कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यापारीमाथि हुने अनावश्यक दबाब, दुव्र्यवहार एवं चन्दा आतंकको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक शान्ति सुरक्षामा नेपाल प्रहरीको नयाँं सुरक्षा रणनीतिका बारेमा बिहीबार राजधानीमा गरेको अन्तक्र्रियामा प्रहरी महानिरीक्षक खनालले व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिने बताएका हुन् ।

929
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले ०७५ को वर्ष आर्थिक समृद्धिको वर्ष भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा ‘व्यावसायिक क्षेत्रको समसामयिक विषयमा निजी क्षेत्रको धारणा’ प्रस्तुत गर्न बिहीबार उपराष्ट्रपतिको कार्यालय कान्तिपथ काठमाडौं पुगेको प्रतिनिधिमण्डलसँंग उपराष्ट्रपति पुनले यसका लागि निजी क्षेत्रको सहयोगको आशा राखेको पनि बताए ।

743
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्व व्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको बताए ।

1274
सरस्वती ढकाल
शुक्रवार, बैशाख २१, २०७५

मुलुकमा बर्सेनि व्यापारघाटा बढ्दै गएपछि सरकारले आगामी आर्थिक वर्षदेखि आयातजन्य वस्तुमा कडाइ गर्ने भएको छ । एकातिर बढ्दो व्यापारघाटा र अर्कोतर्फ जथाभावी वस्तु आयात भइरहेकाले यसलाई नियमन र नियन्त्रण गर्न भन्दै कडाइ गर्ने सरकारले जनाएको छ ।

5765
कारोबार संवाददाता
बिहिवार, बैशाख २०, २०७५

केएल दुगड समूहको ज्ञान ब्रान्डका नयाँ उत्पादनहरू चामलको पिठो नेपाली बजारमा ल्याएको छ । लोकप्रिय ब्रान्ड ज्ञान चामलको पिठो उत्पादक केएल दुगड ग्रुपले गहुँ, मकैको पिठोसमेत लामो समयदेखि नेपाली बजारमा उत्पादन गर्दै आएको भन्दै ज्ञान चामलको पिठो मुख्य डिपार्टमेन्ट स्टोरहरूका साथसाथै स्थानीय किराना पसलहरूमा ५ केजी र २ केजीको प्याकमा उपलब्ध रहेको कम्पनिले जनाएको छ ।

1336
कारोबार संवाददाता
बिहिवार, बैशाख २०, २०७५

चीनको गोन्जाओमा सुरु भएको विश्वकै सबैभन्दा ठूलो चाइना इम्पोर्ट एन्ड एक्स्पोर्ट फेयरको १२३ औ श्रृंखलामा नेपाल पनि सहभागी भएको छ । यस मेलामा नेपाली उद्योगी/व्यवसायीहरूको सहभागिताबाट चीनलगायत अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुलाई प्रवद्र्धन गर्न उल्लेखनीय सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

976
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरूपमा नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । फ्यान्टाको नयाँ लोगो हेर्दा निकै बोल्ड र रमाइलो देखिन्छ भन्दै कम्पनीले नयाँ लोगो निकै उज्यालो कलरको साथ हरेक क्षेत्र र भेषभूषाका युवालाई सम्मान गर्ने र सकारात्म सोचको तरङ प्रवाह गर्ने किसिमले डिजाइन गरिएको पनि बताएको छ ।

1382
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको १४ औं संस्करण सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा भएको प्रदर्शनीमा देशका सबैजसो जिल्लाका लघुघरेलु तथा साना उद्यमीले उत्पादन गरेको सामग्री राखिएका कारण अवलोकनकर्ताको भीड लागेको हो । सोमबार र मंगलबार सार्वजनिक बिदा परेका कारण पनि प्रदर्शनीमा भीड लागेको थियो ।

1237
कारोबार संवाददाता
मंगलबार, बैशाख १८, २०७५

ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित हालै फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरूलाई सेवा उपलब्ध गराउनपोखराको न्युरोडस्थित अरविन्द कमप्लेक्समा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ ।

1584
कारोबार संवाददाता
मंगलबार, बैशाख १८, २०७५

अछामको बयालपाटामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार गरिएको छ । द्वन्द्वकालमा २०५७ सालदेखि विस्थपित भएको र ३ वर्षदेखि शाखारहित बैंकिङ कारोबार भइरहेको बयालपाटामा औपचारिक रूपमा शाखा पुनःस्थापना भएको हो ।

939
कारोबार संवाददाता
मंगलबार, बैशाख १८, २०७५

विराटनगर नाकासम्म रेलमार्गबाट तेस्रो मुलुकका सामान आउन थालेको छ । भारतको कोलकाताबाट बुधबार छुटेको रेल विराटनगरको सीमा क्षेत्र बथनाहा स्टेसन आइपुगेको छ । रेलमार्फत सामान आउँदा ढुवानी भाडा झण्डै चालिस प्रतिशत सस्तो हुने अनुमान गरिएको छ ।

1332
मनोरञ्जन शर्मा
सोमवार, बैशाख १७, २०७५

पर्यटन, उद्योग, व्यापार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नेपालकै महत्वपूर्ण जिल्लाका रूपमा रुपन्देही रहनुको फाइदा स्वरूप जिल्लामा वार्षिक अर्बौं लगानी बढिरहेका छन् ।

1779
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

सरकारले यातायात सम्बद्ध संघ–संस्था नवीकरण नगर्ने निर्णय गरेपछि मुलुकभरका ५० हजार मालबाहक ट्रक व्यवसायी अन्योलमा परेका छन् ।

2844
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

ताइवानिज एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा ९ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायरहरू सम्मिलित सो प्रतिनिधिमण्डलले यही वैशाख ३० गते आइतबारका दिन काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा नेपाली व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने बताइएको छ ।

1620
कारोबार संवाददाता
सोमवार, बैशाख १७, २०७५

मुस्ताङमा आयोजना हुने परम्परागत चौंरी मेला कृषकको आम्दानीको स्रोत बनेको छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच तथा चेतना नपुगेको अवस्थामा सुरु भएको चौंरी मेला आयोजना गर्ने चलन आधुनिक समाजमा कृषकको आयस्रोतको माध्यम बनेको हो ।

888