यादव हुमागाई
बिहिवार, मंसिर २१, २०७४

सहकारीको दर्तादेखि अनुगमनसम्म अनलाइनमार्फत गर्ने महत्वकांक्षी योजनासहित सरकारले सुरु गरेको सहकारी तथा गरिवी निवारणसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) अलपत्र परेको छ । मन्त्रालय र सहकारी विभागले प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेपछि थोरै सहकारीहरूमा यस प्रणालीमा आवद्ध भएका छन् भने आएका संस्थाले पनि नाम ठेगानालगायतका न्यून विवरणमात्र अद्यावधिक गरेका छन् । डिभिजन सहकारी कार्यालहरूमा भएको तथ्यांकसमेत अनलाइनमा अद्यावधिक हुन सकेको छैन ।

1271
रासस
शुक्रवार, मंसिर २२, २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चरणमा प्रवेश गर्ने भन्दै उद्योगी तथा व्यवसायीले खुसी व्यक्त गरेका छन् । राजनीतिक संक्रमणकालको अन्त्य भएर मुलुकमा अमनचयन कायम हुने र त्यसले एकाध वर्षमा आर्थिक उन्नतिको मार्ग प्रशस्त गर्ने उनीहरुको भनाइ छ ।

736
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४

नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जीएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यू–प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यू–प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गतेदेखि सेवा सञ्चालनमा आएको हो ।

648
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहीबारदेखि सञ्चालित चेम्बर एक्स्पो २०७४ सम्पन्न भएको छ । झन्डै ५ करोडको कारोबार भएको एक्स्पोमा ५० हजारभन्दा धेरैले अवलोकन गरेका छन् । एक्स्पो संयोजक राष्टभूषण चाकुबजीले एक्स्पो स्टलमा रहेका विभिन्न कम्पनीका गाडीहरूको अर्डर बढी भएको जानकारी दिए । साथै निर्माण सामग्रीका रूपमा रहेका भूकम्पप्रतिरोधात्मक प्यालनलहरूको अर्डर बढी देखिएको संयोजक चाकुवजीले बताएका छन् ।

659
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

नेपालको प्रतिष्ठित कम्पनी जावाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतको विजय डिस्टिलरी प्रालिद्वारा उत्पादित ग्राण्ड मास्टर रम बजारमा आएको छ ।

1219
कारोबार संवाददाता
सोमवार, मंसिर १८, २०७४

डाबर नेपालले रियल मोक्टेल्सअन्तर्गत दुई भिन्न स्वाद, पिना कोलाडा र भर्जिन म्यारीको बिक्री वितरण सुरु गरेको छ । रेस्टुरेन्ट्स तथा बारमा गई मोक्टेल्स, कक्टेल्सको अनुभव लिने र सोही स्वाद र अनुभव घरमै परिवार तथा साथीहरूसँग बसेर लिन चाहनेका लागि यो उत्तम विकल्प हुने कम्पनीको दाबी छ ।

516
कारोबार संवाददाता
सोमवार, मंसिर १८, २०७४

एनएमबी बैंकलाई लन्डनस्थित फाइनान्सियल टाइम्सले सन् २०१७ को गौरवपूर्ण सम्मान बैंक अफ दि–ईयर २०१७ प्रदान गरेको छ । उक्त अवार्ड नेपालका वाणिज्य बैंकहरूमध्येको एक उत्कृष्ट बैंक भएको प्रमाण हो भने बैंकले विगतका केही वर्षहरूमा गरेको उल्लेखनीय प्रगतिको समेत साक्षी हो । एफएमओ, नेदरल्याण्डससँग विदेशी साझेदारका रूपमा सहर्काय गर्दै र ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज् (जीएबीभी) को सदस्य रहेकाले बैंकको गरिमा अझ उच्च हुन पुगेकाले समेत अवार्डबाट सम्मानित हुन पुगेको बैंकले जनाएको छ ।

576
कारोबार संवाददाता
शुक्रवार, मंसिर १५, २०७४

नेपाली व्यवसायीहरूले स्वदेशी वस्तुको उत्पादन लागत धेरै हुँदा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कमजोर हुने गरेको बताएका छन् । उपयुक्त पूर्वाधारको अभावमा उत्पादन लागत धेरै हुँदा नेपाली वस्तुले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको र त्यही कारण नेपालको व्यापार घाटा दिनहुँ बढिरहेको व्यवसायीहरूले बताएका हुन् ।

637
कारोबार संवाददाता
बिहिवार, मंसिर १४, २०७४

ग्लोबल आईएमई बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैंकठले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेका पौड्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

662
कारोबार संवाददाता
बिहिवार, मंसिर १४, २०७४

वाणिज्य मन्त्रालयले मुलुकको व्यापार घाटाको अवस्थाबारे मुख्यसचिव लोकदर्शन रोग्मीलाई जानकारी गराएको छ । पछिल्लो समय मुलुकको व्यापार घाटा भयावह अवस्थामा पुगेपछि यसलाई कसरी कम गर्ने भन्ने विषयमा मन्त्रालयले मुख्यसचिवसँग छलफल गरेको हो ।

645
कारोबार संवाददाता
बुधवार, मंसिर १३, २०७४

कोकाकोला नेपालले नेपाली बजारमा आफ्नो किन्ले ब्रान्डको पानी सार्वजनिक गरेको छ । वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको पेय पदार्थ (पानी) जुन कोकाकोलाको नेपाली बजारमा दोस्रो ठूलो उत्पादन हो । जुन उत्पादन शुद्ध पिउने पानीका रूपमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने पानीको रूपमा बजारमा आएको यो उत्पादनमा प्रयोग गरिने पानी कोकाकोला कम्पनीबाटै आउनेछ । जसलाई प्रशोधनमार्फत उच्च गुणस्तरको बनाइएको कम्पनीले जनाएको छ ।

791
कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४

बन्द भएको ३८ महिनापछि मुलुककै ऐतिहासिक उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा ल्याइएको छ । २०७१ साल भदौयता बन्द रहेको जुट मिल्स नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो ।

936
कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४

क्रिसमसको रौनक बढेको व्यस्त सहर ठमेलस्थित होटल मालबेरीले पहिलोपटक केक मिक्सिङ कार्यक्रम आयोजना गरेको छ । होटल मालबेरीले आठौं तल्लामा गरेको उक्त कार्यक्रममा पूर्व मिसनेपालद्वय सदिक्षा श्रेष्ठ र मेलिना जोशी उपस्थित थिए ।

646
कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४

सोल्टी क्राउन प्लाजा होटलमा आउदो क्रिसमस चार्डलाई मध्यनजर गरेर आइतबार केक मिक्सिङ उत्सव आयोजना गरिएको छ । बर्सेनि क्रिसमस लगभग १ महिनाअघि अन्तर्राष्ट्रिय केक मिक्सिङ समुदायमा आवद्ध रहेर नेपालमा पनि केक मिक्सिङ महोत्सव गरिँदै आएको छ । विश्वभर गरिने सो महोत्सव यही समयमा नेपालमा पनि आयोजना गरिने आयोजकले बताएका छन्

735
सरस्वती ढकाल
आइतवार, मंसिर १०, २०७४

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले न्यून गुणस्तरको सेवा उपलबध गराउँदा उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न अटेर गरेका छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेदेखि नै दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७३ लागू गर्दै क्षतिपूर्तिसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको थियो । तर, सेवा प्रदायकले अहिलेसम्म यस सम्बन्धमा प्रारम्भिक प्रक्रिया समेत सुरु गरेका छैनन् ।

878