कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

विश्वसनीय ब्राण्ड गोदरेज अप्लाएन्सेस्ले यो चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ अझ धेरै खुशी व्यक्त गर्न “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको जनाएको छ ।

216
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

उपभोक्ताको इच्छा तथा चाहनामा अन्तर्राष्ट्रिय ब्रान्ड प्रिन्गल्स पोटाटो चिप्सले आफ्नो दुई फरक स्वाद प्रिन्गल्स टोम योम र स्वीट चिल्ली नेपाली बजारमा ल्याएको छ ।

217
सरस्वती ढकाल
आइतवार, भदौ २२, २०७६

निजी क्षेत्रले जग्गाको चर्को मूल्यका कारण उद्योग स्थापना गर्न लागत बढी परेको गुनासो गरेपछि सरकारले आफैं औद्योगिक पूर्वाधार विस्तारमा जोड दिएको छ । स्वदेशमै खपत हुने वस्तु उत्पादनका लागि औद्योगिक क्षेत्र र निर्यातयोग्य वस्तु उत्पादनका लागि विशेष आर्थिक क्षेत्र (सेज) स्थापनालाई सरकारले प्राथमिकतामा राखेको छ ।

267
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

निजी क्षेत्रलाई व्यापार व्यवसायमा जिम्मेवार बनाउने उद्देश्यले राजधानीमा सम्मेलन सुरु भएको छ । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले तेस्रो जिम्मेवार व्यवसाय सम्मेलन आयोजना गरेको हो । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा कार्यवाहक प्रधानमन्त्री पोखरेलले वास्तविकता भन्दा बढी भ्रम छरेर सरकारलाई आलोचना गर्ने काम भएको उनले जिकिर गरे । करका बारेमा भ्रम छर्ने काम भएको भन्दै उनले भने, “नयाँ संरचनामा गएकाले करको विषय वहसमा आएको हो तर वाहिर हल्ला गरिए जस्तो होइन ।” पोखरेलले सरकारलाई निशाना बनाएर अवाञ्छित टिप्पणी भएको दावी गरे ।

298
सागर परियार
शुक्रवार, भदौ २०, २०७६

कर्णाली प्रदेशको पर्यटकिय शहर जुम्लामा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । कर्णाली सरकारको मन्त्रीमण्डलका सदस्यहरू नै जुम्ला पुगेर महोत्सव उद्घाटन गरेका छन् । जुम्लामा दोस्रो पटक आयोजन गरी १० दिने औद्योगिक व्यापार महोत्सव कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरेका छन् ।

283
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पुरा भएको आयोजक संस्थाले जानकारी दिएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा यही भदौ २५ गतेदेखि चल्ने सातौं संस्करणको फर्नेक्स २०१९ को सबै तयारी पुरा भएको संघका अध्यक्ष रुपेश प्रधानले बताए । “विगत वर्षमा जस्तै यस पटक मेलाको सबै तयारी पुरा भएको छ । परिष्कृत रुपमा मेला आयोजना हुन लागेको जानकारी गराउँन पाउँदा हामीलाई खुसी लागेको छ,” संघका अध्यक्ष प्रधानले पत्रकार सम्मेलनमा भने ।

294
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरूले लघु, घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेका वस्तुहरूको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरूलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्घन गर्ने उनीहरूले बताए ।

245
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

अर्घाखाँची चेम्बर अफ कमर्सको सन्धिखर्कमा सम्पन्न स्थापना दिवस, साधारण सभा एंव प्रथम अधिवेशनमा अशोककुमार श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

160
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

महान् चाडपर्वलाई लक्षित गरी सिजीले ‘सिजीसँग उत्साह उमंग, थाइल्यान्ड जाऊँ परिवारसँग’ नामक स्किम ग्राहकहरूका लागि बजारमा ल्याएको जनाएको छ, जसमा सिजीब्रान्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक स्योर सट उपहारहरू प्राप्त गर्न सकिनेछ, साथै प्रत्येक टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्मको महा क्यास ब्याक पाउन सकिने भन्दै कम्पनीले त्यसैगरी लक्की ड्रमार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्यान्ड घुम्ने सुवर्ण अवसर मिल्ने पनि जनाएको छ ।

110
मनोरञ्जन शर्मा
बिहिवार, भदौ १९, २०७६

देशकै अग्रणी औद्योगिक तथा व्यावसायिक समूह पञ्चकन्या गु्रप सुरु हुनुभन्दा पहिला गु्रपका संरक्षक तथा अध्यक्ष प्रेमवहादुर श्रेष्ठले २०२९ सालमा झापाको विर्तामोडमा पञ्चकन्या राइस मिल र पञ्चकन्या स–मिल (काष्ठ उद्योग) सञ्चालनमा ल्याएका थिए । अहिलेको पञ्चकन्या गु्रपको जग अर्थात् सुरूवाती व्यवसायका रूपमा रहेको राइस मिल र स–मिल करिब १० वर्षसम्म त्यहाँ सञ्चालन गरेपछि श्रेष्ठले सुदुर पूर्वी नेपालबाट एकैपटक पश्चिम नेपालमा आएर उद्योग व्यवसाय सञ्चालन गर्ने योजना बनाए ।

184
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

मानव संशाधन समाज नेपाल ले आठौं राष्ट्रिय मानव संशाधन सम्मेलन २०१९ आयोजना गर्ने भएको छ । मानव संशाधन विकासको क्षेत्रमा लागिपरेको मानव संशाधन समाज नेपाल (एचआरएसएन)ले यहि सेप्टेम्बर ६ तारिख अर्थात भाद्र २० गते आठौं राष्ट्रिय मानव संशाधन सम्मेलन २०१९ राजधानीमा आयोजना गर्ने भएको हो ।

273
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

कैलाली हार्डवेयर व्यवसायी संघले धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी २०७६ आयोजना गर्ने भएको छ । संघले बुधबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी संघीय प्रहरी ईकाईको मैदानमा असोज १२ देखि १५ गतेसम्म दोस्रो पटक प्रदर्शनी आयोजना गरिने जनाएको छ । संघका अध्यक्ष सुरेन्द्र राठीले ग्राहक र व्यवसायीबीच अन्तरक्रियाको माध्यमबाट निर्माण सामग्री तथा हार्डवेयरको पहिचान गर्न मद्दत पु¥याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।

285
नीरज पिठाकोटे
बिहिवार, भदौ १९, २०७६

नेपालका लागि श्रीलंकाकी राजदूत स्वर्णलथा परेराले नेपाल र श्रीलंकाबीच व्यापार र पर्यटनमा दुईपक्षीय सम्झौता आवश्यक रहेको बताएकी छन् । वीरगन्जको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमणपछि वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको छलफलमा उनले श्रीलंका र नेपाल दुवैदेश सांस्कृतिक र प्राकृतिक रुपले पनि समान रहेकोले दुईदेशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउन पर्यटन, उद्योग र सहकारी तथा पारवहनमा सहकार्य आवश्यक रहेको बताए ।

329
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण बन्द गराएको छ भने पाँच वटा डेरी उद्योगहरुमा शिलबन्दी गरिएको हो ।

237
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

नेपालमा लोकप्रिय टीभीब्राण्ड टीसीएलले यस चाडपर्व २०७६लाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको जनाएको छ ।

142