कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६
358

मुगु-प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत मुगुमा पहिलो पटक सिमी जोन कार्यक्रम लागू भएको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि १ करोड ७७ लाख ४८ हजार रुपैयाँ कार्यालय व्यवस्थापन, प्रशासनिक खर्च, कार्यक्रम खर्चलगायत अन्य खर्च गर्ने गरी सिमी जोन कार्यक्तम लागू भएको हो ।
पहिलो चरणमा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मा गाँउलाई जोन कार्याक्रमको लक्ष्य, नीति नियम भूगोल, उत्पादन क्षमताको हिसावले सिमी जोन कार्याक्रम सञ्चालन गरिएको सिमी जोन कार्यालय मुगुले जनाएको छ ।

व्यवसाय कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोन विकास कार्यक्रमअन्र्तगत राष्ट्रिय प्राथामिकता र स्थानीय संभाव्यता अध्ययन गरेर न्यूनतम ५०० हेक्टरमा खेति गर्नुपर्ने मापदण्ड तोकिएको छ । कृषि क्षेत्रको आधुनिकरणमा योजना पु¥याउने गरी जोनमा समावेस गरिएको बाली र वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न जोम क्षेत्रमा कृषि यान्त्रिकरण कृषि पूर्वाधार विकास एवम व्यवसायिकरण प्रवर्दन गर्न प्रारभिक प्रशोधन केन्द्रहरुको स्थापना गर्ने बताइएको छ । कृषि आधुनिकरणको आधारशिला तयार गर्ने व्यवसायीक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोन कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।
मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मामा विभिन्न जातका सिमी उत्पादन हुने भएकाले कार्यक्रम जोनका रुपमा चयन गरिएको हो । मुर्मामा मात्र १० प्रजातिका सिमी उत्पादन हुन्छन् । नगरपालिका भित्रको मुमा गाँउलाई प्राविधिक टोलीको अध्यन अनुसार मुर्मामा सिमी जोन क्षेत्र निधारण शुरुवात गरेको सिमी जोन इकाई कार्यालय मुगुका प्रमुख रामदरेश रायले बताए ।
परियोजना सञ्चालन भएको पहिलो वर्षमा कार्यक्रम लागू भएका ३० जिल्लामा ३० वटा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रहरु जोन स्थापना हुने छन् । परियोजना अवधिमा सम्भाव्यताका आधारमा जोनहरुको संख्या ३ सय पु-याउने आयोजनाको लक्ष्य रहेको छ ।

दानबहादुर बुढा