सदरमुकामका बजार पसलबाट एक लाख बराबरको म्याद गुज्रिएको सामग्री नष्ट गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइमा खाद्य सामग्री र पेय पदार्थ गरी ९७ हजार १७७ को सामग्री नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
म्याङलुङ नगरपालिका–५ साविक जिरिखिम्ती अम्फुवाका खेमबहादुर लिम्बुलाई स्थानीय तहको निर्वाचनपछि सबै किसिमका विकासे पूर्वाधार गाउँमै उपभोग गर्न पाइन्छ भन्ने आशा थियो । सडक, सिँचाइ, खानेपानीजस्ता आवश्यकीय पूर्वाधारको अभावमा वर्षौंदेखि भोग्नुपरेको समस्या टर्ला भन्ने विश्वास थियो ।
जिल्लाको उत्तरी गाउँपालिका याङवरक गाउँपालिकाको च्याङथापुमा रहेको सीमा प्रसासन कार्यालयमा बोर्ड र झन्डामात्र छ । सीमा क्षेत्रबाट धेरै टाढा भए पनि कार्यालय चाहिँ खुलेको छ । तर यहाँ कार्यालय सहयोगीमात्र छन् । बाँकी कर्मचारीको दरबन्दी भए पनि यहाँ बस्ने गरेका छैनन् । कार्यालयका लागि ८ जना कार्मचारीको दरबन्दी रहे पनि अहिले सन्देश खवास एक्लै छन् । कर्मचारी नभएपछि कामै हुँदैन । कार्यालय खोल्ने र बन्द गर्ने मात्रै काम भइरहेको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका स्थानीय बासिन्दाले गाउँमै सिंहदरबार आएको महसुस गरेका छन् । एक साता अगाडि धनचौरको घुम्ती शिविरपछि पुनः भूमिकास्थान–३ धारापानीमा जिल्ला प्रशासनसहित सरकारी कार्यालयहरू गाउँघरमै पुगेका छन् । सदरमुकाम आउन जान एक हजार खर्च लाग्ने धारापानीकी ६२ वर्षीय मुमकला खनालले घुम्ती शिविरमा नागरिकताको प्रतिलिपि निकालिन् । उनको नागरिकता च्यातिएको थियो, उनी जिल्ला प्रशासन सन्धिखर्क जान गएकी पनि थिइनन् । नागरिकताको प्रतिलिपि पाएपछि उनी खुसी भइन् ।
रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर मानिन्छ । मानवीय गतिविधिका कारण पछिल्लो समय रेडपाण्डा निकै लोपोन्मुख अवस्थामा छ । चोरी शिकारी, वनजंगल फडानी, चेतनाको कमीलगायतका कारणले गर्दा लोप हुँदै गएको पाइन्छ । पहिला घरआगनमै आउने, रेडपाण्डा लगायत अन्य दुर्लभ जनावर हिजोआज संरक्षण गर्न धौधौ भएको छ । रेडपाण्डा संरक्षणको छुटै नीति बने तापनि अन्य जनावर जस्तै रेडपाण्डालाई प्राथमिकता नदिँदा संकटमा परेको अनुसन्धानले देखाएको रेडपाण्डा अनुसन्धानकर्ता, सरोज श्रेष्ठले बताए । उनले भने, “हाल नेपालमा ५ सयमात्रै रेडपाण्डा छन् । जसमध्ये ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा छ ।”
भीमसेन थापा गाउँपालिकाको न्यायिक समितिमा यस आवमा ५० वटा निवेदन (उजुरी) दर्ता भएका छन् । जग्गा विवाद, लैंगिक हिंसा, पानी कुलो विवादलगायतका उजुरी समितिमा परे पनि एउटा पनि मुद्दा छिनोफानो भएको छैन । कर्मचारी अभावका कारण कार्यसम्पादनमा समस्या परेको न्यायिक समितिकी संयोजक बिनु वाग्लेले बताइन् । “निवेदन दर्ता भए पनि लिखित रूपमा फस्र्योट गर्न सकिएको छैन,” उनले भनिन्, “समिति कार्यालयमा कर्मचारी छैनन् । कानुनी सल्लाहकार पनि छैनन् । त्यसैले काम ठप्पै छ । हामी समितिका पदाधिकारीले मौखिक रूपमा मात्र केही मुद्दा ब्यवस्थापन गरेका छौं ।” कर्मचारी अभावका कारण न्यायिक समितिको बैठकमा आफैले माइन्युट लेख्नुपरेको उनले सुनाइन् ।
झापाका उपभोक्तावादी संस्थाले उपभोक्ताको हितका लागि सामूहिकरूपमा क्रियाशील हुने प्रतिबद्धता जनाएका छन् । लामो समयदेखि उपभोग्य वस्तु खरिद गर्दा उपभोक्ता गुणस्तर तथा मूल्यमा ठगिँदै आएको समस्यालाई मध्यनजर गर्दै उपभोक्ताको अधिकार रक्षा गर्न स्थानीय तहसँग समन्वय गरी काँकरभिट्टा र भद्रपुरनाकामा विषादी परीक्षण प्रयोगशाला राख्ने मागसहित आठ बुँदे प्रतिबद्धता जनाएका हुन् ।
तीन दिनसम्मको लगातार झरीपछि फेरि शुक्रबार र शनिबार भएको वर्षाका कारण रामेछापको उच्च भेगका कृषकमा खुसियाली छाएको छ । लगातारको वर्षाका कारण उच्चपहाडी भू–भागमा परेका हिमपातका कारण हिउँदे बालीनालीले राम्रो उत्पादन दिने भएपछि उनीहरूमा खुसियाली छाएको हो ।
पछिल्लो समय विद्यालय भवन निर्माण गर्न होस् या सामुदायिक भवन, विद्यालय, कलेजका कक्षा सञ्चालनदेखि अन्य सामाजिक काम गर्न धार्मिक तथा सामाजिक अभियान चलाएर दानस्वरुप चलअचल सम्पत्ति संकलन गर्ने चलन बढ्दै गएको पाइन्छ । तर यस्ता अभियान र कार्यक्रमा दान र सहयोग गर्ने भनिएका प्रतिबद्धता भने वर्षौंसम्म पूरा नगर्ने चलन पनि उत्तिकै देखिन्छ ।
एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले संघीय गणतन्त्रात्मक नेपाल पाएका छौँ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले ढुंगा, गिटी र बालुवामा भएको अनियमितता नियन्त्रण गर्न स्थानीय निकायलार्ई निर्देशन दिएका छन् । आइतबार पोखरामा आयोजना भएको जिल्लास्तरीय समन्वय तथा समीक्षा बैठकमा बोल्दै मुख्यमन्त्री गुरुङले स्थानीय निकायमा जथाभावी रूपमा ढुंगा, गिटी र बालुवाको दोहन भएको उल्लेख गर्दै त्यसमा भएको अनियमितता रोक्न निर्देशन दिएका हुन् ।
गत माघ २ गते परेको हिमपातका कारण बन्द भएको नाग्म–गमगढी सडक एक महिना बितिसक्दा पनि सञ्चालनमा नआउँदा सदरमुकाम जुम्लामा दैनिक उपभोग्य वस्तुको चरम अभाव सुरु भएको छ । विगतका वर्षहरूमा भन्दा यो वर्ष लगातार एक महिनासम्म हिउँ र पानी पर्दा मुगु र जुम्लाको बीचमा पर्ने घुच्ची लेखमा सडक अवरुद्ध भएको हो ।
जिल्लामा रहेको रोल्पा नगरपालिकाले १० माघमा कृषि मेला तथा औद्योगिक प्रदर्शनीको आयोजना ग¥यो । कृषिमा व्यवसायीकरण, आकर्षण र प्रेरणा दिने उद्देश्यले उक्त मेलाको आयोजना गरेको हो । कृषि मेला तथा औद्योगिक प्रदर्शनीमा अन्नबाली, फलफूल, तरकारी, खाद्यान्न, कुखुरा, खसी, बाख्रा, स्थानीय स्तरमा उत्पादन गरिएका कृषि औजार र अन्य उत्पादन प्रदर्शनीमा राखिएको थियो । कृषि क्षेत्रका आधुनिकीकरण प्रविधिहरू पनि प्रदर्शनीमा राखिएको थियो ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का युवा किसान अहिले मल्चिङ प्रविधिबाट आलु खेती गर्न थालेका छन् । ८० रोपनी बाँझो जमिनमा पाँच जना युवा मिलेर सामुहिक आलु खेती गर्न थालेका हुन् ।
सल्यानको बागचौर नगरपालिका–११ बाफुखोलामा खानेपानी अभाव भएको छ । अहिलेसम्म गाउँमा खानेपानीको धारा नपुग्दा एक गाग्री पानीका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइछ ।