कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
391

यातायात व्यवस्था विभागले निजी सवारी साधनले यात्रु ओसार पोसार गर्नमा नियन्त्रण गर्ने भएको छ । बुधबार सूचना प्रकाशित गर्दै विभागले निजी प्रयोजनका लागि निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधन अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने कानुनी प्रावधान रहेको जनाउँदै सूचना प्रकाशित गरेको हो । सूचनामा भनिएको छ, “कुनै एक प्रयोजनको निम्ती दर्ता भएको सवारी अर्को प्रयोजको निम्ती प्रयोग गर्न पाइने छैन भन्ने कानुनी व्यवस्था भएकोमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारी साधन भाडामा लिइ यात्रु ओसारपसार गर्न प्रयोग गरेको भन्ने जन गुनासो प्राप्त हुन आएकाले यसरी कानुनको उल्लंघन गरी निजी सवारी साधनको प्रयोग–सञ्चालन नगर्न÷नगराउन सूचना प्रकाशित गरिएको छ ।”
विभागले सो कानुनको उल्लंघन गरेको पाइएमा कानुनअनुसार कारबाही गर्न विभागले जनाएको छ । योसँगै यात्रु ओसार–पसार गरिरहेका टुटल र पठाओमा बन्द गर्नुपर्ने हुन्छ ।