मनोरञ्जन शर्मा
मंगलबार, माघ १५, २०७५

गत बिहीबार र शुक्रबार आएको वर्षा (माघे झरी) ले रुपन्देही जिल्लामा ५ करोडभन्दा बढी काँचो इँटा नष्ट भएको छ । बिहीबारको तुलनामा शुक्रबारको वर्षातले अझ धेरै क्षति भएको लुम्बिनी इँटा व्यवसायी संघ रुपन्देहीका महासचिव अजयकुमार गुप्ताले बताए । “हाम्रो जिल्लामा ५० वटा इँटा उद्योग छन्, एक साताबाट इटा पोल्न सुरु भएको थियो, प्रारम्भमै वर्षातले काँचो इँटा सबै नष्ट भयो, व्यवसायीलाई अर्बभन्दा बढीको नोक्सानी भएको छ,” महाससचिब गुप्ताले भने ।

632
दीननाथ बराल
मंगलबार, माघ १५, २०७५

गण्डकी प्रदेश सरकारले यस वर्षमा ३ सयवटा होमस्टे बनाउने लक्ष्यका साथ पुँजीमा समेत अनुदान दिने भए पछि प्रदेशका पर्यटकीय क्षेत्रका घर गाउँमा धमाधम होमस्टे दर्ता गर्न लागिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले होमस्टे सञ्चालन कार्यविधि २०७५ ल्याएसँगै होमस्टे दर्ता प्रक्रिया सहज र स्थानीय गाउँपालिका तथा नगरपालिकामा दर्ता हुने भए पनि होमस्टे दर्ता हुने क्रम ह्वात्तै बढेको हो ।

545
कारोबार संवाददाता
सोमवार, माघ १४, २०७५

नेपाल धितोपत्र बोर्डले पूर्वाधारको तयारीका आधारमा स्थायी लेखा नम्बर कार्यान्वयनमा ल्याउनुपर्ने जनाएको छ । स्थायी लेखा नम्बरका सम्बन्धमा सरोकारवाला र बजारका सम्बद्ध पक्षलाई समेत छलफल गराई बोर्डले पूर्वाधारको तैयारीका आधारमै कार्यान्वयन गर्नुपर्ने जनाएको हो । स्थायी लेखा नम्बरको विषयलाई लिएर सेयर बजारमा भइरहेको नकारात्मक टिप्पणीप्रति बोर्डको ध्यानाकर्षण भएको भन्दै बोर्डले आइतबार विभिन्न लगानीकर्ताका संस्थाहरूबाट ज्ञापनपत्र बुझ्ने क्रममा यस्तो जनाएको हो ।

597
कारोबार संवाददाता
सोमवार, माघ १४, २०७५

यूएस–बंगला एयरलाइन्स जहाज दुर्घटना जाँचबुझ प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ । यूएस–बंगला एयरलाइन्स जहाज दुर्घटनाको प्रतिवेदन गत भदौ २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई आयोगका अध्यक्ष यज्ञ गौतमले टोलीले बुझाएको थियो । प्रतिवेदन बुझाएको ६० दिन भित्र सार्वजनिक गर्नुपर्ने भएपनि १ सय दिनसम्म पनि सार्वजनिक गरिएको थिएन । मन्त्रालयले आइतबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

834
अनुपमा खनाल
सोमवार, माघ १४, २०७५

सरकारले गोरखकाली रबर उद्योगका मजदुर र कर्मचारीलाई अनिवार्य अवकाश दिने भएको छ । मन्त्रिपरिषद्को माघ ३ गते बसेको बैठकले सोही दिनबाट लागू हुने गरी उद्योगमा कार्यरत सबै मजदुर र कर्मचारीलाई अवकाश दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा उद्योग प्रशासनले शनिबार उद्योग परिसरमा सूचना टाँस गरी कर्मचारी र मजदुरलाई अनिवार्य अवकाशको औपचारिक जानकारी दिएको छ ।

502
कारोबार संवाददाता
सोमवार, माघ १४, २०७५

डोल्पाको जुफाल विमानस्थलमा एक्सरे मेसिन नहुँदा हातले छामेर दैनिक सामग्रीहरू उडान भर्ने गरिँदै आएको छ ।

486
कारोबार संवाददाता
सोमवार, माघ १४, २०७५

नेपाल चामल तेल दाल उद्योग संघले बारा र पर्सामा सञ्चालित उद्योगका समस्या बारे उद्योगमन्त्री मातृकाप्रसाद यादवको ध्यानाकर्षण गराएको छ । संघका केन्द्रीय अध्यक्ष तथा वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिमण्डलले उद्योग मन्त्री यादवसँग भेट गरी उद्योगका समस्याबारे जानकारी गराएको हो ।

443
कारोबार संवाददाता
सोमवार, माघ १४, २०७५

मूल्यमा गिरावट आएपछि चिराइतो किसान निरास भएका छन् । २०७० सालमा प्रतिमत ३० हजार रूपैयाँमा किनवेच भएको चिराइतो हाल प्रतिमन चार हजार रूपैयाँमा बिक्री गर्न बाध्य हुनुपरेको भन्दै किसान निरास बनेका हुन् ।

475
नीरज पिठाकोटे
सोमवार, माघ १४, २०७५

नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले माघ १ गतेदेखि लागू हुने गरी डेडिकेटेड लाइन लिएका करिडोरका पाँच वटा उद्योगलाई महसुलको विलिङ परिवर्तनसम्बन्धी पत्र पठाएपछि करिडोरका ठूला उद्योग चिन्तित भएका छन् ।

637
कारोबार संवाददाता
सोमवार, माघ १४, २०७५

नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरू दुई खेमामा विभाजित भएका छन् । महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रमा ठूलो आर्थिक अनियमितता भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि महासंघ दुई खेमा विभाजित भएको हो ।

486
मीनकुमार नवोदित
सोमवार, माघ १४, २०७५

बैंकहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरू आन्दोलित भएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ र राष्ट्रबैंकमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । विरोध जुलुससहित प्रशासन कार्यालय पुगेका उद्योगी व्यवसायीहरुले मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ज्ञापनपत्र बुझाए ।

1001
कृष्ण न्यौपाने
आइतवार, माघ १३, २०७५

भिमाद नगरपालिका–९ का महिलाले गाउँघरमै उत्पादन भएर बिक्री नभएको सुन्तलाबाट जाम बनाउने सीप सिक्न थालेका छन् । बिक्री नभएर त्यसै फालिएको सुन्तलाको उपयोग गर्दै महिलाहरूले जाम बनाउने सीप सिक्न थालेका हुन् ।

564
सरस्वती ढकाल
आइतवार, माघ १३, २०७५

नेपाली व्यवसायीहरूले तेस्रो मुलुकसँगको व्यापारमा रहेको झन्झटिलो व्यवस्थाबाट मुक्ति पाउने भएका छन् । आउँदो फागुन ३ देखि भारतको कोलकाता तथा हल्दिया पोर्टमा विद्युतीय कार्गाे प्रणाली (ईसीटीएस) लागू हुने भएपछि नेपाली व्यवसायीको लागत र समय दुवै बच्ने भएको हो । कोलकाताबाट सामान छुटाउन यसअघि १ महिनासम्म लाग्ने गरेकोमा अब बढीमा ५ दिनमात्र लाग्नेछ । यसबाट बिलम्ब शुल्कसमेत बेहोर्नु नपर्ने भएपछि नेपाली व्यवसायीको लागत घट्ने तथा उपभोक्ता मूल्यसमेत कम हुनेछ ।

677
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

अर्थ मन्त्रालयका राजस्वसचिव लालशंकर घिमिरेले निजी क्षेत्रलाई आफूहरूले ‘मानार्थ भन्सार अधिकृत’ बनाउन तयार रहेको भन्दै यसको प्रतिष्ठा जोगाउने दायित्वबोध गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय भन्सार दिवस २०१९ को कार्यक्रममा सचिव घिमिरेले चेम्बरजस्ता व्यवसायीहरूको छाता संगठनलाई मानार्थ भन्सार अधिकृत बनाउन आफूहरू तयार रहेको र उक्त संस्थाहरूले त्यसको मर्यादा जोगाउन आफ्नो तर्फबाट पूरा शक्ति लगाउनुपर्नेमा जोड दिए ।

509
कारोबार संवाददाता
शुक्रवार, माघ ११, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गर्नुभएको छ ।

668