कारोबार संवाददाता
मंगलबार, मंसिर ४, २०७५
463

काठमाडौं-शाश्वताधाममा बौद्ध चैत्य र बुद्धिष्ट सेन्टर स्थापना गरिएको छ । सनातन धर्मका अनुयायी एवं पर्यटकका लागि सेन्टर अर्को आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ ।
नव निर्मित चैत्य एवं बुद्धिष्ट सेन्टर गत शनिबारदेखि आम नागरिकका लागि खुला गरिएको छ । धार्मिक विधिअनुसार गत शनिबार शाश्वतधाममा आयोजित एक समारोहकाबीच लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले नवनिर्मित चैत्य र सेन्टरको उद्घाटन गरेका हुन् ।

चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीको शाश्वतधामलाई सनातन धर्मको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यअनुसार यहा“ बौद्ध चैत्य एवं सेन्टर स्थापना भएका हुन् । यसअघि यहा“ हिन्दू धर्मका प्रख्यात एकम्बरेश्वर शिवलगायतका प्रख्यात मन्दिरहरू स्थापित छन् ।
“शाश्वतधामप्रति सनातन धर्ममा विश्वास राख्ने आम भक्तजनहरूको आकर्षणलाई सम्मान गर्दै हामीले बौद्ध चैत्य र बुद्धिष्ट सेन्टर स्थापना गरेका हौ“ ।” अध्यक्ष चौधरीले भने, “शाश्वत धामलाई सनातन धर्मको अनुसन्धान केन्द्रका रूपमा स्थापना गर्ने बृहत् लक्ष्यमा यो एक कोसेढुंगा सावित हुने विश्वास लिएको छु ।”
उद्घाटन समारोहमा लुम्बिनी, दाउन्ने गुम्बा, बरचुली बौद्ध गुम्बा र थुम्कीमा रहेको बैद्ध गुम्बाका लामा र भिक्षुहरूले बौद्ध परम्पराअनुसार पूजाआजा गरेका थिए । उक्त अवसरमा बौद्ध परम्पराका आकर्षक झा“की प्रदर्शन गरिएको थियो । समारोहमा लुम्बिनी बिकास कोषका पदाधिकारी, चौधरी फान्डेसनका पदाधिकारीहरू, सांसद एवं जनप्रतिनिधिहरू, धर्म गुरुलगायतको उपस्थिति रहेको थियो ।
चैत्य नेपाली शैलीमा निर्माण गरिएको छ । चैत्यभित्र श्रीलंकाबाट ल्याइएको बुद्धको अस्तु राखिएको छ । त्यहा“को चैत्यमा रहेको अस्तुबौद्ध पूर्णिमाका दिन सम्पूर्ण भक्तजनका लागि दर्शन खुला गरिनेछ । बुद्धिष्ट सेन्टरमा बुद्ध धर्म र संस्कृतिका बारेमा विस्तृत जानकारीहरू राखिएको छ । यहा“ विभिन्नग्रन्थ, बुद्धको जीवनका आयामहरूको बारेमा जानकारी दिने तस्बिरको संग्रहालय छ । यहा“ श्रव्यदृश्य हल, ध्यानयोगा कक्ष, बौद्ध धर्माबलम्बीहरूको सभा सम्मेलन केन्द्रसमेत बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शाश्वतधामलाई वेष्ट टुरिष्ट डेस्टिनेसनका रूपमा अवार्ड गरेको छ ।