सागर परियार
आइतवार, भदौ २२, २०७६
310

जुम्ला-स्थानीय सरकार आउनु पहिलेदेखि नगरपालिका भित्रका ४ सडक जीर्ण रहेका थिए । तर जनप्रतिनिधि आएपछि ती सडकको स्तरोन्नती होला भन्ने स्थानीयले आश गरेका थिए । तर अहिलेसम्म पनि सडकको अवस्था सुधार नहुँदा नगरबासी आक्रोसित भएका छन् ।
चन्दननाथ नगरपालिका ६ हुलाक कार्यालय हुँद बसपार्क जाने सडक र नेपाल टेलिकम हुँदै सिंहाचौर जाने सडक हिड्न सक्ने अवस्थामा छैन । वर्षासँगै ढुंगा, बालुवा र अन्य मालसामान लोड भएका ट्रयाक्टर गुड्ने भएकोले सडक पूरै बिग्रिएको छ ।

हिलो बाटोमा निरन्तर ट्रयाक्टर गडाउँदा सडक नै कुरुप भएको स्थानीय अजवीर नेपालीले बताए । ‘सडक सुधार नभएसम्म लोड गरिएका ट्रयाक्टर नचलाउन माग गरेका छौं’ उनले भने, जथाभावी ट्रयाक्टर गुडाउँदा खानेपानीको पाइपलाइन पनि क्षतिग्रस्त भएको छ ।’
बाटो हिलो भएकाले बालबालिकालाई विद्यालय जान समस्या भएको छ । स्थानीय जनप्रतिनिधि आइसकेपछि पनि सडक स्तरोन्नतीमा चासो नदेखाएको स्थानीयको आरोप छ । सडक, खानेपानी विद्युुतमा प्राथामिकता दिएको नगरपालिकामा वर्षौदेखि हिलाम्य सडक, अन्धकार खलंगा, खानेपानी अभाव भोगिरहेका नगरबासीको समस्या समाधानमा उनीहरुले चासो नदिएको गुनासो गरे
नगरपालिका मेयर कान्तिका सेजुवालले भने क्षतिग्रस्त सडक सम्बन्धी वडा कार्यालयले सुधार गर्नुपर्न बताउँछन् । झण्डै ५ पाँच ससय घधुरी रहेको ४ नम्बर वडाले सिंहाचौर जाने सडक हिड्ने सयौ स्थानीय दैनिक सास्ती खेपिरहेका छन् । वडा न्म्बर ४ का वडाध्यक्ष जगदिश भारतीले भने चालु आर्थिक् वर्षमा हिलाम्य सडकहरुको सुधार हुने बताए ।