कारोबार संवाददाता
शुक्रवार, जेठ ३, २०७६

चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको एक्स्पो–२०१९ मा प्रदर्शित नेपाली मण्डप दर्शकमाझ लोकप्रिय भएको छ । चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख १५ गते लोठ सल्लाको बिरुवा रोपेर उद्घाटित नेपाली मण्डप हालसम्म १ लाख दर्शकले अवलोकन गरिसकेको आयोजक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी गराएका छन् ।

225
कारोबार संवाददाता
शुक्रवार, जेठ ३, २०७६

ओयो होटल्स् एन्ड होम्स्, दक्षिण एसियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो सबैभन्दा ठूलो र विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको लिज्ड तथा फ्रयानचाइज होटल, घर तथा आवासले बिहीबार पहिलो त्रैमासिकको ट्राभल बुकिङ सूची सार्वजनिक गरेको छ । जसले नेपालीहरूले आउँदो गर्मीमा भ्रमण योजनाहरू कसरी बनाएका छन् भन्ने कुरालाई प्रष्ट दर्शाएको छ ।

230
कारोबार संवाददाता
शुक्रवार, जेठ ३, २०७६

लेमन–लाइम खण्डको देशकै प्रतिष्ठित पेय पदार्थ ब्रान्ड स्प्राइटले ‘स्प्राईट लगाउँ, प्यास बुझाउँ’ नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । उपभोक्तामाँझ रिफ्रेस बनाउने ब्राण्डको रुपमा स्थापना गर्न सफल स्प्राइटले गर्मी याममा उपभोक्तालाई कुल राख्छ जसले गर्दा उनीहरू जुनसुकै परिस्थितिमा सचेत भएर सोच्न र निर्णय लिन सक्छन् भन्दै स्प्राइटले उपभोक्तामाँझ प्यास मेटाउने एवं रिफ्रेस बनाउने ब्रान्डका रूपमा आफूलाई स्थापना गरेको जनाएको छ ।

182
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै प्राकृतिक सौन्दर्ययुक्त म्याग्दीको टोड्केमा सुबिधासम्पन रिसोर्ट सञ्चालन गरिएको छ। मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको टोड्के भ्रमणमा आउने पर्यटकहरूको सुविधाका लागि ३ करोड लगानीमा टोड्के हिल रिसोर्ट सञ्चालन गरिएको हो ।

463
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

पछिल्लो समयपूर्वी पहाडको उदयपुर, भोजपुर र खोटाङ जिल्लामा तीनपांग्रे अटोको प्रयोग बढ्दै गएको छ । थोरै लागतमा खरिद गर्न सकिने र छिटो र सजिलो यात्रा गर्न सकिने भएकाले पहाडी क्षेत्रमा अटोको प्रयोग बढ्दै गएको हो ।

225
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

कैलालीको मुख्य पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको कर्णाली चिसापानी र राजका“डा जोड्ने केबलकार निर्माणका लागि अध्ययन सुरु भएको छ ।सडक यातायात नपुगेको तथा पैदल मार्ग पनि निकै कठिन भएका कारण राजका“डा भ्रमणमा पर्यटकको संख्या वृद्धि हुन नसकेको बेला जाल्पादेवी केबलकार कम्पनीले केबलकार सञ्चालन गर्न अध्ययन सुरु गरेको जनाएको छ ।

280
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

दोलखाको चरिकोटदेखि झापाको काँकडभित्तासम्म सीधा बस सेवा सुरु भएको छ । रोजगारीका लागि धेरै दोलखालीहरू भारतको सिक्किम र पश्चिम बंगालमा रहेकाले उनीहरूको सुविधाका लागि काँकडभित्तासम्म सीधा बस सेवा सुरु भएको हो ।

206
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त तत्वावधानमा जेठ ३ देखि ५ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय जेम एन्ड ज्वेलरी एक्स्पो–२०१९ आयोजना हुने भएको छ ।

165
कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आयोजनामा बुधबारबाट काठमाडौंमा नेपाल भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो र कन्क्लेभ सुरु भएको छ ।

286
प्रकाश लम्साल
बिहिवार, जेठ २, २०७६

विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले बाराको सिमरास्थित सेजमा गार्मेन्ट प्रशोधन केन्द्रका लागि छुट्याएको स्थानमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । सेजले ए ब्लकमा रहेको ३४३ बिघामध्ये १६५ बिघा गार्मेन्ट प्रशोधन क्षेत्रका लागि छुट्याएको छ ।

337
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

पोखराको व्यस्त बजार पृथ्वीचोकमा नुनदेखि सुनसम्मका दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउने उद्देश्यले कुन्ती मल नयाँ संरचनामा सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका आम उपभोक्ताहरूलाई एकै छानामुनि सबै दैनिक उपभोग्य वस्तुहरू उपलब्ध गराउने उद्देश्यले उक्त मल नयाँ संरचनासहित सञ्चालनमा ल्याइएको सञ्चालक मध्यका एक निरन्जन बजिमयले बताए ।

148
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी ब्रान्डको ब्याकहो लोडर र एस्काभेटर खरिदमा शानदार उपहार घोषणा गरेको छ । यो नयाँ योजनाअन्तर्गत एमएडब्लू अर्थमुभर्सले जेसीबी थ्रि डीएक्स सुपर वा जेसीबी २२० एलसी एक्स्ट्राको खरिदमा एक हजार घन्टासम्म सर्भिसिङ र त्यसमा लाग्ने सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

156
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

सूचना प्रविधि क्षेत्रमा प्रतिष्ठित र ठूलो अवार्डका रूपमा चिनिएको ‘आईसिटी अवार्ड–२०१९’ को अनलाइन नोमिनेसन बुधबारदेखि खुला गरिएको छ । चौथो संस्करणका रूपमा आयोजना हुन लागिरहेको नोमिनेसन जेठ २५ गतेसम्म दर्ता गर्न सकिनेछ । लिभिङ विथ आईसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आईसिटी अवार्डको ग्रान्ड फिनाले २०७६ साल साउन ३२ गते काठमाडौंमा आयोजना हुनेछ ।

117
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

एकै छानामुनि सस्तोमा सम्पूर्ण खेलकुद सामग्री होलसेल मूल्यमा उपलब्ध गराउने उद्देश्यले पोखराको चिप्लेढुंगामा देवेन्द्र स्पोर्टस् सञ्चालनमा आएको छ । उक्त शोरुमको उद्घाटन पोखराका मेयर मानबहादुर जिसी. तथा महिला भलिबल खेलाडी मञ्जु गुरुङले संयुक्त रूपमा गरेका थिए ।

97
कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६

मोडन एरा टुर्स एन्ड ट्राभल्सले पोखरादेखि भारतको देहरादुनसम्म सीधा बस सेवा सञ्चालनमा गर्ने भएको छ । विगत १२ वर्षदेखि पोखरादेखि भारतको नयाँ दिल्लीसम्म सीधा बस सेवा सञ्चालन गर्दै आएको उक्त ट्राभल्सले देहरादुनमा नेपालीहरूको बसोवास भएकाले उनीहरूको सेवा सहित पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने गरी भारतको देहरादुनमा हप्ताको बुधबार सीधा बस सेवा सञ्चालन गर्ने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

125