कारोबार संवाददाता
आइतवार, बैशाख १, २०७६
716

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सरकाले कदम चालिरहेको बताउँदै भ्रष्टाचारी नेपाली हुन नसक्ने बताएका छन् । नयाँ वर्षको अवसरमा आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले अहिले सरकार प्रणालीगत स्थायित्व निर्माण गर्ने तहमा आइपुगेको जनाउँदै संयुक्त राष्ट्रसंघीय बालकोषको हालैको प्रतिवेदनले नेपाल सिक्ने तयारीको अवस्थामा पुगेको समेत चर्चा गरे ।
उनले नेपाल आर्थिक हिसावले दक्षिण एसियाको राइजिङ स्टार भएको पनि बताए ।
हालै राजधानीमा आयोजना गरिएको लगानी सम्मेलनमा आएका विदेशी पाहुनाहरु तथा वित्तीय क्षेत्रका अधिकारीहरुले नेपाललाई दक्षिण एसियाको उदाँउदो अर्थतन्त्र (राइजिङ स्टार) भनेको प्रसङ्ग स्मरण गर्दै प्रधानमन्त्रीले विकास र समृद्धिको बाटोमा आफूहरुसँग समय छोटो रहेको हुँदा विकास र समृद्धि हासिल गर्न छिटो दौडनुको अर्को विकल्प नभएको बताए । २०७५ मा धेरै ऐन, कानुनहरु बनेको र ती ऐन कानुनहरु विकास र समृद्धिकै मार्ग भएकाले त्यसै मार्गबाट तिब्र गतिमा विकास र समृद्धि हासिल गर्ने बताए ।