प्रकाश पाक्साँवा
शुक्रवार, बैशाख ६, २०७६
988

तेह्रथुम-आकाशमा कालो बादल छाउँदा कसरी रात काट्ने भन्ने चिन्ता छ । हावाहुरी चल्न सुरु हुँदा त्रिपालले छाएको छाप्रा उडाउने त्रास बोकेर दिन काट्दै आएको ४ वर्ष पुग्न लाग्यो छथर–३ पञ्चकन्याका शिवलाल लिम्बुको ।
उमेरले ५६ वर्ष पुगेका लिम्बु र उनकी ५७ वर्षीया श्रीमती फुलमाया लिम्बुको घर २०७२ साल वैशाख १२ गते गएको भूकम्पले भत्कायो । १ छोरासहित परिवारको ओत लाग्ने झुपडी नै भत्काएपछि बासको टाटीको छाप्रा त्रिपाले छाएर बस्न थाले । भूकम्पपीडितको नाममा राज्यले दिएको एउटा त्रिपाल र ५ हजार पाए । भूकम्पले क्षति पु- याएको घरलाई रातो कार्ड दिएको थियो । रातो कार्ड र १५ हजार रुपैयाँ सरकारबाट दोस्रोपटक राहत पाएका थिए । भूकम्पपीडितलाई ३ लाख रुपैयाँ राज्यले दिने घोषणा ग- यो तर लिम्बुजस्ता सयौं घरले राहत पाएका छैनन् ।

सरकारबाट पाएको राहतले सानो छाप्रा बनाएका थिए । अहिले छाप्रामा लगाएको त्रिपाल पनि च्यातिइसकेको छ । छाप्रा ठूलो हुरीबतास चल्यो भने उडाएर कहाँ पु- याउने हो टुंगो छैन । “वर्षात्को सिजन सुरु भयो पानी पर्दा ओत कसरी लाग्ने भन्ने चिन्ता हुन्छ । हिउँद लाग्यो जाडोले कठ्याङग्रिएर रात कहिले काट्ने भन्ने चिन्ता छ,” लिम्बुले भने, “आर्थिक रूपमा विपन्न परिवारका लिम्बुका छोरा ज्याला मजदुरी गर्दै आएका छन । जग्गा जमिन भए पनि जंगली जनवार र बाँदरले खाइदिन्छन् ।” मलिलो जमिन छैन रुखो पाखा छ एक वर्षको कमाइ ४ महिना पुग्दैन बास बस्ने घर पनि छैन लिम्बुकी श्रीमती फुलमाया भन्छिन् । शिवलाल त एक भूकम्पपीडित एक पात्रमात्र हुन् ।
उनीजस्ता सयौं पीडित अझै खुल्ला आकाशमा रात काट्दै आएका छन । सरकारले दिने भनेको राहतको पर्खाइमा रहेका पीडितले न हिउँद भन्न पाएका छन् न बर्खा भन्न पाएका छन् । एक छाक खान र मिठो निन्द्राका लागि ओत लाग्ने झुपडीको पर्खाइमा वर्षांै बितेको फुलमाया भन्छिन्, “हाम्रो सपना कहिले पूरा हुन्छ होला ।” घर बनाउने आर्थिक अवस्था पनि छैन, भएको एउटा छोरा पनि ज्याला मजदुरी गर्न देश प्रदेश जान्छ हामी बुढाबुढी मात्रै छांै,” उनले भनिन् । शैक्षिक तथा आर्थिक कमजोर परिवारका यी लिम्बुको पीडालाई राज्यले ध्यान दिन आवश्यक छ । सरकारमा रहेका नेताहरू लाखौं करोडांैका गाडी चड्ने होडबाजीमा छन । यी लिम्बु परिवारजस्ता पीडितको पीडामा मल्हम बन्ने कहिले होला ।