कारोबार संवाददाता
मंगलबार, मंसिर ४, २०७५
325

पाँचथर-लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्र वितरण पहिलोपटक पाँचथर जिल्लावाट गरिएको छ । पाँचथरको सदरमुकाम फिदिममा एक समारोहको आयोजना गरी परिचयपत्र वितरण गरिएको हो । गृहमन्त्री रामवहादुर थापा, प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईलगायतको उपस्थितिमा राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।
फिदिम नगरपालिका–४ निवासी भगवतीदेवी भण्डारी नेपालको पहिलो परिचयपत्र पाउने व्यक्ति भएकी छन् । १०१ वर्षीय भण्डारीलार्ई जेष्ठताको आधारमा पहिलो परिचयपत्र वितरण गरीएकोहो । भण्डारीलाई गृहमन्त्री थापाले परिचयपत्र हस्तातरण गरेका थिए । आर्थिक वर्ष २२०६६-६७ को बजेट तथा नीति कार्यक्रममार्फत सरकारले परिचयपत्र वितरण गर्ने घोषणा गरेको थियो । व्यक्तिका वैयक्तिक र जैविक सूचनालार्ई आधिकारिक रूपमा संकलन गरी प्रत्येक नागरिकलार्ई एकअर्कासँग मेल नखाने परिचय नम्बर दिइ बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ ।

मन्त्रिपरिषद् बैठकवाट पूर्वको पाँचथर र सिंहदरवारका कर्मचारीहरूवाट सुरु राष्ट्रिय परिचय पत्र वितरण गर्ने निणयअनुसार पाँचथरमा व्यक्तिगत विवरण संकलन गर्ने कार्य यसअघिदेखि नै हुँदै आएको थियो । पाँचथरमा अहिलेसम्म ५२ हजार नागरिकको व्यक्तिगत विवरण संकलन भइसकेको राष्ट्रिय परिचयपत्र वितरण तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले जानकारी दिए । पुस पहिलो साता राष्ट्रिय परिचयपत्रको लागि योग्य रहेका सवै नागरिकको व्यत्तिगत विवरण संकलन गरिसकिने उनको भनाइ छ । अहिले तथ्यांक संकलनका साथै परिचयपत्र उत्पादनको कार्य पनि भइरहेको जानकारी काफ्लेले दिए । काफ्लेका अनुसार पाँचथरमा १ लाख १० हजार र सिंहदरवारका ७ हजार कर्मचारीलार्ई पहिलो चरणमा परिचय–पत्र वितरण गर्ने योजना छ । पाँच वर्षभरी देशभरी वितरण गर्ने लक्ष्य राखिएको छ । नागरिकता प्राप्त गरेकालार्ई सबैलाई परिचयपत्र वितरण गरिनेछ । पाँचथरमा यो उमेर समुहका जनसंख्या १ लाख १० हजार भएकाले पाँचथर जिल्लालार्ई छनौट गरिएको हो ।
परिचयपत्रका लागि फ्रान्सको सफरान आइडीटीले ठेक्का पाएको छ । उसले जिल्लामा आएर तयारी गरेपछि वितरण सुरु हुने छ । निर्वाचन आयोगमा रहेका मतदाता नामावालीको विवरणलार्ई आधार वनाएर वितरण गरिने छ । सिहंदरवारभित्रै र जिल्लामा पनि गाँउगाँउ पुगेर परिचय पत्र वितरण गरिने जोशिले जानकारी दिए । निर्वाचन आयोगको विवरणसँग अरु विवरण मिलाएर वितरण गरिने बताइएको छ । नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक्स (औंठा) छाप सहितको विवरण भएको परिचयपत्र वितरण हुने छ ।

 दिपक वोहोरा