कारोबार संवाददाता
शुक्रवार, चैत्र २९, २०७५

शंकर गु्रपको उत्पादन रिद्धिसिद्धिको आयोजनामा निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम यही चैत २७ गते बुधबारको दिन सम्पन्न भएको छ । उक्त कार्यक्रम ‘गुणस्तरको नयाँ स्तर’ भन्ने मूल सन्देशको साथ चितवनमा आयोजना गरिएको जनाएको छ ।

305
कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५

देशमा परेको प्राकृतिक विपत्तिलाई दृष्टिगत गर्दै टीबीआई समूहले रक्तदान कार्यक्रम आयोजना गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको टीबीआई समूहले गत साता बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावित घाइतेहरुलाई दृष्टिगत गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

351
कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघका संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यको संयोजकत्वमा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ पुनर्जागरण समन्वय समिति स्थापना भएको छ । साविकको संघले साधारणसभाको म्यान्डेटविपरीत छुट्टै महासंघ दर्ता गराएपछि संस्थापक अध्यक्ष बज्राचार्य, पूर्वअध्यक्ष रमानाथ श्रेष्ठलगायतले पुनर्जागरण समन्वय समिति गठन गरेका हुन् ।

360
कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५

एलजीले डोर कुलिड र इन्भर्टर लिनियर कम्प्रेसन विशेषता भएको डबल डोर रेफ्रिजेरेटर, नयाँवर्ष लक्षित गरी नेपाली बजारमा ल्याएको छ । यस टेक्नोलोजीले खानालाई १४ दिनसम्म ताजा र स्वच्छ राख्छ, साथै यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको एलजीका आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गतको सीजी इम्पेक्स प्रालिले जनाएको छ ।

377
कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५

टीसीएल ब्रान्ड विश्वकै दोस्रो ठूलो टिभी ब्रान्ड बन्न सफल भएको जनाएको छ । नयाँ आयाम र उत्पादनहरुको डिजाइन थप्न सधैं अग्रसर टीसीएल ब्रान्डलाई आइएचएसबाट प्रमाणित गरिएको कम्पनीले जनाएको छ ।

318
कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५

एलजीले नयाँवर्ष लक्षित गरी एलजी डुयर कुल एयसकन्डिसनर नेपाली बजारमा ल्याएको छ । यस एसीमा डुयल इन्भर्टर कम्प्रेसरका साथै १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

399
विपेन्द्र कार्की
बिहिवार, चैत्र २८, २०७५

उद्योगपति दिवाकर गोल्छाले मंगलबार राति भारतको चेन्नाईमा देहत्याग गरे । मृगौलासम्बन्धी रोगका कारण ६७ वर्षीय गोल्छाको इहलिला समाप्त हुँदा मुलुकको औद्योगिक क्षेत्रमा ठूलो रिक्तता महशुस भएको भएको छ । उनका समकालिन तथा उनलाई नजिकबाट चिन्नेहरू उत्पादनशील उद्योगप्रतिको उनको ‘भोक’को खुलेरै प्रशंशा गर्छन् ।

419
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

ताइवान एक्सटर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरू सम्मिलित सो प्रतिनिधिमण्डलले वैशाख ५ गते बिहीबारका दिन काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यती होटलको दरबार हलमा नेपाली व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

349
मीनकुमार नवोदित
बुधवार, चैत्र २७, २०७५

प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सार्वजनिक खरिद ऐन संशोधन नभएसम्म विकासले गति लिन नसक्ने बताएका छन् । उनले पुराना संरचना र ऐनका कारण सरकारले काम गर्न नसकेको दाबी गरे । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगरमा भएको ‘प्रादेशिक विकास बहस’ लाई सम्बोधन गर्दै मन्त्री आङबोले पुरानै संरचना र मानसिकताका कारण जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारे । “ठेक्का प्रक्रिया यति झन्झटिलो छ कि कामै गर्न गाह्रो छ ।

319
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

उद्योगी दिवाकर गोल्छाको मंगलबार राती चेन्नईमा निधन भएको छ। किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो । ६७ वर्षका उनका दुई छोरा छन्।

469
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

नेपालमा नै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराको ब्रान्ड सिल्क वेयरले नायिका केकी अधिकारीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपालको एकमात्र आइएसओ सर्टिफाइड कम्पनी रहेको कम्पनीका प्रबन्ध निर्देशक राजन झाले बताए ।

309
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीशकुमार मोर निर्विरोध निर्वाचित भएका छन् । सोमबार राजधानीमा सम्पन्न परिसंघको १६ औं वार्षिक साधारणसभाले वरिष्ठ उपाध्यक्ष मोरलाई अध्यक्षमा चयन गरेको हो । परिसंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । लक्की ग्रुपका अध्यक्ष मोर परिसंघको चौथो अध्यक्ष हुन् । यसअघि संस्थापक अध्यक्ष विनोदकुमार चौधरीसहित नरेन्द्रकुमार बस्न्यात र हरिभक्त शर्माले परिसंघको नेतृत्व सम्हालिसकेका छन् ।

305
कारोबार संवाददाता
मंगलबार, चैत्र २६, २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापारघाटा न्यूनीकरण गर्दैै फालाम तथा स्टिलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टिलको उत्पादन गर्नुपर्नमा जोड दिनुपर्ने बताएका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको राजधानीमा भएको २५ औं वार्षिक साधारणसभा तथा आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले धेरै सम्भावना रहेको फलाम खानीको उत्खनन् गरेर फलाम र स्टिलको आयात प्रतिस्थापन गरिनुपर्ने बताए ।

364
कारोबार संवाददाता
मंगलबार, चैत्र २६, २०७५

नेपालका चर्चित पर्यटन व्यवसायी तथा बुद्ध सर्किट डट कम र लुम्बिनी पिस म्याराथनका संस्थापक विक्रम पाँडेकाजी ‘अरब एसिया च्याम्बर्स अफ कमर्स बिजनेस अवार्ड–२०१९’ बाट सम्मानित भएका छन् ।

525
कारोबार संवाददाता
मंगलबार, चैत्र २६, २०७५

नेपाल भ्यालुअर्स एसोसिएसन लुम्बिनी च्याप्टरको दोस्रो साधारणसभा तथा ई.शैलेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । श्रेष्ठ सिद्धार्थनगर नगरपालिकामा कार्यरत वरिष्ठ इन्जिनियर हुन् । जसको उपाध्यक्षमा ई.यमलाल पाण्डे, सचिवमा ई.गोविन्द पंगेनी, सहसचिवमा ई.प्रदीप वन, कोषाध्यक्षमा ई.नवसुजित भण्डारी चयन भएका छन् ।

321