कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
417

सोलुखुम्बु- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन हुनुभन्दा अगाडि घर बनाएका सोलुखुम्बुका एक हजारभन्दा बढी भूकम्पपीडितले एकमुष्ट तीन लाख अनुदान रकम पाएका छन् ।
२०७२ सालको भूकम्पबाट पूर्णक्षति बेहोरेका र प्राविधिक खटिनु अगावै बनाइएका जिल्लाका एक हजार २६५ परिवारलाई अनुदान रकम वितरण गरिएको हो । वडा कार्यालयको सिफारिससहित अनुदानका लागि आएको आवेदन र कागजातका आधारमा एकमुष्ट अनुदान रकम पीडितको खातामा पठाएको जिल्ला आयोजना कार्यान्वयन इकाई सोलुखुम्बुले जनाएको छ ।
लिखुपिके र नेचासल्यान गाउँपालिकाबाहेकका स्थानीय तहका पीडितले अनुदान रकम पाए भने ती दुई स्थानीय तहबाट झुटो विवरण पेस गरी अनुदानका लागि दाबी पेस गरेको उजुरी परेपछि अनुदान रकम भुक्तानी रोकिएको छ ।