कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

‘पाँचखाल नगर, कृषि सहर’ भन्ने नारा बोकेको पाँचखाल नगरपालिकाले पाँचखालका खेतीयोग्य जमिनमा प्लटिङ गर्न प्रतिबन्ध लगाएको छ । कृषि र पशुपालनका क्षेत्रमा असर पुगेको भन्दै इँटा उद्योगलाई समेत वातावरणमैत्री बनाउन आग्रह गरेको छ । सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा यदि वातावरणमैत्री नचलाएमा चलाउन नदिने नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए । “तरकारी र धानका लागि खेतीयोग्य जमिन भएको नगरका रूपमा चिनिएको पाँचखालमा आफूखुसी र मनलाग्दी खेतीयोग्य जमिन प्लटिङ गर्न रोक लगाएका छौं ।” यसले बढ्दै गएको सहरीकरणलाई व्यवस्थित मात्रै गर्दैन खेतीयोग्य जमिन मासिनबाट समेत रोकिने नगरवासीले विश्वास गरेको नगरले जनाएको छ ।

243
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापाबीच मंगलबार चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।

145
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

केही समयअघि मात्र नेपालगन्जमा विस्तारित भएको नेपालकै पुरानो पाँचतारे होटल सोल्टीसँगेको सहकार्य काठमाडौंको गेट कलेजको भगिनी संस्था गेट भोकेसनलले १११ जना जनशक्ति विकसित गरेको छ । नेपालमा पाँचतारे होटलमै ‘अन द जब ट्रेनिङ’ सुविधासहितको होटल व्यवस्थापनसम्बन्धी आवधिक तालिम दिइएको यो पहिलो पटक हो । सोल्टी वेस्टइन्ड प्रिमियरसँगको सहकार्यमा विगत दुई वर्षदेखि गेट भोकेसनले सञ्चालन गर्दै आएको आवधिक प्रशिक्षणको मंगलबार दीक्षान्त कार्यक्रम आयोजना गरियो ।

192
कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६

उद्योग वाणिज्य संघ–चितवन र श्रीलंकास्थित सिलोन चेम्बर अफ कमर्सबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । चितवन अध्यक्ष सहनलाल प्रधान र सिलोनका तर्फबाट उपाध्यक्ष भिस गोविन्दा स्वमीले हस्ताक्षर गरेका हुन् ।

252
कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६

एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यका रूपमा प्रबद्धिन स्टडी एडिलेड, दक्षिण अस्ट्रेलिया सरकारको एजेन्सी स्टडी एडिलेडले नेपाली विद्यार्थीहरूका लागि पहिलो पटक ब्रान्ड एम्बेसडर प्रतियोगिता सुरु गरेको छ । यो प्रतियोगिताले विद्यार्थीहरूलाई एडिलेडको एम्बेसडर बन्न साथै एडिलेडको शैक्षिक तथा जीवनशैलीको अनुभव लिने अवसर प्रदान गर्छ ।

240
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

पायक पर्ने ठाउँमा खाद्य संस्थानका डिपो नहुँदा डोल्पाका स्थानीयले सहुलियताको चामल पाउन कठिनाइ भएको छ । सबैको पहुँचमा खाद्य डिपो नभएकैले त्यस्तो कठिनाई उत्पन्न भएको हो । सडक सञ्जालमा डोल्पा जोडिएर गाउँ, गाउँमा खाद्यान्न पुगेसँगै खाद्यान्नको चामल बिक्री हुन नसकेको हो । भूगोलको हिसाबले सबैभन्दा ठूलो डोल्पामा पायक पर्ने ठाउँमा खाद्यान्न डिपो नहुँदा चामल बिक्रीमा कमी भएको खाद्य संस्थानले जनाएको छ ।

241
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

होटल संघ नेपाल (हान) ले नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि हान मातहतका होटलमा पर्यटकलाई रुम चार्जमा ३० प्रतिशत र खानाका परिकारहरूमा १५ प्रतिशत छुट दिने भएको छ ।

238
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

फेब इन्डियाले काठमाडौं दरबारमार्गको शेर्पा मलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । औद्योगिक घराना चौधरी समूहकी सारिका चौधरीले नयाँ शोरुमको आइतबार एक समारोहबीच उद्घाटन गरिन् । फेब इन्डिया कपडा, घर सजावटका सामान तथा अर्गानिक खाद्यपदार्थका लागि परिचित भारतीय कम्पनी हो ।

808
कारोबार संवाददाता
शनिवार, कार्तिक १६, २०७६

बालबालिकामा विद्यमान कुपोषण र गरिवी विरूद्धको राष्ट्रिय अभियान शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रपति भवन शितल निवासबाट यस अभियानको विधिवत उद्घाटन गरेपछि यो अभियान कार्यान्वयनमा आएको हो ।

876
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित पृथ्वीराजमार्ग छेउमै सुविधासम्पन्न पेट्रोलपम्प सञ्चालनमा आएको छ । चौबीसै घण्टा सेवा प्रदान गर्ने गरी कुबेर आयल सप्लायर्सले अत्याधुनिक प्रविधि जडान गरी डुम्रेका व्यवसायी गोपाल अधिकारीले पेट्रोलपम्म सञ्चालनमा ल्याएका हुन् । पर्यटकीय केन्द्र बन्दीपुर, पृथ्वीराजमार्ग हुँदै काठमाडौं, पोखरा, चितवन, गोरखा, लमजुङलगायतका क्षेत्रहरूलाई मध्यनजर गरी पम्प सञ्चालनमा ल्याएको अधिकारीले बताए ।

949
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

रामेछापको मन्थलीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका दुई व्यवसायीहरूलाई जिल्ला प्रशासन कार्यालय रामेछपाले जरिवानासहित रिहा गरेको छ । जिल्लाको मन्थली विमान स्थलक नजिकै सञ्चालित एभरेस्ट गटवे मिनीमार्टका जयकृष्ण अधिकारी र ट्रेकर्स ट्रान्जिट क्याफेकी सञ्चालक पासाङ ल्हामु शेर्पा शनिबार जरिवानासहित कारबाहीपछि छुटेका हुन् ।

370
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ । एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी गराएको छ ।

361
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी यस शिवम् सिमेन्ट्स लिमिटेडले पब्लिक कम्पनीमा परिणत भइसकेपछिको चौथो वार्षिक साधारणसभा (आव २०७५।०७६) कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतमा सम्पन्न भएको जनाएको छ ।

274
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

नेपाली चलचित्र जगतको लोकप्रिय अभिनेत्री प्रिंयका कार्कीले कोकाकोलाको जारी रहेको ग्राउन्ड एक्टिभेसन अवलोकन गरेकी छिन् । उनले पहिलो दिन कोटेश्वरको भाटभटिनी सुपरमार्केट र दोस्रो दिन सेल्सबेरी चप्पलकारखानाको ग्राउन्ड एक्टिभेसनमा गएर आफ्ना फ्यानहरूसँग कोक सेयर गर्दै उनीहरूलाई पनि आफ्ना प्रियजनहरूसँग भावन व्यक्ति गर्न प्रत्सोहान गरेकी छिन् । प्रिंयकाले उपभोक्ताहरूसँग कुराकानी गर्दै फोटो पनि खिचेकी छिन् ।

228
दिननाथ बराल
शुक्रवार, कार्तिक ८, २०७६

पोखरामा तिहार पर्व लक्षित हुने गरी चहलपहल बढेको छ । तिहार पर्वको अवसरमा आवश्यक पर्ने सामग्री किन मेल गर्न सुरुगरेसँगै बजारमा चहलपहल बढेको हो ।

409