कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५
810

सन् २०२० को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता असोज १७ बाट सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासद्वारा बुधबार जारी वक्तव्यमा कात्तिक २० सम्म आवेदन गर्न सकिने जनाइएको छ ।
दूतावासले जारी गरेको वक्तव्यमा आवेदन भर्न कन्सल्टेन्टको आवश्यकता नपर्ने जनाउँदै अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न बताएको छ । फारम अनलाइन भर्नुपर्ने र पारिवारिक विवरण खुलाउनुपर्ने जनाउँदै दर्ता गर्दा आफ्ना पति वा पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य रहेको र उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिने पनि जनाएको जनाइएको छ ।