कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

निजी क्षेत्रको कान्छो हेलिकप्टर सेवा प्रदायक कम्पनी कैलाश हेलिकप्टर सर्भिसेजले दोस्रो हेलिकप्टरबाट व्यावसायिक उडान सुरु गरेको छ । हेलिकप्टर एएस थ्री फाइभ जिरो बिटुले बुधबारदेखि व्यावसायिक उडान सुरु गरेको प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले जानकारी दिए ।

1050
सरस्वती ढकाल
शुक्रवार, चैत्र ३०, २०७४

उद्योगी व्यवसायीहरूले अर्थमन्त्री डा. युवराज खतिवडासामु बैंकहरूले जथाभावी रूपमा ब्याजदर बढाएकोदेखि भन्सार मूल्यांकनको समस्याले उद्योग व्यवसाय चलाउन समस्या भएको गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं साधारणसभामा सहभागी उद्योगी व्यवसायीहरूले बिहीबार अर्थमन्त्री खतिवडासँग गुनासो गरेका हुन् ।

1158
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

नेपाल वायुसेवा निगमको टिकट बिक्री र कार्गोमा उत्कृष्टता हासिल गरेको टिकट बिक्री एजेन्ट र कार्गो एजेन्सीहरूलाई सम्मान गरेको छ । आव ०७३÷७४ मा बढी टिकट बेच्ने र बढी कार्गो तौल दिनेहरू सम्मानित भएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाले सम्मानपत्र प्रदान गरेका छन् ।

1371
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

जोन प्लेयर्सले नयाँ वर्ष–२०७५ का लागि स्क्राच गर्नुहोस् र उपहार जित्नुहोस् अफर ल्याएको छ । अफरअन्तर्गत, जोन प्लेयर्सले आफ्ना आउटलेटबाट तत्काल छुट प्रदान गर्ने घोषणा गरेको हो ।

2279
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा पर्यटकीय सुविधा सहितको होटल एभिन्यु सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका–३ पाल्पा रोडस्थित गोलपार्क क्षेत्रमा निर्माण सम्पन भई सञ्चालनमा आएको होटलको लगानी ५० करोड रुपैयाँ रहेको अध्यक्ष भीमलाल न्यौपानेले बताए ।

2380
नीरज पिठाकोटे
बिहिवार, चैत्र २९, २०७४

प्राकृतिक प्रकोपमा खाद्यान्न सुरक्षाका लागि भण्डारण गरिने खाद्यान्नको लागि अमेरिका सरकारले निर्माण गरिदिएको गोदाम हस्तान्तरण गरिएको छ । खाद्य संस्थान क्षेत्रीय कार्यालय वीरगन्ज परिसरमा निर्माण गरी दिएको अत्याधुनिक गोदाम बुधबार संस्थानलाई हस्तान्तरण गरेको हो । काठमाडौंस्थित अमेरीकी दूतावासका सुरक्षा प्रमुख एवं अमेरीकी सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) ग्रेगोरी पाइप्सले खाद्य संस्थानका निमित्त महाप्रबन्धक श्रीमणि खनाललाई गोदामको कागजात हस्तान्तरण गरेका हुन् ।

1245
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

भारतसँग रेलमार्ग र जलमार्ग विस्तारको सहमति गरेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्ज–काठमाडौं रेलबाट नेपाली उत्पादन निर्यात गरी मुलुकको व्यापारघाटा कम गर्नुपर्ने बताएका छन् । प्रारम्भिक अध्ययनसमेत नभएको रेलमार्गप्रति निकै उत्साहित देखिएका ओलीले रेल आएपछि कुन वस्तु कति उत्पादन गर्ने भन्ने तयारीमा लाग्न व्यवसायीलाई सुझाव पनि दिए ।

1309
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

कानुनमन्त्री शेरबहादुर तामाङले कुरियर सेवा प्रदायक व्यवसायीहरूले लामो समयदेखि राख्दै आएको नियमावलीको मागलाई सम्बोधन गर्न सरकार तत्पर रहेको बताएका छन् । कुरियर वाणिज्य क्षेत्रसँग मात्र नभई नागरिकको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले अत्यावश्कीय सेवाअन्तर्गत परेको सबैले महसुस गरिसकेको उनले प्रस्ट पारेका थिए ।

1184
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र चिनियाँ प्रतिनिधिबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल भएकोे छ । स्टेट एडमिनिस्ट्रेसन ट्रेड एन्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सोमबार मन्त्री यादवलाइ भेटेर सो विषयमा छलफल गरेको हो ।

1092
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

वैदेशिक लगानी रहेको भैरहवाको पाँचतारे टाइगर प्यालेश रिसोर्टमा सञ्चालित क्यासिनोभित्र मदिराको कारोबारका लागि अन्तःशुल्क इजाजत नलिई कारोबार गर्दै आएको भेटिएको छ । अन्तःशुल्क इजाजत नलिई कारोबार गरेको भन्दै आन्तरिक राजस्व कार्यालय भैरहवाले आइतबार क्यासिनोमा रहेका बिभिन्न ब्रान्डका १२१ बोतल मदिराहरू नियन्त्रणमा लिएको छ ।

1102
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा शम्भुप्रसाद दाहाल निर्वाचित भएका छन् । सोमबार भएको नाडाको ४१ औं साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । दाहालले निकटतम प्रतिद्वन्द्वी रामप्रसाद कँडेललाई भारी मतान्तरले पछि पारेका हुन् । नाडाको नयाँ कार्यसमितिमा सबै दाहाल पक्षका सदस्यहरू निर्वाचित भएका हुन् ।

1396
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

बाँकेमा निर्माण हुन लागेको पश्चिम नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्रको डीपीआर अन्तिम चरणमा पुगेको छ । तर, जग्गाको विवाद भने अझै यथावत् छ ।

989
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष किशोरकुमार प्रधानले राज्यले दीर्घकालीन महत्वका योजनालाई अघि नबढाउँदा सिंगो अर्थतन्त्र विकासमा नै समस्या परेको बताएका छन् । शनिबार प्यूठान उद्योग वाणिज्य संघको २० औं साधारणसभामा बोल्दै उनले अल्पकालीन योजनालाई मात्रै राज्यले प्राथमिकतामा राख्दा व्यापारघाटा जस्ता समस्या निरन्तर भोग्दै आउनुपर्ने समस्या रहेको बताए ।

1156
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

सवारी तथा सवारीजन्य वस्तुसँग सम्बन्धितहरूको साझा संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) निर्वाचन हुँदै छ । नाडाको ४१ औं साधारणसभाले चयन गर्ने नयाँ नेतृत्वका लागि सिप्रदी ट्रेडिङका शम्भुप्रसाद दाहाल र राम कँडेलले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

1724
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

भाटभटेनी सुपरमार्केटको बुटवल शाखामा आइतबार बिहान लागेको आगलागीबाट कम्तीमा १२ करोडको क्षति भएको अनुमान गरिएको छ ।

1379