घनश्याम पौडेल
आइतवार, पुष २९, २०७५
570

अर्घाखाँची- नेपाल सरकार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल बलदेवले सरकारको समीक्षा गर्ने बेला नआएको बताए । शुक्रबार अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको चौथो अर्घाखाँची महोत्सबको उद्घाटन गर्दै खनालले यो सरकारले क्षणिक विकास नभई जग बसाउने गरी विकास गर्ने योजनामा रहेको बताए ।
निर्वाचनको समयमा गरिएका बाचा पूरा गर्ने बताउँदै वृद्धवृद्धाहरूको भक्ता सरकारले दोब्बर बनाउने स्पष्ट पारे । नेपालमा पानी जहान र रेलको कुरा सपना नभई वर्तमान सरकारले ५ वर्षमा पूरा गर्ने बताए ।

गुल्मीमा रहेको कफिजोनलाई सुपरजोनमा परिणत गरी ५ जिल्लामा कफी उत्पादनमा सुधार ल्याउने गरी योजना राखिएको बताए । अर्घाखाँची जिल्ला मासु, दूध उत्पादन आत्मनिर्भर रहेको बताउँदै खनालले बुटवलमा बिक्री केन्द्र बनाउने योजना रहेको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझीले जिल्लाको विकासमा सबै एकजुट भई लाग्नुपर्ने बताउँदै अर्घाखाँची सहमतिको जिल्ला भएको बताए । निर्माणधीन विमानस्थलले १÷२ वर्षमा पूर्णता पाउने बताउँदै जिल्लाको विकासको लागि आफूले मेघा पोजेट ल्याइरहेको बताए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले जिल्लाको विकासका लागी सवै एकजुट हुनुपर्नेमा जोड दिए । उनले जिल्लाले विकास निमार्णमा फड्को मार्दै गएको बताए । प्रदेशसभा सदस्य चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहको सहकार्यले जिल्लाको विकासमा फड्को मार्ने बताए ।
प्रदेशसभा सदस्य रामजी घिमिरेले प्रदेशबाट जिल्लाको विकासका लागी सक्दो पहल गरेको बताए । प्रदेश सांसद निर्मला क्षेत्रीले प्रदेश सरकारले जनताले अनुभूति गर्ने गरी विकास नगरेको बताइन् । उनले जिल्लाको विकासका लागि परेको बताइन् । सांसद जालपा भुसालले कृषिमा धेरै बजेट विनियोजन गरेर कृषकलाई कृषि पेसामा प्रेरित गरेमात्रै स्वरोजगार जिल्लामै भित्रने बताइन् ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले जिल्लाको हितका लागि महोत्सव हुनुपर्ने र महोत्सवबाट जिल्लाको विकासमा टेवा पुग्नुपर्ने बताए ।
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले आर्थिक विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
जिल्लास्थित राजनीतिक दलका प्रमुख सरोकारवाला निकायले कार्यक्रम सफलताको शुभकामना दिदै महोत्सवले जिल्लाको विकासका लागि सहयोग पुग्ने बताए ।
कार्यक्रम महोत्सव मूल समितिका संयोजक तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसालको सञ्चालन, उपाध्यक्ष जीवनारायण खनालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो कार्यक्रमा विभिन्न जातजातिले आफ्नो पहिचान झल्कने गरी नृत्य प्रस्तुत गरेका थिए । महोत्सब माघ ८ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
महोत्सव उद्घाटन गर्न उपराष्ट्रपति आउने भनिए पनि कार्यव्यवस्थताका कारण आउन नसकेको आयोजकले जनाएको छ ।