अमरराज आचार्य
सोमवार, बैशाख ९, २०७६
1149

दाङ:विदेशमा बनाएको योजनाले जिल्लाका युवा स्वदेशमै उद्यमी बन्न सफल भएका छन् । जिल्लाका शेरसिंह खडका र कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका तिलराम खनाल मिलेर अहिले लमही नगरपालिका–६ देउपुरमा गिरि शिवम सर्फ तथा ट्वाइलेट क्लिनर इन्डष्ट्रिज उद्योग स्थापना गरेका छन् । उनीहरूले १ महिना अघिदेखि ७८ लाख लगानी लगाएर उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगबाट सर्फ, हर्पिक, भाँडा मिस्ने डिसवास जेल बजारमा ल्याएका छन् । साउदीमा ११ वर्षसम्म एउटै कम्पनीमा काम गरेका उनीहरू मिलेर उद्योग सुरु गरेका हुन् । दुवै मिलेर उदाहरणीय बनाएर अगाडि बढाउने सोच उनीहरूमा रहेको छ । विदेशमा रहँदा नेपालमा गएर केही गर्नुपर्छ भनेर योजना बनाएको शेरसिंह खडकाले बताए । “मिलेर नेपालमा केही गर्नु पर्दछ भनेर योजना बनाएका थियौं, तर यो उद्योग नै सञ्चालन गर्ने भनेका थिएनौ,” खडकाले भने । आफूहरू नेपालमा आएर उद्यमी बन्ने विदेशमा नै योजना बनाउने गरेको उनले बताए । नेपालमा आएपछि दुवै जनाले सल्लाह गरेर उद्योग सञ्चालनमा ल्याएको उनको भनाइ छ । “दुवैको सल्लाहमा नै यो उद्योगतर्फ हात हालेका हौं,” खडकाले भने । ११ वर्षसम्म सँगै काम गरिसकेकाले काम गर्न सहज हुने समेत उनले बताए । साउदीमा रहँदा पनि राम्रै कमाइ भए पनि आप्mनै देशमा केही गर्नुपर्दछ भन्ने सोचले उद्योगतर्फ हात हालेको उनको भनाइ छ । “आफ्नो लागि मात्र नभई देशको लागि पनि केही सहयोग पुगोस् भनेर उद्योग सञ्चालन गर्न थालेका हौ,” खड्काले भने । पैसामात्र ठूलो कुरा नभएकाले आफूहरू देशका लागि केही गर्नु पर्दछ भनेर नेपाल फर्किएको बताए । उद्योग स्थापना भएपछि रोजगारीका लागि विदेशिने युवाले समेत रोजगार प्राप्त गर्नसक्ने उनको भनाइ छ । यसले स्वदेशमा थोरैलाई भए पनि रोजगारी सिर्जना गर्न सहयोग पु¥याएको बताए । अर्काको देशमा काम गर्दा ढुक्क भएर काम गर्न समेत नसकिने उनले बताए । “आफूले इमान्दारपूर्वक काम गरे पनि के भन्ने हो भन्ने मनमा चिन्ता हुने गर्दथ्यो,” खडकाले भने । आप्mनो देशमा ढुक्क भएर काम गर्न सकिने र आफू स्वतन्त्र भएर काम गर्न सकिने उनको भनाइ छ । साँझ बिहान घर परिवारसँगै रमाउन पाइएको छ । “हामी पैसा कमाउने भन्दा पनि सेवा होस् भनेर अगाडि बढेका छौं,” खड्काले भने । अहिले उनीहरूले स्थापना गरेको उद्योगमा १० जनाले रोजगारी समेत प्राप्त गरेका छन् । उद्योगको लगानी वृद्धि गरी करिब १ करोड पु-याउने लक्ष्य लिएको उनले बताए । लगानी वृद्धि गरेसँगै करिब २० जनालाई रोजगारी दिन सकिने खड्का बताउँछन् । अहिले उद्योगबाट दैनिक ७ सय क्विन्टल सर्फ उत्पादन गरिँदै आएको छ भने हर्पिक र भाँडा मिस्ने डिस बास जेल सातामा एक दिन उत्पादन गर्ने बताए । अहिले उद्योगबाट उत्पादन भएका वस्तु जिल्लाका बजार लमही, भालुवाङ, घोराही, तुलसीपुर, हापुरे, रोल्पा, प्युठान, कोलहपुर, नेपालगन्ज, रुपन्देही, बुटवललगायतका सहरमा जाने गरेको बताए । यसरी गएका स्थानमा सामग्रीको माग राम्रो रहेको खड्काले बताए । सामग्री निर्माणका लागि कच्चा पदार्थ विराटनगर, भैरहवाबाट ल्याउने गरेका छन् । हर्पिक र भाँडा मिस्ने डिस बास जेल निर्माणका लागि बोतल आवस्यक पर्ने बताए । बोटल भारतबाट ल्याउनु पर्ने भएकाले केही समस्या हुने उनको भनाइ छ ।