सरस्वती ढकाल
आइतवार, चैत्र ४, २०७४

दक्षिण एसियाली मुलुकको समृद्धि तथा दिगो विकासका लागि अन्तरक्षेत्रीय व्यापार तथा विकास साझेदारी गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सार्क राष्ट्रबीच अन्तरक्षेत्रीय व्यापार हाल कुल वैदेशिक व्यापारको ५ प्रतिशतभन्दा कम रहेको अवस्थामा क्षेत्रीय व्यापार वृद्धिमा राजनीतिक नेतृत्व, निजी क्षेत्र र विज्ञहरूले एकसाथ जोड दिएका हुन् ।

1473
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

सवारी व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी सुरु भएको छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ र उपाध्यक्ष सम्भुप्रसाद दाहालले अध्यक्षको आकांक्षी रहेको बुझिएको छ । २ वर्से कार्याकालका लागि हुने नयाँ नेतृत्व चयनका लागि चैत २६ गते चुनाव हुने भएको छ ।

955
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

कर्णाली राजमार्गमा यातायात व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन् । स्थानीय प्रशासनले तोकेको भाडादरभन्दा बढी असुल्ने गरे पनि अनुगमन हुने गरेको छैन । भाडामा एकरूपता ल्याउने उद्देश्यले स्थानीय प्रशासनको अगुवाइमा भाडादर निर्धारण गरिएको थियो ।

1936
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

ललितपुर उद्योग वाणिज्य संघले स्वर्ण जयन्तीको अवसरमा पाटन दरबार स्क्वायरमा ललित व्यापार मेला आयोजना गरेको छ । फागुन ३० गतेदेखि चैत ३ गतेसम्म चल्ने ४ दिने मेलामा करिब २ लाख विदेशी तथा स्वदेशी अवलोकनकर्ताले मेला अवलोकन गर्न आयोजकको अनुमान छ ।

1125
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

काठमाडौंस्थित भारतीय दूतावासले ‘इन्टरनेसनल इन्टरपेनुअरसीप कन्क्लेभ’ २०१८ आयोजना गर्ने भएको छ । दुई देशका युवा उद्यमीलाई लक्षित गरी उद्यमशीलता सम्मेलन गरिएकाले आपसी छलफल, नयाँ–नयाँ अवधारण विकास तथा विस्तार तथा अवशर खोजी गर्ने साझा मञ्च हुने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन दूतावासले क्लक वि बिजनेस इन्नोभेसनसँगको सहकार्यमा गर्ने भएको हो ।

1649
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

‘डिस्कभरिङ हिडेन ट्रेजर’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गर्ने महोत्सव यही चैत २३ देखि २५ गतेसम्म राजधानीको याक एन्ड यती होटलमा चल्नेछ । महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा विभिन्न १३ मुलुकका २५ प्रतिनिधि सहभागी हुनेछन् । महोत्सवको एक मात्र उद्देश्य विश्वस्तरको चिया ब्रान्डका रूपमा नेपाली चियालाई स्थपित गर्नु रहेको छ ।

974
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

प्रादेशिक सरकारका मुख्यमन्त्रीहरू बुधबार बिहानै नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको स्वागत समारोहमा सरिक मात्र भएनन्, आफ्नो क्षेत्रमा लगानी आकर्षित गर्न खुलेरै प्रस्तुत भए । राष्ट्रपति निर्वाचनमा भाग लिन आएको मौका छोपी चेम्बरले सवै प्रदेशका मुख्यमन्त्रीहरूलाई पहिलोपटक एउटै मञ्चमा उभ्याएर सम्मान गर्यो भने मुख्यमन्त्रीहरू पनि के कम ! उनीहरूले पनि आफ्नो क्षेत्रमा लगानी लैजाने व्यवसायीलाई सवै सुविधा दिने पटकपटक दोहोर्याए ।

1364
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

देशको पहिलो निर्यातमुखी महत्वाकांक्षी पाइलट आयोजनाका रूपमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्र(भैरहवा सेज)मा तोकिएको समयभित्र जम्मा १३ बिभिन्न कम्पनी तथा व्यक्तिले उद्योग स्थापनाका लागि विशेष आर्थिक क्षेत्र समितिबाट अनुमति लिएका छन् । अनुमति लिएका सबैलाई एक साताभित्र उद्योग दर्ता गर्न विशेष आर्थिक क्षेत्र विकास समितिले पत्र पठाएको छ ।

1171
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

एक प्रदेश एक औद्योगिक क्षेत्रको अवधारणाअनुसार कर्णाली प्रदेशको सुर्खेतमा औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन सुरु भएको छ ।

1278
लक्ष्मी सापकोटा
बुधवार, फाल्गुन ३०, २०७४

अघिल्लो सरकारले खारेज गरेको नेशनल ट्रेडिङ कम्पनी ब्युँताउने प्रयास भएको छ । उद्योगमन्त्री मातृकाप्रसाद यादव कम्पनी पुनःस्थापनाका लागि सकारात्मक देखिएका छन् । राज्यमाथि चरम आर्थिक भार पार्दै आएको उद्योग किन पुनःस्थापना गर्ने भन्ने जवाफ भने सरकारी अधिकारीहरुसँगै छैन ।

3003
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २९, २०७४

सडक निर्माणमा प्रयोग हुने डाइना प्याक ब्रान्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ । नेपाल कन्स्टक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसन (एनसीईसी) ले उक्त ब्रान्डका उपकरणहरूको परिमार्जित संस्करण नेपाली बजारमा भिœयाएको हो । नेपालमा आफ्ना उत्पादनको बिक्री वितरण सुरु गरेको १० वर्षको उपलक्ष्यमा डाइना प्याकले परिमारजित उपकरण भिœयाएको हो ।

1101
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २९, २०७४

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै मुलुकमा उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने उनले बताए ।

2828
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २९, २०७४

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले प्लास्टिकका झोला उत्पादनमा कडाइ गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै मन्त्री पण्डितले वातावरण प्रदूषण रोक्न प्लास्टिकका झोला उत्पादनमा कडाइ गर्ने बताएका हुन् ।

2014
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एयरलाइन्सले स्थापनाको तेस्रोवर्ष पूरा गरेको छ । नेपालीहरूलाई अरू देशहरूसँग जोडेका सन्दर्भमा तेस्रो वार्षिकोत्सव मनाएको हो । विगतका दुई वर्ष हिमालय एयरलाइन्सलाई महत्वपूर्ण उपलब्धिहरूसहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने वर्षका रूपमा रहेको समेत दाबी एयरलाइन्सले गरेको छ ।

3905
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

उच्च हिमाली र अति दुर्गम भेगमा इन्टरनेट सेवा प्रदान गर्दै आएको एभरेस्ट लिंक कम्पनीले सेवा विस्तार गरेको छ । चार वर्षअघि सगरमाथा क्षेत्रबाट इन्टरनेट सेवा सुरु गरेको एभरेस्ट लिंकले पर्यटकीय गन्तव्यलाई ध्यान दिँदै अन्य भेगमा पनि सेवा दिन थालेको कम्पनीले जनाएको छ ।

1131