कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६
472

धनकुटा- भूकम्प गएको ४ वर्षपछि पनि भूकम्पपीडितको लाभग्राही सूचीमा समावेश भएका धनकुटाका २ हजार ९ सय ३३ मध्ये करिब ४० प्रतिशतले मात्र निजी आवास पुनर्निर्माणको अन्तिम किस्ताको रमक बुझेका छन् ।
लाभग्राही सूचीमा समावेश भएका करिब दुई हजार परिवारले दोस्रो किस्तासम्मको रकम बुझेको जिल्ला आयोजान कार्यान्यन इकाई धनकुटाका प्रमुख दिपनारायण शाहले जानकारी दिए । लाभग्राही सूचीमा समावेश भए पनि अहिले पहिलो किस्तावापतको रकमसमेत नलग्नेको संख्यासमेत धेरै रहेको प्रमुख शाहको भनाइ छ । धनकुटामा ४ वर्षपछि फेरि छुट गुनासो दर्ता गर्न सुरु गरिएको छ । यसले गर्दा धनकुटामा समेत पुनर्निर्माणको काम कहिले सकिएला भन्न सकिने अवस्था छैन । फागुन चैतमा फिल्डमा खटिएवापतको अतिरिक्त सुविधा, प्रोत्साहन भक्ता, स्वास्थ्य र दुर्घटना बिमा, भौतिक सुरक्षा तथा स्थानीय तहमा स्थायीत्वको माग गर्दै प्राविधिकहरूले काम छाडेपछि धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभामा पुनर्निर्माणको काममा अवरोध भएको थियोे ।