कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

महिलाहरूलाई स्वाबलम्बन गराउने उद्देश्यले पोखरामा एक दालमोठ उद्योग समुदायमा हस्तान्तरण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–१३ का अध्यक्ष दर्शन लामाको सक्रियतामा पहिलो पटक महानगरमा दालमोठ उद्योग सञ्चालन भएसँगै मंगलबारदेखि नै उक्त उद्योग समुदायलाई हस्तान्तरण गरिएको हो ।

1164
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

परीक्षण उडान सफल भएपछि साढे दुई दशक अघिदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको । जिल्लाको नारायणस्थानमा रहेको विमानस्थलमा सोमबार तारा एयरले गरेको परीक्षण उडान सफल भएपछि अब विमानस्थल नियमित सञ्चालनमा अउने भएको हो ।

1289
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगम नाफामूलक संस्था भएकोले सोहीअनुसार काम गर्न निर्देशन दिएका छन् ।

1209
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

नेपाल चेम्बर अफ कमर्सले भन्सार मूल्यांकनमा सन्दर्भ मूल्य लागू नगर्न अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष माग गरेको छ । कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. खतिवडासँग आफूहरू मारमा परेको भन्दै सन्दर्भ मूल्य लागू नगर्न माग गरेको हो । अध्यक्ष श्रेष्ठले कारोबार मूल्यको आधारमा भन्सारमा भन्सार जाँंचपास हुनुपर्नेमा जोड दिएका छन् ।

1113
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

बर्दिया उद्योग वाणिज्य संघ राजापुरको अध्यक्षमा कृष्णकुमार रेग्मी निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न ३० औं अधिवेशनबाट निवर्तमान उपाध्यक्ष विदुर पोख्रेललाई पराजित गर्दै रेग्मी १ सय १५ मतान्तरका साथ अध्यक्षमा विजयी भएका हुन् । लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रेग्मीले ४ सय ९८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धन प्यानलबाट उम्मेदवारी घोषणा गरेका बिदुर पोख्रेलले ३ सय ८३ मत प्राप्त गरे ।

1137
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

दक्षिण एसिया तथा मध्यपूर्वका लागि सिलिका सिमेन्ट एडमिक्चरको आधिकारिक बिक्रेता मरुन टेडिङ प्रालिले हालै आप्mनो स्थापना तथा सिलिका सिमेन्ट एडमिक्चरको बजारिकरणको १० औं वार्षिकोत्सव समारोह काठमाडौंमा सम्पन्न गरेको छ । मुलुकका अग्रणी सिभिल इन्जिनियर, आकिटेक्ट, निमार्ण व्यवसायीहरू सम्मिलित उक्त समारोहलाई सहभागीहरूले निर्माणको बलियो आधारको दशक उत्सवका रूपमा परिभाषित गरे ।

887
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

टेकुका बासिन्दा मनोज कुँवर दिउँसोको समयमा खाजा खाने क्रममा नेपाली जुताहरूको प्रदर्शनी भएको कुरा थाहा पाएपछि मेलामा जुत्ता किन्न आए । दुई जोर जुत्ता किनेपश्चात् उहाँले यस्तोे मेला समय–समयमा भइरहनु पर्ने बताएका छन् । नेपाली बजारमा आएका जुत्ताहरू टिकाउ र सस्तो पनी हुने भएकाले आफू नेपाली जुत्ता मेलामा सहभागी भइरहने पनि बताएका छन् ।

1092
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

देशमा व्यापारघाटा दिन प्रतिदिन बढ्दै गएको बेला निर्यात बढाउने मुख्य उद्देश्यले स्थापना भएका विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीहरू खासै आकर्षित हुन सकेका छैनन् । पहिलो चरणमा सञ्चालमा ल्याउन लागिएको भैरहवास्थित सेजमा झन्डै १८ महिनाअघि चासो देखाएका उद्योगले पनि यतिबेला खासै चासो देखाएनन् ।

949
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

पर्वत उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि केदारनाथ शर्मा भारी मतले विजयी भए । भर्खरै घोषणा भएको अन्तिम मतपरिणाम अनुसार केदारनाथ शर्माले ८ सय १५ मत प्राप्त गरी अध्यक्षमा विजयी भए भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४ सय ५७ मत प्राप्त गरेका छन् ।

930
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्धिको मार्गमा अगाडि बढेको भन्दै भारतीय उद्योग परिसंघका अधिकारीलाई नेपालमा संयुक्त लगानी विस्तार गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल भ्रमणमा रहेकी भारतीय उद्योग परिसंघका अध्यक्ष एवं अपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडका कार्यकारी उपाध्यक्ष सोबना कामिनेनीको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यो आग्रह गरेका हुन् ।

1185
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

फ्रस्ट एन्ड सलिभनले आफ्नो ‘फ्ल्यागसीप’ सम्मेलन वृद्धि, नवीनता तथा नेतृत्वसम्बन्धी दक्षिण एसियाली सम्मेलन–२०१८ मा यस क्षेत्रका सफलतम् अभ्यास सम्मान बैक्वेटबाट विभिन्न कम्पनीहरूलाई सम्मानित गरेको छ ।

1013
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द हुँदै आएको आयात–निर्यात कार्य सोमबारदेखि सुचारु हुने भएको छ ।

1244
रासस
सोमवार, चैत्र ५, २०७४

पहिलो पटक हेटौंडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारी गरेको छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिम चरणमा पुगेको हो ।

1951
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

फोर्ड कर्पोरेट फुटसलमा नेको इन्स्योरेन्सले च्याम्पियनको उपाधि जितेको छ । शनिबार बेलुका कृतिम प्रकाशमा भएको फाइनल खेलमा नेको इन्स्योरेन्सले ग्लोबल आईएमई बैंकलाई टाइब्रेकमा ३–१ को गोल अन्तरले हराउँदै च्याम्पियनको उपाधि चुमेको हो ।

943
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

यसै त कर्णाली क्षेत्रमा रोग, भोक, अशिक्षा, अज्ञानताको गरिबीको चपेटामा छ । त्यसमा पनि कर्णाली प्रदेशको आन्तरिक उडान नहुँदा कर्णालीवासीले निकै सास्ती पाएको अवस्था छ । कर्णालीका जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोटका स्थानीयको घरघडेरी प्रायः सुर्खेतमा नै छ ।

1370