कारोबार संवाददाता
बिहिवार, कार्तिक १५, २०७५
895

दाङ-जिल्लाको गढवा गाउँपालिकालाई नयाँ सहरको रूपमा विकास गरिने भएको छ । सरकारले देशभरका १५ स्थानमा नयाँ सहर निर्माण गर्ने योजनाअन्तर्गत गढवालाई पनि नया सहरको रूपमा विकास गरिने भएको हो । यसरी नयाँ सहरका रूपमा विकास भए पछि व्यवस्थित रूपमा विकास हुने समेत अपेक्षा लिएको छ । योजनाबिना विकास हँुदा बजार व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । यसलाई मध्यनजर गदै सरकारले नै नया सहरका रूपमा विकास गर्ने अभियान सुरु गरिएको हो ।
यसका लागि कार्यसमेत थालनी भइसकेको गढवा गाउँपालिकाले जनाएको छ । नयाँ सहर निर्माणका लागि गाउँपालिकाले पहिलो चरणको सर्वदलीय सर्वपक्षीय छलफलसमेत सकिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । “नयाँ सहर निर्माण प्रक्रिया सुरु गरिसकेका छौं,” अध्यक्ष यादवले भने । सर्वदलीय सर्वपक्षीय छलफल गरी नयाँ सहरका वारेमा सबैलाई जानकारी दिएको उनको भनाइ छ ।

नयाँ सहरमा १ लाख जनसंख्या रहने उनको भनाइ छ । केही समम वस्ती स्तरमा नै पुगेर वस्तुस्थितिका बारेमा जानकारी लिने भएको छ । गाउँपालिकाले कर्मचारीहरू खटाएर वडा वडामा रहेका अवस्थाका बारेमा जानकारी लिने समेत गाउँपालिकाका अध्यक्ष यादवले बताए । वडासम्म पुग्ने कर्मचारीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सडकलगायतका अन्य वस्तुस्थितिका बारेमा जानकारी लिनेछन् । त्यसै गरेर कर्मचारीहरूले स्थानीयस्तरकोे आवश्यकता के हो भनेर समेत पहिचान गर्ने छन् । यसरी पहिचान गरी योजना निर्माण गरिने अध्यक्ष यादवले बताए । यसरी निर्माण गरीएको योजना संघीय सरकारलाई पठाइने छ । राज्यले गाउँपालिकाले निर्माण गरिएका योजनाअनुसार आवश्यक पर्ने रकम प्रदान गर्ने उनको भनाइ छ । “विकास गर्नेका लागि योजना निर्माण गरेर पठाएपछि रकम आउने छ,” गाउँपालिका अध्यक्ष यादवले भने । गाउँपालिकाले समेत त्यसै अनुसारको विकासका लागि रकम विनियोजन गर्ने जनाएको छ ।
संघिय सरकारले हुलाकी राजमार्गअन्तर्गत देशका १५ वटा स्थानमा नयाँ सहर निर्माण गर्न थालिएको गढवागाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले बताए । नयाँ सहरमा १ लाख जनसंख्याको लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार पु¥याइने छ । त्यसै अनुसारका सवै पूर्वाधार निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत केसीले बताए । सरकारले गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई यसका बारेमा जानकारी दिइसकेको छ ।
-अमरराज आचार्य