लक्ष्मण ढुंगाना
सोमवार, श्रावण २७, २०७६
390

बाँकेमा छाडा पशु चौपाया व्यवस्थापनमा समस्या देखिएको छ । छाडा चौपायाका कारण सडक दुर्घटना बढनुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको हो । नेपालगन्ज उप–महानगरपालिकाको उदासिनताका कारण चौपाया व्यवस्थापनमा समस्या आएको हो ।
उपमहानगरले चौपाया नियन्त्रणका लागि भन्दै कान्जिहाउससमेत निर्माण गरेको छ । तर, ४ सयको हाराहारीमा रहेका चौपायाले त्यहाँ खाना नपाउनुका साथै औषधि उपचार र स्याहार नपाएर दैनिक पमा चौपायाको मृत्यु हुने गरेको छ । खासगरी राष्ट्रिय जनावरका साथै हिन्दुहले विशेष महत्वका साथ पुज्ने गरेको गाई संरक्षणमा समस्या आएपछि पछिल्लो समय केही स्थानीय युवाले सामाजिक सञ्जालमार्फत आह्वान गरी गाई संरक्षण अभियानमा जुटेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो समस्या समाधान हुनेमा स्थानीयवासी ढुक्क भए पनि निर्वाचित जनप्रतिनिधि आएको लामो समय बितिसक्दा समेत समस्या झन बल्झिएको छ । सडकमा होस् या चौपाया ब्यवस्थापनका लागि भन्दै निर्माण गरेको कान्जिहाउसमा । सरकारी उदासिनताका कारण खुला छाडिएका गाई, गोरु, घोडा, खच्चरलगायतको अवस्था दयनीय छ । यस्तो अवस्था देखेपछि गाईले खाना नपाएर मर्ने स्थिति आएको भन्दै नेपालगन्जका केही युवा स्वतःस्र्फुत पमा सक्रिय भएर गाई बचाउ अभियानमा लागेका हुन् ।
नेपालगन्जका स्थानीय विवेक श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा गाई बचाउन अभियान थालेको स्टाटस लेखेर सुरु गरेको यो अभियानले अहिले व्यापकता पाएको छ । छाडा पशु चौपाया व्यवस्थापनका लागि कसैले पनी चासो नदिएपछि पशु चौपायाको दयनीय अवस्था देखेर आफूहले अभियानको रूपमा चौपायालाई संरक्षण गर्ने अभियान थालेको श्रेष्ठको भनाइ छ । “हामीले मानवीय नाताले बिनास्वार्थ गौमाता बचाउन अभियान थालेका हौं,” उनले भने, “यसको दीर्घकालीन समाधान नगरपालिकाले गर्नुपर्र्छ ।”
यो अभियानलाई करिब ८६ हजार सदस्य रहेको फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीले निरन्तरता दिएपछि हरेक दिन स्वतःस्र्फुत रूपमा गाई संरक्षणमा स्थानीय युवा जमघट भएर स्याहार गर्न थालेको नेपालगन्ज ग्यालरीका सञ्चालक समिरमान श्रेष्ठले बताए । “खाना र स्याहार नपाएर कान्जीहाउसमा दिनदिनै गाई मरिरहेका छन्,” उनले भने, “म गाई बचाउ अभियानमा सहयोग गर्न सम्पूर्ण ग्रुप सदस्यहरूलाई अनुरोध गर्दछु ।”
युवाहरूले स्वतःस्फुर्त रूपमा गाई जोगाउन अभियान थाले पनि पशु चौपाया संरक्षण गर्नुपर्ने दायित्व बोकेको नेपालगन्ज उपमहानगरपालिकाले भने खासै चासो देखाएको छैन । निर्वाचनका बेला राष्ट्रिय प्रजातन्त्र पाटीबाट चुनाव चिन्ह गाई लिएर निर्वाचन जितेका मेयर डा. धवल शम्सेर राणा नै गाई संरक्षणका लागि उदासीन हुँदा झन चुनौती थपिएको स्थानीयको आरोप छ । तर, मेयर राणाले भने भारतबाट दैनिक सयौंको संख्यामा छाडा गाई बढिरहेको बताउँदै नेपालगन्ज उपमहानगरले आफै गाई पाल्न नसक्ने तर कुनै व्यक्ति वा संस्थाले गाई संरक्षणसम्बन्धी योजना ल्याए आर्थिक सहयोग गर्न तयार भएको बताए ।
यसैबीच बिहीबार नेपालगन्ज उपमहानगरपालिकाले गाईलाई खुवाउने घाँस संकलनका लागि कान्जीहाउसमा २ जना लेबर र ट्रयाक्टरको व्यवस्था गर्ने भएको छ । बिहीबार नेपालगन्ज उपमहानगरका मेयरसँग गाई बचाउ अभियानका युवाले गरेको छलफलमा मेयर राणाले गाई संरक्षणका लागि आफू सकारात्मक रहेको बताउँदै तत्काल सो व्यवस्था गर्ने बताएका थिए । छलफलका क्रममा कान्जीहाउसको गेट सुधार गर्नुका साथै नयाँ पक्कि कान्जीहाउस निर्माणका क्रममा रहेको उनको भनाइ थियो ।