कारोबार संवाददाता
शुक्रवार, आश्विन १०, २०७६

काठमाडौंको बौद्धबाट सुरु भएको पिज्जावल्र्ड नेपालले आफ्नो स्थापनाको तीन वर्षको अवधिमा तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । झन्डै दुई वर्ष अगाडि ललितपुरको कुमारीपाटीमा दोस्रो शाखा विस्तार गरेको पिज्जावल्र्डले पेप्सीकोला फुटबल ग्राउन्डमा तेस्रो शाखा खोलेको छ । पेप्सीकोला शाखाको बिहीबार कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका हुन् । करिब १ करोडको लगानीमा पिज्जावल्र्डको उक्त शाखा विस्तार गरिएको हो ।

458
कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६

स्वदेशी वस्तु तथा सेवाको प्रबद्र्धन गर्ने उद्देश्यले शुक्रबारदेखि दुईदिने ‘मेड इन नेपाल एक्स्पो हुने भएको छ । नेपाली युवाउद्यमी मञ्चले आयोजना गर्न लागेको ७ औं संस्करणको ‘मेड इन नेपाल एक्स्पो’ को तयारी पूरा भएको मञ्चले जनाएको छ । मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज १० र ११ गते ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुन लागेको मेलाबारे विस्तृत जानकारी गराइएको थियो । मुलुकभित्र स्वदेशी उत्पादन तथा सेवाको विस्तार, लगानी प्रबद्र्धन तथा रोजगारी सिर्जनामा सहयोग पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागेको मञ्चका अध्यक्ष निकोलस पाण्डेले बताए ।

429
कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६

स्वदेशी बजारप्रति उपभोक्ताका आकर्षण बढाउने उद्देश्यका साथ विराटनगरस्थित सेन्ट्रल मलले उपभोक्ता लक्षित उपहार योजना अघि सारेको छ । नेपालीहरूको महान् पर्व दसैं–तिहारको उपलक्ष्यमा मलमा खरिद गर्ने ग्राहकका लागि राइस कुकरदेखि मोटरसाइकलसम्मका उपहार दिने भएको छ । हरेक वस्तुको खरिदमा उपहार कुपन उपलब्ध गराइने मलका सञ्चालक प्रकाश मुन्दडाले जानकारी दिए । एक हजार मूल्य बराबरको सामान खरिद गर्ने उपभोक्ताले हरेक दिन एउटा लक्की कुपन पाउनेछन् ।

290
कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६

काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दसैं–तिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यामाहा दसैं–तिहार, हरेक दिन उपहार’ योजनाबाट सेवाग्राहीले हरेक दिन कुनै न कुनै उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।

194
कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६

फुटवेयर क्षेत्रमा स्थापित ब्रान्ड रन सुजले दशैं –तिहार लक्षित उपहार योजना साँवाभन्दा ब्याज ठूलो रिलोडेड सार्वजनिक गरेको छ । जसअन्तर्गत प्रत्येक जुत्ताको खरिदमा एउटा स्क्र्याच कुपनमार्फत स्क्र्याच गरी आफूले बोक्नसक्ने जति पैसा र २ लाख रुपैयाँसम्म प्राप्त गर्न सकिनेछ । कम्पनीका अनुसार यस योजनामा ७ वटै प्रदेशबाट ७ जनालाई आफूले बोक्न सकेजति रुपैयाँ र स्क्र्याच कार्डमार्फत २ लाख रुपैयाँसम्म नगद प्राप्त गर्न सकिनेछ ।

246
कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६

जापानको सर्वोत्कृष्ट हेल्थीहोम पेन्ट केएनपीले आफ्नो नवीनतम उत्पादन माइकामार्बल एक्स्टिरियर पेन्टलाई नेपाली बजारमा भित्र्याएको छ । बुधबार होटल हायात रिजेन्सीमा आयोजित डिलर मिटको अवसर पारेर केएनपीले माइकामार्बल पेन्ट लन्च गरेको थियो ।

207
कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६

नेपालका पर्यटन सम्बद्ध संघ–संस्थाले काजखस्तानको नूरसुल्तान (अस्टाना) मा आयोजित पाटा ट्राभल मार्टको ४२ औं संस्करणमा ‘नेपाल पेभिलियन’ अन्तर्गत सक्रिय तथा प्रभावकारी सहभागिता जनाएका छन् । पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले ५ वटा निजी क्षेत्रका पर्यटन व्यवसायी कम्पनीहरूले सो मार्टमा सहभागी जनाएको हो ।

314
कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६

जगदम्बा इन्टरप्रायजेज प्रालिको ‘जगशक्ति क्षेत्रीय डिलर मिट २०७६’ वीरगन्जमा सफलताका साथ सम्पन्न गरेको छ । उक्त क्षेत्रीय डिलर मिटमा आफ्ना उत्पादन जगशक्ति टीएमटी डण्डी, जगदम्बा पाइप तथा जगशक्ति गोल्ड टीएमटी ५०० डी डन्डी र टाटा शक्ति जस्तापाताको बिक्री वितरण कार्यमा उत्कृष्टता हासिल गरेका बिक्री वितरक तथा डिलरहरूलाई संस्थाका निर्देशकहरू अनिलकुमार रुङटा, विशाल पटवारी तथा रमेश अग्रवालले पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए ।

239
कारोबार संवाददाता
आइतवार, आश्विन ५, २०७६

दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा असोज १ गतेदेखि सुरु भएको स्टक क्लियरेन्स मेलामा शनिबार मात्र ३१ हजारले अवलोकन गरेका छन् । मेलामा सस्तो मूल्यमा सामान किनमेल गर्ने ग्राहकको उल्लेख्य घुइँचो लागेको छ । इभेन्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टक क्लियरेन्स मेलाको चौथो दिनसम्ममा ८३ हजारले अवलोकन गरेका छन् । मेलामा तेस्रो दिनसम्म ५२ हजार बढी अवलोकनकर्ताले सहभागिता जनाएका थिए ।

198
कारोबार संवाददाता
आइतवार, आश्विन ५, २०७६

काठमाडौं, ४ असोज (कास)ः मार्ग ईआरपी लिमिटेडले नेपालमा लघु, साना तथा मझौला उद्योगको वृद्धिका लागि उपस्थिति र सञ्चालनलाई सुदृढ बनाउने जनाएको छ । नेपालमा सेवाको पहुँचबाट बाहिरिएका लघु, साना तथा मझौला उद्योगलाई अझ राम्रो बनाउन मार्ग ईआरपीले काठमाडौंमा आफ्नो सर्भिस सर्पोट सेन्टर पनि खोलेको छ । नेपाल च्याप्टर ‘नेपाल ईआरपी इन्टप्र्राइजेज्’ अन्तर्गत मार्ग ईआरपी दुई वर्ष अगाडि नेपालमा सञ्चालनमा आएको भन्दै कम्पनीले कस्टुमाइज टेक्नोलोजी सोलुसनको माध्यमबाट पहिलेदेखि नै एमएसएमई क्षेत्रलाई डिस्रप्ट गर्न सुरु गरिसकेको छ ।

166
कारोबार संवाददाता
आइतवार, आश्विन ५, २०७६

नेपालको राजधानीमा हालै सञ्चालनमा आएको काठमाडौं मेरिएट होटलले दशैंको अवसरमा दैनिक जीवनको भीड–भाडबाट पन्छिन खोज्ने व्यक्तिहरूका लागि उत्तम गन्तव्य प्रदान गर्ने विशेष अफर ल्याएको छ । काठमाडौं मेरिएट होटल जोडीहरूलाई ठमेल किचनको कमप्लीमेनटरी बुफे ब्रेकफास्टसहित दुई रातका लागि शानदार डिलक्स कोठामा समय व्यतित गर्न स्वागत गर्छ भन्दै ठमेल किचन दिनभर सञ्चालन रहने एक मल्टिक्विजीन डाइनिङ रेस्टुराँ भएको जनाएको छ ।

253
कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६

रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोगमा धुलिखेल उद्योग वाणिज्यसंघ र आईईडी नेपालको सहकार्यमा ७ दिने स्यानिटरी प्याड तालिम सम्पन्न भएको छ । करिब २३ जना महिलाहरू यस तालिममा सहभागी भएका रहेको उक्त कार्यक्रममा तालिम लिएका करिब १० देखि १५ जनाहरूले रोजगारी पनि पाउने भएका छन् ।

316
कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६

लालझाडी सामुदायिक वन उपभोक्ता समूहले ३६ लाख रुपैयाँको लागतमा सःमिल तथा फर्निचर उद्योग सञ्चालनमा ल्याएको छ । लालझाडी गाउँपालिकाको १४ लाख, पश्चिम तराई भूपरिधी संरक्षण परियोजनाको १४ लाख र समूहको ८ लाख लगानीमा सःमिल तथा फर्निचर उद्योग स्थापना गरिएको समूहका अध्यक्ष अमर रानाले बताए । उनले सःमिल तथा फर्निचर उद्योगले स्थानीय उपभोक्ताको चिरान मूल्य घटाउने बताए ।

318
कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६

काभ्रे-व्यापारिक नगरीका रूपमा परिचित बनेपामा बनेपा महोत्सव २०७६ सुरु भएको छ । उग्रेश्वर मन्दिरको प्राङ्गणमा आयोजना भएको महोत्सवको प्रदेश ३ का प्रमुख अनुराधा कोइरालाले उद्घाटन गरिन् ।

267
कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६

पश्चिम नवलपरासीमा आगामी मंसिर १३ देखि २३ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ को आयोजना हुने भएको छ । कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको बृहद् प्रदर्शनी हुने मेला पश्चिम नवलपरासीको सदरमुकाम परासीमा तयारी गरिएको आयोजक उद्योग वाणिज्य संघ नवलपरासीले जनाएको छ ।

137