कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

नेपालमा सबैभन्दा बढी मुनाफा कमाउने पाँच तारे सोल्टी होटलले राजधानीबाहिर पहिलो पटक नेपालगन्जमा ५० करोडभन्दा बढीको लगानीमा होटल ‘सोल्टी वेष्टेन्ड प्रिमियर’ को नाममा आफ्नो शाखा विस्तार गरेको छ ।

1152
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

घोराही उपमहानगरपालिकामा स्थापना हुने औद्योगिक क्षेत्रका लागि प्रक्रिया अगाडि बढेको छ । औद्योगिक क्षेत्र स्थापना गर्नका लागि छिट्टै सम्भाव्यता अध्ययन सुरु हुने भएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सार्वजनिक सूचनामार्फत सम्भाव्यता अध्ययनका लागि कन्सल्टेन्सीसमेत छनोट गरिसकेको छ भने सम्भाव्यता अध्ययनका लागि १७ लाख ९० हजार समेत बजेट विनियोजन भएको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए ।

1049
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

नेपालको लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवक्र्सले सोमबारबाट महिन्द्रा फोर ह्वील गाडीहरूको लागि देशभर रहेका आधिकारिक वर्कसपबाट एकैसाथ फ्री सर्भिसिङ सुरु गरेको छ ।

554
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

खुला सिमानाका कारण विद्यार्थीका लागि कपी उत्पादन गर्न नेपालगन्जमा खुलेका कपी उद्योग मारमा परेका छन् । अधिकांशले भारतबाटै भन्सार नतिरी कपी भिœयाउने गरेका कारण यहाँका कपी उद्योग फस्टाउन नसकेको उद्योगीहरूको भनाइ छ ।

603
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको र सङ्घीयताको अभ्यास गरिरहेको हालको परिप्रेक्ष्यमा वीरगञ्जलाई प्रदेश नं. २ को राजधानी घोषणा नगरी अन्य ठाउँलाई घोषणा गर्ने तयारी भइरहेकोमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विरोध गरेको छ ।

566
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

वि.सं. २०१९ सालमा साबिकको बेलाहारा ५ फौदेटारमा विमानस्थल बन्ने चर्चा चल्यो । मोटर समेत नदेखेका गाउँले करेसामै विमानस्थल बन्ने भएपछि खुसीले उफ्रिए । अढाइ सय वर्षदेखिको प्रशासनिक केन्द्र रहेको धनकुटामा विमानस्थल सहित सडक, खानेपानी, शिक्षा, संचार, स्वाथ्यलगायतका पूर्वाधार बन्ने भाएकाले स्थानीयले आफूलाई भाग्यमानी सम्झे । छानै उडाउला जस्तो गरेर गाउँ नै थर्काउँदै हेलिकप्टर बस्यो ।

474
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

स्याङ्जा र आसपास जिल्लाका व्यवसायीले ४ वर्ष अघि संचालनमा ल्याएको सूर्योदय लघुवित्त वित्तीय संस्थाले पुँजी वृद्धि गर्ने भएको छ । हाल कायम रहेको पुँजीको १० बराबर ७ का दरले र १९ प्रतिशत हकप्रद बोनस सेयर थपे गरी पुँजी वृद्धि गर्न लागेको हो । अधिकृत पुँजी ८ करोड रहेको संस्थाको जारी पुँजी ४ करोड र चुक्ता पुँजी पनि ४ करोड नै रहेको अवस्थामा चुक्ता पुँजी ७ करोड ७६ लाख पु¥याउन पुँजी वृद्धि गर्न लागेको हो । चुक्ता पुँजी ४ करोड मध्ये संस्थापकको २ करोड ८० लाख र सर्वसाधारणको १ करोड २० लाखको १० बराबर ७ का दरले पुँजी थरेपर चुक्ता पुँजी वृद्धि गर्ने भएको छ ।

1378
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

स्विट्जरल्यान्डको लुश्रेनमा हुने पहिलो वल्र्ड इनोभेसन फोरममा नेपाल सहभागी हुने भएको छ । छानिएका चार उद्यमशील नवसिर्जनाका ‘स्टार्टअप’ सोचसहित नेपालले सहभागिता जनाउन लागेको हो ।

699
कारोबार संवाददाता
शुक्रवार, पुष २१, २०७४

सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले सहकारीबाट पीडित नागरिकले अब न्याय पाउने बताएकी छन् । राष्ट्रिय सहकारी संघको बिहीबार भएको साधारणसभालाई मन्त्री बस्तेतले सहकारी ऐन–२०७४ को व्यवस्थाअनुसार समस्याग्रस्त सहकारीको सम्पत्ति छानबिन गरी दायित्व फिर्ता गर्न सम्पत्ति व्यवस्थापन समिति गठनको प्रक्रिया अघि बढेको जानकारी दिइन् । समितिले काम गर्न थालेपछि पीडितले राहत पाउने उनको भनाइ थियो ।

1165
कारोबार संवाददाता
बिहिवार, पुष २०, २०७४

डेढ अर्ब आम्दानी गर्ने लक्ष्यका साथ नेपालगन्ज उद्योग वाणिज्य संघले यहाँ पहिलो पटक ‘प्रादेशिक महोत्सव–२०७४’ आयोजना गर्ने भएको छ ।संघको स्थापनाको ५०औं वर्ष पुगेको अवसर पारेर आगामी माघ ११ गतेदेखि २२ गतेसम्म संघले यहाँ ‘प्रादेशिक महोत्सव–२०७४’ आयोजना गर्ने भएको हो ।

890
कारोबार संवाददाता
बिहिवार, पुष २०, २०७४

पुस १३ गतेदेखि पुस १८ गतेसमम भृकुटीमण्डपमा आयोजना गरिएको ‘१४औं फुटवेयर एन्ड लेदर गुड्स एक्स्पो २०७४’ मा किरण सुज म्यानुफ्याक्चरर्सको उत्कृष्ट उत्पादन तथा नेपालको सबैभन्दा बढी ख्याति प्राप्त जुत्ता गोल्डस्टार जुत्ताले उत्कृष्ट ब्रान्डको पुरस्कार जितेको छ ।

3256
कारोबार संवाददाता
बिहिवार, पुष २०, २०७४

नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मध्ये उत्पादनमूलक क्षेत्रमा निकै कम मात्रै आउने गरेको पाइएको छ । सरकारले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता राखेर लगानी बढाउन आह्वान गरिरहे पनि नेपाल राष्ट्र बैंकको अध्ययनले भने उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था दयनीय देखाएको हो ।

1122
दीननाथ बराल
बुधवार, पुष १९, २०७४

नेपाली परम्परागत रूपमा प्रचलनमा रहेको नेपाली ढाका टोपीको पछिल्लो ८-१० वर्षदेखि यसको प्रयोग घट्दै जाँदा पोखरा क्षेत्रमा स्थापित भएका उद्योगहरू अझैसम्म पनि स्थापित हुन सकेका छैनन् । गोसेली हाउस, विन्ध्यवासिनी, मनकामना, पालिखे ढाकालगायतका टोपी उद्योगहरू करिब ८ वर्ष अघिदेखि बजार अभावको कारण विस्थापित भएका हालसम्म पनि पुनः स्थापित हुन सकेका छैनन् ।

710
कारोबार संवाददाता
बुधवार, पुष १९, २०७४

यही पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने हिमालय हाइड्रो एक्स्पो– २०१८ मा जलविद्युतसँग सम्बन्धित ५० विदेशी कम्पनीले सहभागिता जनाउने भएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको हिमालयन हाइड्रो एक्स्पोमा एक सय स्टलमध्ये ५० प्रतिशत विदेशी कम्पनीले सहभागिता जनाउन लागेका हुन् ।

1266
कारोबार संवाददाता
मंगलबार, पुष १८, २०७४

ट्रक एवं साना–मझौला ढुवानी व्यवसायीहरुले बुटवलमा अटो भिलेज जस्तै छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन माग गरेका छन् । ‘ट्रान्सपोर्ट भिलेज’ नहुँदा ट्रक तथा अन्य ढुवानीका साधनहरुले बजार क्षेत्रमै सडक अतिक्रमण गरेर सामान ओसार पसार गर्नुपर्दा बजार क्षेत्रमा ट्राफिक जामको समस्या बढेको र बजार अस्तव्यस्त बन्न पुगेको उनीहरुले औंल्याएका छन् । ढुवानीका सवारी साधनको संख्या बढ्दै गए पनि सम्बन्धित निकायले पार्किङ स्थल तथा छुट्टै स्थान नतोकि दिँदा सामान ढुवानीका लागि बजार क्षेत्रमा ट्रकहरु प्रवेश गर्दा ट्राफिक प्रहरीले विभिन्न बहानामा दुःख दिने जरिवाना असुल्ने गरेको समेत व्यवसायीको गुनासो छ ।

1270