कारोबार संवाददाता
आइतवार, चैत्र १०, २०७५
399

नेपालगन्ज-  बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीका स्थानीयलाई लामखुट्टेको टोकाइबाट बच्न किटनाशकयुक्त झुल वितरण गरिएको छ । बेतहनीस्थित विभिन्न गाउँका करिब ६ हजार १० जना परिवारलाई झुल वितरण गरिएको वडाध्यक्ष गजेन्द्र कैराँतीले बताए ।  बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीका स्थानीयलाई लामखुट्टेको टोकाइबाट बच्न किटनाशकयुक्त झुल वितरण गरिएको छ । बेतहनीस्थित विभिन्न गाउँका करिब ६ हजार १० जना परिवारलाई झुल वितरण गरिएको वडाध्यक्ष गजेन्द्र कैराँतीले बताए ।बेतहनी स्वास्थ्यचौकीमा शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीयलाई झुल प्रदान गरी शुभारम्भ गर्दै डुडुवा क्षेत्रका नागरिकमा अशिक्षा, सचेतनाको अभाव भएको बताए । उनले यो क्षेत्र औलोको उच्चजोखिम भएकाले यो झुलले रोग लाग्नबाट बचाउनमा सहयोग पु-याउने भन्दै गाउँपालिकाले समेत स्वास्थ्य सेवा अभियान सञ्चालन गरिरहेको बताए । नेपाल सरकार, सेभ द चिल्ड्रेन र लाइफलाइन नेपालको संयुक्त सहयोगमा २ नं. वडा कार्यालयको संयोजनमा उक्त झुल वितरण गरिएको हो । वितरण कार्यक्रममा वडाध्यक्ष गजेन्द्र कैराँती, कार्यपालिका सदस्य लिलावती यादव, वडासदस्य रेखादेवी खटिकलगायतको उपस्थिति रहेको थियो । बाँकेको डुडुवा–३ र वैजनाथ गाउँपालिकाको वार्ड नं. १, २ र ३ औलोको उच्चजोखिममा रहेकाले सोबाट बच्नका लागि किटनाशकयुक्त झुल वितरण गरिएको लाइफलाइनका फिल्ड अफिसर रवि पाठकले बताए । ५ वर्षभन्दा माथिको उमेरका दुईजना बराबर एक वटाका दरले झुल वितरण गरिएको छ ।