कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६
306

दसैंको अग्रिम टिकट बुकिङ गर्ने विषयमा यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनः बस्ने गरी स्थगित भएको छ । यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकमा यातायात व्यवसायीहरूले आवश्यक कार्यहरू पूरा गरी एक सातापछि टिकट बुकिङको मिति निर्धारण गर्ने बताइएको छ । ग्रामीण क्षेत्रकासडकहरूको मर्मत आवश्यक रहेको भन्दै सडक विभागले तिव्रताका साथ काम अघि बढाउनुपर्ने बताएको छ ।
त्यसैगरि विभागका महानिर्देशक गोगनबहादुर हमालले यस बर्षको दसैंमा टिकटको समस्या हुन नदिने ठोकुवा गरेका छन् । हमालले अनुगमनलाई तिव्रता दिने भन्दै भाडा दर भन्दा बढी रकम उठाए ५ हजार जरिवाना गर्ने पनि बताए । विगतको जस्तो समस्या हुन नदिन र लाइन लागेर टिकट लिनुपर्ने अवस्था अन्त्य गर्ने बताए ।
यातायात व्यवसायीहरूले भदौ २५ गते पुनः बैठक बसेर टिकट बुकिङबारे निर्णय गर्ने जनाएको छ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा हुनु पर्ने माग राखेका छन् । २०६९ सालपछि सार्वजकि यातायातमा वैज्ञानिक रुपमा भाडा समायोजन भएको छैन । नेपालमा बैकहरूको तरलताको कारण र नेपालको यातायात क्षेत्रको संकटकालको कारण नयाँ सवारी आउन सकेको छैन ।