कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६
610

पाल्पा- जिल्लाको तिनाउँ गाउँपालिका–६ चिदिसमा दलित महिलाबीच मुढा बुन्ने तालिम सकिएको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा २५ जना दलित महिलालाई सीपमूलक तालिम दिइएको हो । तालिममा कोपिला अस्लामीले प्रशिक्षण दिएका थिए । दलित महिला संघ चिदिसकी अध्यक्ष मेनुका गहतराजको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि घर्तीले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सकेमा आयआर्जनसँगै गाउँपालिकाको लगानीको सदुपयोग हुने बताए ।
वडाध्यक्ष टोमबहादुर पुनले गाउँठाउँमा रहेका बाँसको उपयोग गरेर मुढा बनाउँदा सीप र स्वरोजगार हुने भएकाले आयस्तर बढाउनसमेत महिलालाई सहयोगी हुने बताए ।