कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
376

पाँचथर- सरकारले जनताआवास कार्यक्रममार्फत आर्थिक अवस्था कमजोर भएका दलित र माझी परिवारलाई घर बनाइदिने भएको छ । सरकारले जनताआवास कार्यक्रमअन्तर्गत दलित र माझिलाई घर बनाइदिने भएको हो । फिदिममा शनिबार प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री सहित बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत १ मा ५२ र २ मा ६३ वटा घर निर्माण हुनेछन् । चालू आवभित्र घर बनाइसक्ने योजना छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो, प्रदेश सांसदहरू गणेश काम्बाङ, सीता थेबे, आशा जवेगु, प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीलगायको उपस्थिति थियो । प्रदेशतर्फको आवास कार्यक्रम र संघबाट हस्तान्तरित आवास कार्यक्रममार्फत घर बनाउन लागेको हो । ३ लाख ३२ हजार खर्चिएर तीन कोठे एकतले घर बनाउन लागिएको हो ।