबाट कातेर राडीपाखी बुन्ने गरेका छन् ।
जुम्लाका चुलाकोट, तातोपानी, टोप्ला, ताम्ती, मालिकाठाटा कनकासुन्दरीलगायत अन्य गाउँबस्तीका स्थानीयले पनि राडीपाखी बुन्न परम्परागत औजार नै प्रयोग गर्दै आएका छन् । जसले समय धेरै खर्च हुने गरेको छ । जुम्लाका सबै राडीपाखी व्यवसायी नयाँ औजारको पर्खाइमा छन् ।
राडीपाखी उद्यमीलाई आधुनिक औजारमा आकर्षित गर्न घरेलु तथा साना उद्योग कार्यालयले अनुदान दिँदै आएको छ । २० प्रतिशत रकम उद्यमीले व्यहोर्ने र बाँकी ८० प्रतिशत रकम कार्यालयले व्यहोर्ने गरी अनुदान दिने गरिएको छ । तर, त्यसका लागि फर्म दर्ता गरेर राजस्व कार्यालयबाट प्यान नम्बर लिनुपर्ने हुन्छ । यस विषयमा जिल्लाका ग्रामीण भेगका अधिकांश उद्यमी अनभिज्ञ छन् ।
व्यवसायीलाई सघाउँदै परियोजना
च्याउ उम्रेजस्तै उम्रेका जुम्लाका सरकारी गैरसरकारी कुनै पनि कार्यालय आफूहरूलाई सहयोग नगरेको व्यवसायीको गुनासो छ । तर सेडा नेपालद्वारा सञ्चालित विकास परियोजनाले भेडाबाख्रा व्यवसाय प्रवद्र्धन उत्पादन वृद्धिका लागि समूहमा बोका दिने, बेलाबेलामा दाना व्यवस्थापनदेखि खोर व्यवस्थापनका बारेमा सिकाउने गर्दा अलि सहज भएको व्यावसायिक कर्ण हमालले बताए ।
यता विकास परियोजना संयोजक दशरथ उपाध्यायका अनुसार कृषकले आधुनिक औजारको माग गरेकाले त्यसको व्यवस्थापनमा लागेको बताए । कृषकहरूको स्तर वृद्धिका लागि विकास परियोजनाले कार्यक्षेत्रमा प्रभावकारी काम गरेको छ । उनले भने, “अझै आवश्यकतामा आधारित कार्यक्रमलाई प्राथमिकता दिने उपाध्यायको भनाइ छ ।
-सागर परियार