कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५
633

बागलुङ-सुक्खा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन काम सुरु भएको छ । जिल्लाको पश्चिम तुरतुरेमा बडीगाड खोला नै थुनिने गरी झरेको पहिरोका कारण लोकमार्गमा ११ दिन यता सिधा सवारी साधान सञ्चालन हुन सकेका छैनन् ।
ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकाको सिमानाको करिब ३३० मिटर सडक पहिरोले क्षति पु¥याएको छ । सडक विभाग, क्षेत्रीय सडक निर्देशनालय नेपाली सेना तथा मध्यमहाडी लोकमार्ग आयोजनाको अध्ययन तथा अनुगमनपछि आयोजनाले काम सुरु गरेको हो । अवरुद्ध सडककोे दुवै किनारबाट दुईदुई गरी चारवटा डोजर प्रयोग गरी पहिरो पन्छाउन सुरु गरेको मध्यपहाडी लोकमार्ग आयोजनाका डिभिजन इन्जिनियर शुभराज न्यौपानेले बताए । “पहिरो निकै भीषण छ, करिब दुई साताको बीचमा सडक सुचारु गर्न सक्छौं कि भन्ने आशा लिएका छाैँ,” न्यैपानेले भने, “पहिरोले कमजोर बनाएको भूभाग र खसेका ढुंगाका ढिस्काले काममा केही जोखिमसमेत देखिएको छ ।” पहिरो पन्छाउनका लागि म्याग्दी जिल्लामा रहेको आयोजनाका डोजरसमेत प्रयोग गरिने उनले बताए ।
पहिरो ठूलो भएका कारण सडक पूर्ण रूपमा खुलाउन केही समय लागे पनि हाललाई ट्रयाकमात्र खुलाउने गरी लागेको आयोजनाका अर्का इन्जिनियर सुरज महर्जनले बताए । “दुवैतर्फ डोजरको सहायताले पहिरो हटाउँदा ट्रयाक खुलाउनमात्रै न्यूनतम १५ दिन लाग्ने आंकलन गरेका छौं,” महर्जनले भने । पहिरो हटाएर सडक खुलाउनका लागि अदै कन्ट्रक्सनका दुई डोजर मध्यपहाडी लोकमार्ग आयोजनाका दुई डोजरको प्रयोगमा ल्याइएको छ । सडकको ट्रयाक दसंैको घटस्थापनासम्म जसरी पनि खुलाउने गरी काम थालेको सडक विभागका उपमहानिर्देक मुतिm गौतमले बताए । स्थानीयका निम्ती निकै महत्वपूर्ण सडक भएका कारण जसरी पनी काम चाँडै सक्ने गरी काम गर्ने उनले बताए । आवश्यक परेको खण्डमा बम डिस्पोजलका लागि नेपाली सेनाको कार्यदलसमेत तैनाथ राखिएको छ ।


सातामा धेरै पढिएको