हरिश चन्द
मंगलबार, आश्विन १६, २०७५
554

डोटी-पछिल्लो केहि वर्ष यता ब्यवसायीक तरकारी उत्पादनमा अग्रणी मानिने डोटि जिल्लाको पुर्वचौकि गाउपालिका आर्थिक समृद्र्धीका लागि व्यवसायीक कृषि उत्पादननै सबैभन्दा बलियो आधार भएको विज्ञहरुको दाबी छ । ब्यवसायीक रुपमा तरकारी उत्पादन गरेर मनग्गे आम्दानी गर्दै आएका जिल्लाका अगुवा किसानहरु परम्परागत र निर्वाहमुखी कृषिबाट माथि उठेर ब्यवसायीक कृषिमा संलग्न हुनसके हरेक किसानको आम्दानी बढने र व्याप्त गरीबीबाट उन्मुक्ती मिल्ने बताउछन् ।
व्यवसायीक तरकारी खेतीका लागि ख्यातीप्राप्त जिल्लाका पकेट क्षेत्रहरु डोटि जिल्लाको पुर्वचौकि गाउपालिका सानागाँउ , गाँजरी पोखरी , ख्रिसेन , काटामाण्डौ, गैरा गाँउ र दिपाल सिलगढी नगरपालिकाको ललागडामा उत्पादक किसानहरु कृषिका लागि आबश्यक भौतिक पुर्वाधार विकासमा जोड दिइनु पर्ने बताउछन् । “सिँचाई योजना र कृषि सडक निर्माणमा जोडदिने हो भने डोटीका हरेक बस्तीहरु कृषि उत्पादनका लागि नमुना बन्नसक्ने अबस्था छ ।” पुर्वचौकि गाउपालिकाको कार्यालय डोटीका अध्यक्ष दिर्घरा बोगटीले भने,“यँहाका हरेक बस्तीहरुमा कृषि उत्पादनका लागि प्रयाप्त सम्भाव्यता छ ।”ब्यवसायीक तरकारी उत्पादनसँगै तरकारी बिउ, मकैको बिउ र भटमास उत्पादनबाट जिल्लाबासी किसानहरुले मनग्गे आम्दानी गरिरहेको जिल्ला कृषि विकास कार्यालयका अधिकारीहरु बताउछन् । अदुवा, आलू ,टमाटर अमिलो जाँतका फलफूल, खुसार्नी, लसुन र हल्दी उत्पादनमा समेत डोटि जिल्लाको पुर्वचौकि गाउपालिका अग्रणी बन्दै गएको जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका कृषि विकास शाखामा कार्यरत कृषि प्रावधिकहरु बताउछन् ।

पुर्वचौकि गाउपालिकामा सरकारी तथा गैर सरकारी (गुनेवर्स ईँटरनेशनल नेपाल) निकायहरुबाट कृषि क्षेत्रको दिगो व्यवसायीक विकासका लागि बार्षिक ठुलो लगानी हुने डोटि जिल्लाको पुर्वचौकि गाउपालिका कृषि उत्पादनका प्रयाप्त सम्भावना भएपनि व्यवसायीक कृषकहरु न्युन रहेकाले कृषि उपज आयातमा उल्लेख्य सफलता हासिल हुन नसकेको गाउपालिका अध्यक्ष दिर्गराज वोगटीको भनाई रहेकोछ । डोटि जिल्लाको पुर्वचौकि गाउपालिका लामो समय देखि कृषि क्षेत्रको विकासमा वरिष्ट अनुगमन तथा मुल्याङकन अधिकृत देवेश राज गिरिले कम उत्पादन हुँदा लागत खर्च बढि हुने भएकाले डोटि जिल्लाको पुर्वचौकिका किसानहरुले भारतीय कृषि उपजसँग बजारमा प्रतिष्प्रर्धा गर्न नसकेको बताउछन् ।
भारतीय कृषि उपजसँग ब्यवसायीक प्रतिष्प्रर्धा गर्न नसकेकै कारण यँहाका किसानहरुले मनग्गे आम्दानी गर्न नसकेको तरकारी व्यवसायीहरुको अनुभव छ । यसवाहेक उत्पादक किसानले उचित मुल्य नपाउने तर व्यवसायीले प्रयाप्त नाफा असुल्ने भएकाले पनि व्यवसायीक कृषि विकासमा समस्या उत्पन्न भइरहेको पुविचौकि गोउपालिका ४ का अगुवा किसान हरि सिह थापा बताउछन् । स्थानीय बासिन्दाको आर्थिक अबस्थामा सुधार ल्याउन डोटि व्यवसायीक कृषि विकास अपरिहार्य भएको र व्यवसायी कृषि विकासका लागि भौतिक पुर्वाधार विकासमा जोड दिइनु पर्ने पुर्वचौकि गाउपालिकाका प्रशासकिय अधिकृत देनेश सापकोटा बताउछन् ।ब्यवसायीक कृषकहरुका लागि प्रयाप्त अनुदानको व्यवस्था गर्न सकिए डोटिमा कृषि क्रान्ती सम्भव हुने कृषि क्षेत्रमा लामो समयदेखि कृयासिल गैर सरकारी संस्था गडनेभर्सका वरिष्ट कृषि विज्ञ सुमन श्रेष्ट वताउछन । डोटि जिल्लामा कृषि उत्पादनका लागि प्रयाप्त सम्भावना भएपनि अझैपनि व्यवसायीक कृषिको विकास हुन नसकिरहेको र व्यवसायीक कृषि उत्पादनमा जोड दिन सबैले एकतावद्ध भएर अघि बढनु पर्ने पुउर्वचौकि गाउपालिकाका अध्याक्ष दिर्घराज वोगटी बताउछन् । उनले भने पुर्वचौकि गाउपालिगकालाई अवको पाँच वर्षमा नमुना गाँउपालिकाका रुपमा चिनाउछु सवैले विकासका कार्यहरु आर्थक वष २०७४/०७५मा ३३ करोड २८ लाख ६७ हजार पाँच सय ४५ रुपया आम्दानि थियो भने ३० करोड सात लाख ४० हजार एक सय ३३ रुपया खर्च भएको थियो जसमा २५ लाख सात हजार चार सय नब्बे रुपया फ्रिज गएको पुवैचौकि गाउपालिकाका प्रशासकिय अधिकृत दिनेश सापकोटाले जानकारि दिनु भयो । कृषि क्षेत्रमा सरकारि तथा गैर सरकारि संस्थाहरुले करिव तिन करोड ५० लाख जति कृषी क्षेत्रमा छुटाएको पालिकाले जनाएकोछ । कृषिमात्रै नभई प्रतेक वडामा सडक, टोलटोलमा खानेपानि, विजुलि वत्ति, स्वाथ्य चौकि ,सिचाई विद्यालय साथ दिन आग्रह समेत गर्नुभयो ।
व्यवसायीक कृषि उत्पादनको होडबाजीमा रसायनिक मल र विषादीको अनियन्त्रित र अवैज्ञानिक प्रयोगले डोटी कृषियोग्य भूमिको उर्वराशक्ति र उत्पादकत्व घटदै गइरहेको किसानहरुको अनुभव छ । कृषि क्षेत्रमा प्रयाप्त सम्भावना बोकेकाडोटीमा कृषिबाटै जिल्लाबासीको जीवनस्तरमा सुधार आउने विज्ञहरु बताउछन् ।