कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
291

मुगु- जिल्ला प्रशासन कार्यालय मुगुमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।
खत्याड गाउँपालिका–६ रास्केट घर भएका परिमल भियाल भन्छन् जिल्ला प्रशासन कार्यालयमा आएको २ दिन भयो आज (बिहीबार) बल्ल नागरिकता पाएर घर जान पाइने भयो प्रशासन कार्यालयमा कर्मचारी कम भएकै कारण समय लाग्यो । सबै फाँटमा कर्मचारी भए नागरिकताबाहेक अन्य काम छिटो हुने थियो ।

यस्तै दुःख सोरु गाउँपालिका–११ बस्ने हरिबहादुर मल्लको पनि छ । ३ दिन बाटो हिँडेर गमगढी पुगेको आज चार हुँदा पनि नागरिता पाएका छैनौँ । हामी सोरुका जनताको सहजताका लागि ईलाका प्रशासन कार्यालय सोरुकोटमा स्थापना गरेको चार वर्षभन्दा बढी भयो तर हालसम्म कुनै पनि कर्मचारी नहुँदा नागरिकता लिन जिल्लामा आउनु परेको उनले दुःखेसो पोखे ।
जिल्ला प्रशासन कार्यालय मुगुमा प्रमुख जिल्ला अधिकारी १, सहायक प्रमुख १, जिल्ला शिक्षा अधिकारी १, नायब सुब्बा ४, खसिदार ४ र कार्यलय सहयोगी ४ जनाको दरबन्दी भए पनि अहिले जिल्लामा प्रजिअ, सहायक प्रजिअ र केही खरिदार र कार्यालय सहयोगीमात्र भएकाले दैनिक कार्यमा समस्या आएको छ । नायब सुब्बाका चारै दरबन्दी खाली छ । पछिल्लो समयमा सबैभन्दा बढी संघीयताले कर्मचारीहरू मिलानमा दुर्गमका कर्मचारी सुगममा जाने प्रथाले गर्दा दैनिक काममा समस्य आएको हो ।
हाल कार्यालय सहयोगीको भरमा कार्यालय छ तर कुनै पनि सेवा दिन नसकेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।