कारोबार संवाददाता
शुक्रवार, कार्तिक २४, २०७४

लामो समयदेखि चर्चामा रहेको रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाई विस्तारको काम अघि बढाउन इन्डियन आयल कर्पाेरेसन (आईओसी)का प्रतिनिधि नेपाल आएका छन् । आईओसी पेट्रोलियम पाइपलाईन परियोजनाका निर्देशक अनिश अग्रवालको नेतृत्वमा तीन सदस्यीय प्रनिनिधिमण्डल बिहीबार काठमाडौं आएको हो ।

524
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २४, २०७४

विभिन्न समस्याबाट ग्रसित पूर्वका उद्योगीहरू यतिबेला उम्मेदवारहरूको चन्दा आतंकबाट हैरान भएका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले प्रचारका लागि भन्दै उद्योगीहरूसँग मोटो रकम माग्ने गरेको पाइएको छ । उनीहरूले उद्योगीहरूलाई भेटेरै चन्दा दिन दबाब दिने गरेका छन् । चन्दाका लागि दैनिक ५०–६० वटा फोन आउने गरेको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए । उनका अनुसार कतिपय उद्योगी चन्दाको दबाब थेग्न नसकेर मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

1061
कारोबार संवाददाता
बिहिवार, कार्तिक २३, २०७४

भारतको बथनाहास्थित मीरगञ्ज पुल सुचारु नहुँदा पूर्वका उद्योगी व्यवसायीहरूलाई दैनिक १८ करोडभन्दा बढी नोक्सानी भएको छ । गत साउन अन्तिम साता आएको बाढीका कारण मीरगञ्ज पुल बिग्रिएको थियो । यसयता यो पुलबाट मालबाहक सवारी साधन आवतजावतमा रोक लगाइएको छ । भारतीय पक्षले २० टनभन्दा बढी वजन भएका मालबाहक सवारीलाई पुलबाट आवतजावतमा रोक लगाएको छ ।

524
कारोबार संवाददाता
बिहिवार, कार्तिक २३, २०७४

लगानीको संभावना रहेको नेपालमा पछिल्लो समयमा लगानीको वातावरणहरू पनि बन्दै गएको जापानी राजदूत मासाशी ओगावाले बताएका छन् । नेपाली र जापानीको लगानीमा स्थापना गरिएको बहुराष्ट्रिय कम्पनी कन्साई नेरोलेक पेन्ट्स उद्योगको अवलोकन भ्रमणपछि जापानी राजदूत ओगावाले लगानीको संभावनाहरू प्रशस्तै रहेको र पछिल्लो समयमा वातावरण पनि सहज बन्दै गएको बताए ।

562
कारोबार संवाददाता
मंगलबार, कार्तिक २१, २०७४

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भएको नेपाल–भारत उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभाले आगामी २ वर्षका लागि नया“ कार्यसमिति चयन गरेको छ । साधारणसभाबाट सर्वसम्मत रूपमा सौर्यशमशेर राणालाई अध्यक्षमा चयन गरेको छ । कार्यसमिति सदस्यहरूमा अभिमन्यु पोडार, आनन्द बगारिया, अनुकूल भटनागर, ज्ञानेन्द्रलाल प्रधान, हेमराज ढकाल, आर बी रौनियार, शशिकान्त अग्रवाल, सिर्जना राणा, सुहृद ज्योति निर्वाचित भएका छन् ।

612
सरस्वती ढकाल
बुधवार, कार्तिक २२, २०७४

सरकारले सिमेन्टमा आत्मनिर्भरताका लागि तोकेको समयसीमा नजिकिए पनि अझै वार्षिक १ अर्ब रुपैयाँभन्दा धेरै सिमेन्ट आयातमा खर्चिनुपरेकोे छ । देशमा ठूलाठूला स्वदेसि तथा विदेसि लगानीमा सिमेन्ट कम्पनी स्थापना भएका कारण स्वदेशी सिमेन्ट उद्योगलाई प्रोत्साहन गर्ने भन्दै प्रमुख कच्चा पदार्थ क्लिङ्कर आयातमा प्रतिबन्ध लगाउने सरकारी घोषणा पनि अन्ततः कार्यान्वयन नहुने देखिएको छ । झन् क्लिङ्कर आयात पछिल्लो ५ वर्षमा पाँच गुनाले बढेको छ ।

596
शिव बोहरा
सोमवार, कार्तिक २०, २०७४

नेपालको दुईपाङ्ग्रे सवारी बजारमा बजाजलाई होन्डाले उछिनेको छ । सन् २०१५ अप्रिलदेखि २०१६ जनवरीसम्मको १० महिना अवधिमा नेपाली बजारमा भित्रिएका दुईपाङ्ग्रे सवारीको तथ्यांकअनुसार नेपाली बजारमा बजाजलाई होन्डाले उछिनेको पाइएको हो । २०१५÷१६ को १० महिनामा बजाजका ३० हजार १ सय ८८ मोटरसाइकल आयात भएकोमा ०१६÷१७ को सोही अवधिमा ५३ हजार १ सय २७ मोटरसाइकल आयात भएको भन्सारको तथ्यांकमा छ । सोही अवधिमा होन्डाका भने ५५ हजार ६ सय ४२ मोटरसाइकल भित्रिएको तथ्यांक छ ।

464
सरस्वती ढकाल
आइतवार, कार्तिक १९, २०७४

विगतका वर्षहरूमा चन्दालाई पारदर्शी बनाउने प्रक्रिया थालेका राजनीतिक दलहरू यसपटक भने पछि हटेका छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा बैंक खाता नम्बर सार्वजनिक गर्दै पारदर्शी रूपमा चन्दा संकलन गरिए पनि यसवर्ष भने नयाँ शक्ति, विवेकशील साझाजस्ता साना पार्टीबाहेकका सवै दलहरूले अपारदर्शी रूपमा चन्दा संकलन गरिरहेको पाइएको छ । व्यवसायी तथा चन्दादाताले राजनीतिक दललाई संस्थागत रूपमा चन्दा दिन चाहे पनि शीर्ष नेताहरूलाई नै बुझाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । यसले दलहरूमा आर्थिक अपारदर्शिता र संकलित चन्दासमेत दुरूपयोग हुने देखिएको छ ।

692
कारोबार संवाददाता
मंगलबार, कार्तिक १४, २०७४

उद्योगी व्यवसायीहरूले ०३२ सालमा बनेको कालोबजारी ऐन संशोधनको माग राखेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा आइतबार गएको प्रतिनिधिमण्डलले नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेटी ऐन संशोधनको माग राखेको हो । पुरानो ऐनले विद्यमान बजारको समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै प्रतिनिधिमण्डलले ऐनलाई समयसापेक्ष रूपमा संशोधन गर्नुपर्ने खाँंचो औंल्याए ।

593
कारोबार संवाददाता
मंगलबार, कार्तिक १४, २०७४

चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फीङ सिआओको नेतृत्वमा आएको १२ सदस्यीय चिनिया“ लगानीकर्ताहरूको प्रतिनिधिमण्डलस“ग भएको छलफलमा महासंघका तर्फबाट नेपालमा लगानी गर्न आग्रह भएको छ ।

507
सरस्वती ढकाल
सोमवार, कार्तिक ६, २०७४

नेपाली कांग्रेसले सबैभन्दा बढी व्यवसायीलाई टिकट दिएको छ भने बाम गठबन्धनका तर्फबाट नेकपा एमालेबाट पनि केही व्यवसायीले टिकट पाएका छन् ।

965
कारोबार संवाददाता
शनिवार, कार्तिक ४, २०७४

आपुर्ति चुस्तदुरुस्त बनाउन आफुले कुनै कसर बाँकी नराखेको समेत मन्त्री चन्दको भनाई थियो । त्यस्तै उनले बजारमा देखिएको कालोबजारीको अन्त्य र कृत्रिम अभाव सिर्जना गर्ने जो कोहीलाई कडा कारहबाही गर्ने समेत चेतावनी दिए । 

577
भगवान खनाल
बुधवार, कार्तिक १, २०७४

अज्ञात समूहको गोली लागि हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा डाँफे कन्स्ट्रक्सनका सञ्चालक गौचन हत्याको मंगलबार नवौं दिन हो । उनको जातीय संस्कृतिअनुसार आज चोखिने दिन पनि हो । थकाली सेवा समाजको केन्द्रीय कार्यालयमा उहाँको चोखिने कार्यक्रम छ भने महासंघको कार्यालयमा शोक सभाको पनि आयोजना गरिएको छ ।

525
कारोबार संवाददाता
शुक्रवार, आश्विन २७, २०७४

विभागले सार्वजनिक सूचना निकालेर २७ माघ ०७३ सम्म सबै ग्यास उद्योगले गुणस्तर चिह्न अनिवार्य गरेको थियो । तर सरकारले दिएको समय बितेको लामो समय भइसक्दासमेत उद्योगहरुले अझै चिह्न लिएका छैनन् ।

689
सरस्वती ढकाल
मंगलबार, आश्विन ३१, २०७४

उद्योग विभागमार्फत् चालू आर्थिक वर्षको पहिलो २ महिनामा विभिन्न १८ देशबाट झन्डै साढे ३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता प्राप्त भएको छ ।

1488