कारोबार संवाददाता
मंगलबार, चैत्र १८, २०७६

नेपाल उद्योग परिसंघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैल्न नदिन सरकारले चालेको कदम सकारात्मक रहेको जनाएको छ । परिसंघले विज्ञप्ती जारी गरेर सरकारले दिएका विभिन्न निर्देशनहरुको पालना गर्न परिसंघले आग्रह गरेको छ । लकडाउनको अवस्थामा महामारी नियन्त्रणका लागि परिसंघले स्वास्थ्य सम्बन्धि राहतका सामग्रीहरु सरकारलाई उपलब्ध गराइ रहेको छ भने अत्यावश्यकीय वस्तुको उत्पादन तथा वितरण गर्न आफ्ना सदस्य प्रतिष्ठानहरुलाई उत्प्रेरित गरिरहेको जनाएको छ ।

288
कारोबार संवाददाता
मंगलबार, चैत्र १८, २०७६

नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक वस्तु तथा सेवासँग सम्बन्धित उद्योगहरुलाई अझ बढी उत्पादन बढाउन आग्रह गरेको छ । कोरोना भाइरसको महामारी फैलने त्रासका कारण सरकाले गरेका लकडाउनको समयावधी बढाएसँगै देशभर अत्यावश्यक सामग्रीको अभाव भएको भन्दा महासंघले पूर्ण रुपमा सुरक्षाका उपायहरु अपनाएर आफ्ना उत्पादनमा वृद्धि गर्न उद्योग व्यवसायीहरुलाई आग्रह गरेको हो । जोखिम मोलेर उद्योग सञ्चालन गरिरहेका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू एक जिल्लाबाट अर्को जिल्लामा लैजादा अनेकन समस्या व्यहोर्नु

348
सरस्वती ढकाल
मंगलबार, चैत्र १८, २०७६

नेपालको निजी क्षेत्रलाई नाफामुखी मात्र भएको आरोप लागिरहे पनि कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुध्न सरकारलाई ठूलो साथ यही क्षेत्रले गरेको छ । कोरोना भाइरसविरुद्ध लड्न सरकारले दातृ निकायसँग हात फैलाइरहेका बेला मुलुकभित्रकै निजी क्षेत्रबाट राम्रो सहयोग संकलन हुन थालेको छ । सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा कतिपयले जम्मा गरिसकेका छन् भने कतिपयले घोषणा गरेर रकम संकलनको क्रममा छन् ।

816
कारोबार संवाददाता
मंगलबार, चैत्र १८, २०७६

प्रतिष्ठित व्यावसायिक घराना भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोनाविरोधी अभियानका लागि २५–२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोनाविरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।

229
कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६

संखुवासभा उद्योग वाणिज्य संघले जिल्लामा रहेका दैनिक उपभोग्य सामग्रीबारे जानकारी लिन जिल्लाका उद्योग व्यवसायी संग छलफल गरेको छ । कोरोना भाइरसका कारण देश नै लकडाउन भएका कारण केहि उपभोग्य सामग्री अभाव देखिएको भन्दै संघले स्थानीय व्ययसायिहरुसँग छलफल गरेको हो ।

372
कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६

विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्वारा कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि मास्क तथा विभिन्न सुरक्षाका सामग्री बिक्रीका लागि सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

286
कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६

कञ्चनपुरको भीमदत्त नगरपालिकाले घरदैलो घुम्ती खाद्यान्न बिक्री सेवा सुरु गरेको छ । कोरोना भाइरस( कोभिड–१९) को संक्रमणबाट बच्न देश लकडाउन भएपछि नगरपालिकाले घरघरै खाद्यान्न सुविधा पु-याउन घुम्ती खाद्यान्न बिक्री सेवा सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयले महेन्द्रनगरमा बिहान पाँच बजे देखि सात बजेसम्म अत्यावश्यक खाद्यान्न, तरकारी लगायतका पसल खोल्ने निर्णय गरेको भएपनि सो समयमा भीड कम गर्न नगरपालिकाले खाद्यान्नलगायत अतिआवश्यक सामग्री पु-याउन घुम्ती खाद्यान्न बिक्री सेवा सुरु गरेको हो ।

282
कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६

नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा सहयोग गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई आइतबार सिंहदरवारमा गई ५९ लाखको चेक हस्तान्तरण गर्नुभयो भने बा“की ९१ लाख बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू महासंघले सहयोग दिनेछ । सो अवसरमा महासंंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल सहितको उपस्थिति थियो ।

256
कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६

ज्याकमा फाउन्डेसन र अलिबाबा फाउन्डेसनद्वारा प्रदान गरिएको आवश्यक चिकित्सा सामग्रीको पहिलो टिप आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंमा आइपुगेको छ । नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालयले उक्त अनुदानको रिसिट लिएको छ र देशभर वितरण गर्ने सरकारले जनाएको छ । यो वितरण ज्याकमा फाउन्डेसन र अलिबाबा फाउन्डेसनद्वारा दान गरिएको आवश्यक मेडिकल सामग्रीको एक हिस्सा हो । अनुदानमा २३ एसियाली देशहरूका लागि कुल ७४ लाख मास्क, १ लाख सुरक्षात्मक कपडाहरूका साथै अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामग्रीहरू छन् ।

270
कारोबार संवाददाता
सोमवार, चैत्र १७, २०७६

मुलुकमा देखिएको विषम परिस्थितिलाई सहयोग गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले स्थानीय, जिल्ला शाखा तथा प्रदेश संघहरूलाई सक्रिय बनाएको छ । नेपालमा कोरोना संक्रमित एकपछि अर्को गर्दै देखिन थालेको परिप्रेक्ष्यमा त्यसको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्न मातहतका निकायलाई आग्रह गरेको महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए ।

162
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड(१९ को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० वितरण गरेको छ । नेपालमा पीपीई अभाव भइरहँदा फाउन्डेसनले आफ्नै पहलमा अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइनरआइसोलेसन केन्द्रहरूमा वितरण गरिरहेको छ । धेरैभन्दा धेरै स्वास्थ्य केन्द्रहरूमा सुरक्षा सामग्री वितरण कार्य जारी राखिनेछ ।

393
नीरज पिठाकोटे
आइतवार, चैत्र १६, २०७६

नेपाल चामल, तेल, दाल उद्योग संघले खाद्य उद्योगहरुको उत्पादन सूचारु गर्न सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ । संघले विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउन स्वागतयोग्य भएको जनाउदै यस कठि अवस्थामा पनि मानव स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखेर नेपाल सरकारको नीति, कार्यक्रम तथा योजना प्रति संघले ऐक्यवद्धता प्रकट गर्दै कोभिड–१९ पूर्णरुपमा रोकथाम नभएसम्म सरकारसँग हातेमालो गर्दै निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको संघका अध्यक्ष सुवोध गुप्ताले जनाएका छन् ।

305
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यलाई निरन्तरता दिएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले शनिबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरण थान १०० तथा ७५ हजार थान मास्क हस्तान्तरण गरे ।

259
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

कोरोना भाइरस (कोभिड–१९) लाई फैलन नदिई नियन्त्रण गर्नका लागि सरकारले लगाएको लक डाउनले धनकुटालगायत देशभरीका उद्योग, व्यापार, व्यावसाय बन्द भएकाले लकडाउन अवधिभरको बैंकको ब्याज र घरभाडा महिना गरी सहयोग गर्न धनकुटा उद्योग वाणिज्य संघले आग्रह गरेको छ । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ (तारा) ले विज्ञप्ति जारी गरी लकडाउनका कारण उद्योगधन्दा, व्यापार व्यवसाय धारासायी बन्दै संकटमा परी ठूलो समस्या उपत्पन भएकाले बैंकको ब्याज र घरभाडा मिनाहा गरी सहयोग गरी दिन हुन सम्बन्धित पक्षसँग अनुरोध गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

221
कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६

सरकारले दैनिक उपभोग्य वस्तुको उत्पादन वितरण नियमित गर्ने भने पनि खाद्यान्न गोदामै थन्किएको छ । नेपाल चामल, तेल, दाल उद्योग संघले उत्पादित खाद्यान्न एक ठाउँबाट अर्को ठाउँमा पु-याउनका लागि सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ । संघले लकडाउन गर्नु उपयुक्त भए पनि अत्यावश्यक खाद्यान्नहरू एक ठाउँबाट अर्को ठाउँमा पु-याउन नसक्दा झन् समस्या हुने भएकाले सहजीकरणका लागि माग गरेको हो । संघले केन्द्रीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा उद्योग निरन्तर संचालनमा आउनु अत्यावस्यक भएकोले यसको सहजीकरण गरिदिन संघीय सरकारसँग अनुरोध पनि गरेको छ । नेपाल चामल, तेल दाल उद्योग संघले पाँच दिन देखि खाद्य उदोगमा उत्पादन र ओसार पसार ठप्प भएको बताएको छ ।

318