कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४
1091

धुलो र फोहरको सहरको उपमा पाएको नेपालगन्ज अब केही दिनभित्रै धुलो मुक्त सहरको रूपमा परिणत हुने भएको छ ।
नेपालगन्जको सुर्खेतरोडमा धुलो उडेर हैरान भएपछि सडकको धुलो संकलन गरी हटाउने कार्य तीव्र पारिएको छ । सुर्खेतरोडमा हिँड्ने पैदल यात्रुलाई धुलो उडेर हैरानी भएपछि नेपालगन्ज उपमहानगरले सुर्खेतरोड लगायतका मुख्य सडकहरूमा सरसफाइकर्मी परिचालन गरी सफाइ अभियान सुरु गरेको हो ।

धुलोका कारण सडक फोहर हुनुका साथै मानव स्वाथ्यलाई समेत असर पु¥याउँदै आएपछि उपमहानगरपालिकाले गत सातादेखि नै धुलो उठाउन सुरु गरेको सो कार्यालयका प्रमुख कार्यकारी अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनले सडक किनारमा थुप्रिएको धुलो बडारेर २ वटा ट्रयाक्टरमार्फत उठाइने कार्य भइरहेको बताए । उनले केही समय पहिले सरसफाइमा कर्मचारीहरूले निकै लापरबाही गरेको पाइएकाले अहिले कडाइ गर्दा सरसफाइमा राम्रो प्रगति भएको जनाए ।
उपमहानगरका वातावरण तथा सरसफाइ इन्जिीनियर प्रकाश डीसीले ८ जना सरसफाइकर्मीलाई परिचालन गरेर नगरका मुख्य सडकका धुलो संकलन कार्यलाई प्रभावकारी बनाइँदै लगिएको जानकारी दिए । सडकको धुलो सरसफाइ अभियान एक सातासम्म जारी रहने इन्जिनियर डिसीले बताए । एक साताभित्र सुर्खेतरोड धुलोरहित बन्ने विश्वास गरिएको छ । अभियानलगत्तै स्थानीय उद्योगी/व्यवसायीलाई फोहर नगर्न अपील गर्दै फोहर जथाभावी फाल्ने÷गर्नेलाई कानुनी सजायँ तोकिएको बारे जानकारी गराइने उपमहानगरपालिकाको तयारी छ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका–२ ले एक साता अघिदेखि नै आप्mनो क्षेत्रका सम्पूर्ण सडकमा धुलो उठाइरहेको छ । केसनामक निजी सस्थासँगको सहकार्यमा एक सातासम्म घरबारीटोल, न्यूरोड, सेतु विकचोक हुँदै बसपार्करोड, कारकाँदोचोकसम्मको सडकको धुलो उठाइएको वडाध्यक्ष सुनिल सिंह हमालले जानकारी दिए । उनले सो कार्यमा स्थानीयले पनि सहयोग गरेको जनाएका छन् ।
२ वर्षदेखि सडकलाई खनेर त्यसै छोडिएकाले सो क्षेत्रका बासिन्दा धुलो र हिलोबाट सबैभन्दा बढी पीडित भएका छन् ।