कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

नेपालमा प्राङ्गारिक खेती प्रवद्र्धन गर्न दुई दिने मेक नेपाल ग्रीन (नेपाललाई हरियाली बनाउ) सम्मेलन हुने भएको छ । बुधबार र बिहीबार काठमाडौंमा हुने सम्मेलनमा नेपालका कृषि तथा प्राङ्गारिक (अग्र्यानिक) कृषिसँग सम्बन्धित विज्ञ तथा सरोकारवालाको सहभागिता हुनेछ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउन ‘हरियो नेपाल, समृद्ध नेपाल’ मूल नाराका साथ सम्मेलनको आयोजना हुन लागेको आयोजकले जनाएका छन् ।

1278
कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

राजविराज विमानस्थलको रनवे कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । रनवे कालोपत्रे नभएकै कारण विमानस्थल विगतमा पटक–पटक बन्द हुँदै आएको थियो । उद्घाटन भएको झन्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा विमानस्थल तयारी भएको हो ।

2118
कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

झापा मारवाडी समाजअन्तर्गतको महिला मञ्चले काठमाडौंको भृकुटीमण्डपमा एकदिने मारवाडी महोत्सव गर्ने भएको छ । यही वैशाख १५ गते आयोजना हुने महोत्सवको उद्देश्य मारवाडी कला, संस्कृति, वेशभूषा र परम्पराको प्रदर्शन र सम्बद्र्धन गर्ने आयोजकले जनाएका छन् ।

1183
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

राष्ट्रिय फोटोपत्रकार समूहद्वारा आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मुख्य प्रायोजन ग्लोबल आईएमई बैंकले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम ग्लोबल आईएमई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०७४ हुने आयोजकले बताएको छ । साथै लाइफटाइम अचिभमेन्ट फोटो पत्रकारिता अवार्ड विधा पनि ग्लोबल आईएमई बैंकको नामबाट वितरण गरिने भएको छ ।

1037
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनको अध्यक्षमा प्रकाशसिंह कार्की पुनर्निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १८ औं वार्षिक साधारणसभाले कार्कीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । संघको अधिकांश पदमा पुरानै पदाधिकारी तथा सदस्यहरू दोहोरिएका छन् ।

1383
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

नेपाल चेम्बर अफ कमर्सले यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि नेपाल सरकारले गरेको कदमको स्वागत गरेको छ । चेम्बरले सरकारबाट यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि भएको कार्यको सराहना गरेको हो ।

1617
कारोबार संवाददाता
शुक्रवार, बैशाख ७, २०७५

रुद्राक्ष व्यवसायी संघले प्रदेश नम्बर १ सरकारलाई सातबुँदे ज्ञापनपत्र बुझाएको छ । रुद्राक्ष व्यवसायमा रहेका समस्या समाधान गरिदिन आग्रह गर्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् । व्यवसायीले मुख्यमन्त्री शेरधन राई, गृहमन्त्री हिक्मत कार्की, अर्थमन्त्री इन्द्रबहादुर आङ्बो, वन तथा स्थानीय विकासमन्त्री जगदीशप्रसाद कुसियत र विधान मस्यौदा समितिका संयोजक रेवती भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

2766
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले बिजनेस र सामाजिक सेवा सँगसँगै अगाडि बढाउनुपर्नेे बताएका छन् । लन्डनमा आयोजित कमनवेल्थ बिजनेस फोरममा बोल्दै चौधरीले पहिले पैसा कमाउ अनिमात्र समाज सेवा गरौंला भन्ने सोच त्याग्नुपर्नेमा विश्वका बिजनेस लिडरहररूको ध्यानाकर्षण गराए ।

1494
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

नेपाल वायुसेवा निगमले पछिल्लो समय खरिद गरेको २ जहाज चिनियाँ जहाज निर्माता कम्पनी एभिकले मंगलबार हस्तन्तरण गरेको छ । निगमले दुई महिना अगाडि नेपाल भित्र्याएको जहाज वाई–१२ ई विमान चीनले हस्तान्तराण् गरेको हो ।

1302
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

नयाँ वर्ष २०७५ को अवसर पारेर राजधानीको दरबारमार्गमा अत्याधुनिक फेमिली रेस्टुराँ ‘किङ्स लाउञ्ज’ सञ्चालनमा आएको छ । संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेस्टुराँ सञ्चालनमा ल्याइएको जनाएको छ ।

2563
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

घोराही सिमेन्ट उद्योगले घोराही उपमहानगरपालिका–४ को विकासका लागि २५ लाख रुपैयाँभन्दा बढी रकम सम्बन्धित सरोकारवालालाई हस्तान्तरण गरेको छ ।

1009
सरस्वती ढकाल
बुधवार, बैशाख ५, २०७५

सरकारले सूचना प्रविधि व्यवसाय गर्न चाहनेलाई थप झन्झटिलो व्यवस्था गर्ने भएको छ । कानुनी रूपमै प्रक्रिया लम्बाएर यस क्षेत्रका लगानीकर्तालाई हतोत्साहित गर्ने प्रयाश भइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । हालसम्म कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग तथा घरेलु तथा साना उद्योगमा दर्ता हुँदै आएका यस्ता व्यवसाय अब सूचना प्रविधि विभागमा पनि दर्ता हुनुपर्नेछ ।

2241
एजेन्सी
मंगलबार, बैशाख ४, २०७५

नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको छ ।

1373
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

विद्युतीय घरायसी उपकरण बिक्री प्रतिष्ठान ‘स्विच अन’ले भैरहवामा शाखा विस्तार गरेको छ । यहाँस्थित विशाल इलोक्ट्रोनिक एन्ड सप्लायर्समार्फत भैरहवा स्विच अनमा विद्युतीय घरायसी उपकरणहरूको बिक्री कक्ष सोमबारबाट सुरु भएको हो ।

1405
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

सम्पूर्ण लगानीकर्ताहरूको सुविधालाई ध्यानमा राख्दै घर एवं कार्यालयमै बसेर इन्टरनेटको माध्यमबाट ब्रोकर कम्पनीलाई धितोपत्र खरिद बिक्रीको आदेश दिन सकिने सेमी अनलाइन कारोबारको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेबतबहादुर कार्कीले आइतबार उद्घाटन गरे । ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीको ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चनजंगाबाट उक्त सेवाको शुभारम्भ भएको हो ।

968