कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
339

मुगु जिल्लामा रहेको मुगुमका मारोङ गाउँपालिका–१ डोल्फुमा रहेका ३ वटा तामाखानी सरकारको बेवास्थाका कारण अहिले अलपत्र परेका छन् ।
मुगुको डोल्फु गाउँ नजिकैमा रहेका ३ वटा तामा खानि पालाङजे, इटिङ र थाङवाका नामक भन्ने ठाउँमा रहेका तामाखानी लामो समयदेखि बेवास्थामा परेका हुन् ।
केही दशक अघिबाट डोल्फु गाउँका मानिसहरूले खानीबाट तामाका डल्लाहरू निकाल्ने गरेका थिए । तामा खानीबाट निकालिएका तामाका डल्लालाई आगोमा पकाएर बिभिन्न प्रकारका तामाका भाँडाकुँडा बनाएर प्रयोग गर्ने गरेको स्थानीयवासीहरूले बताउने गरेका छन् ।
अहिले तामाखानीमा उत्खनन् नहुँदा पुरिँदै जान लागेको छ । पहिले तामा खानीबाट ल्याएका तामाका डल्लाहरू निकाल्न निकै सजिलो हुने गरेको थियो । आगोमा पकाएर निकालिएको तामाबाट निर्माण गरिएका भाँडाकुँडाहरू गाग्री, ताउलो, माना पाथी, जीवा, डवारालगायतका भाडाहरू अहिले पनि डोल्फु, चितै र मुगुका स्थानीयवासीहरूले प्रयोग गर्दै आइरहेका स्थानीयवासीहरूको भनाइ छ ।
२०२४ सालबाट तत्कालीन श्री ५ सरकारले डोल्फुको तामाखानी उत्खानन्मा प्रतिबन्ध लगाएको थियो । पुरानो व्यवस्था खारेजी भई नयाँ व्यवस्था सिंहदरबारको अधिकार घर–घरमा आए भन्ने सरकारले अझै तामाखानी उत्खनन् गर्न फुकुवा नभएको र नेपाल सरकारले तामाखानी उत्खननेमा कुनै चासो नदेखाएको गुनासो गरेका छन् ।
पछिलो समयमा स्थानीय सरकार गठन भएको लामो समय बितिसक्दा पनि तामाखानीको उत्खनन्मा ध्यान नदिइको हँुदा निकै दुःख लागेको छ । खानी उत्खनन् गरे स्थानीयवासीहरूले गाउँमा नै रोजगार पाउने आयआर्जनमा बृद्धि हुने आर्थिक बिकासमा सहयोग पुग्ने अन्य गाउँको विकास पनि हुने थियो । तामाखानी उत्खनन् गर्न प्रदेश र संघीय सरकारको ध्यान जान जरुरी छ । गाउँपालिकाको गाउँसभाबाट तामाखानी उत्खनन्का लागि माथिल्लो निकाय संघीय सरकारसँग आग्रह गरेको मुगमका मारोङगाँउपालिका–१ का वडा अध्यक्ष सोनाम आङजी तामाङले बताएका छन् ।

 

दानबहादुर बूढा