कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

अनलाइन सपिङ दराजले बुधबारका लागि फेरि बृहत् किनमेल उत्सव अर्थात १२ः१२ अफर ल्षएको छ । प्रयोगकर्ताकोे किनेमल अनुभवलाई अझै स्तरीय बनाउन बिल्कुलै नयाँ विशेषताहरू थपिएको जनाइएको छ । दराज १२.१२ अभियान अन्तर्गत यही डिसेम्बर १२ तारिखसम्म क्रेताहरूले चुनिएका महिला र पुरुषका फेसन, घरायसी उपकरणहरू, मोबाइल फोनहरू, खाद्य–सामग्रीहरू, जीवनशैली, सौन्दर्य र अरू पनि धेरै सरसामानहरूमा ठूलो छुट गरिने जनाएको छ ।

849
कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

नेपाल क्लियरिङ हाउसको ११९ औं सञ्चलाक समितिको बैंठकबाट फाइनान्स कम्पनीहरुकातर्फबाट रिलायन्स फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गरिएको छ ।

875
कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

विद्युत् तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी एवं गोष्ठीको नवौं संस्करण ‘निक इलेक्ट्रो टेक–२०१८’ पुस ६ गतेदेखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने भएकोे छ ।

1090
कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

नेपाल उद्योग वाणिज्य महासंघले ब्याजदरको अस्वाभाविक वृद्धि नियन्त्रणका लागि पहल गर्न केन्द्रीय बैंकलाई आग्रह गरेको छ । महासंघ अध्यक्ष भवानी राणाले माग र सुझाव समेटिएका १८ बुँदे ज्ञापन पत्र मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई बुझाइन् ।

1023
कारोबार संवाददाता
मंगलबार, मंसिर २५, २०७५

नेपाल निर्माण व्यवसायी महासंघले संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुँदा देशभरका निर्माण व्यवसायी मारमा परेको जनाएको छ । महासंघले विभिन्न तहका सरकारबीच समन्वय हुँदा संघीय सरकारले सम्झौता गरी सञ्चालनमा रहेका विभिन्न सडक, भवन, पुललगायतका परियोजनाको भुक्तानीमा अन्योल देखिएको र त्यसको ठूलो मार निर्माण व्यवसायीलाई परेको बताएको हो ।

883
सरस्वती ढकाल
मंगलबार, मंसिर २५, २०७५

सरकारले आर्थिक वर्ष २०७३÷७४ को बजेटमा काठमाडौं उपत्यकामा सञ्चालित औद्योगिक क्षेत्रलाई उपत्यकाबाहिर सार्ने घोषणा गरे पनि दुई वर्ष बितिसक्दा पनि योजना कागजमै सीमित बनेको छ । संविधान निर्माणपछि केपी ओली नेतृत्वमा बनेको सरकारले ल्याएको यो योजना ओली फेरि प्रधानमन्त्री बनिसक्दा पनि अघि बढ्न सकेको छैन । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा उपत्यकाबाट औद्योगिक क्षेत्र हटाउने व्यवस्था गरिएको थियो । तर, त्यसपछिका कुनै पनि सरकारले यसलाई कार्यान्वयन गरेनन् ।

1183
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

चुहावट नियन्त्रणसहितको लक्ष्य हासिल गर्ने गरी नेपाल विद्युत् प्राधिकरण केन्द्रले जनकपुर क्षेत्रीय कार्यालयका प्रमुखसँग कार्य सम्पादन सम्झौता गरेको छ ।

683
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

स्टेम फाउन्डेसन नेपाल र वातावरण विभागको सहकारिता तथा जगदम्बा स्टिल्सको सहयोगमा आयोजित कार्यक्रममार्फत प्रयोग भइसकेका प्लास्टिकका झोलाबाट मृत सागरको आकृति बनाई विश्व कीर्तिमान राख्ने प्रयास सफल भएको छ ।

588
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

उद्योग वाणिज्य संघ बागलुङको १७ औं अधिवेशनबाट अध्यक्षमा युवराज राजभण्डारी निर्वाचित भएका छन । लोकतान्त्रिक व्यवसायीहरुको तर्फबाट चुनावी मैदानमा उत्रिएका राजभण्डारी ५ सय ९४ मत प्रप्त गरी विजयी भएका हुन् ।

844
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

प्यूठान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सरगर्मी बढेकको छ । मंसिर २९ गते हुने संघको निर्वाचन मिति नजिकियसँगै निर्वाचन सरगर्मी बढ्दै गएको हो । संघको दसौं अधिवेशनका लागि अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन हुने देखिए पनि अन्य पदाधिकारीहरूमा भने निर्वाचन हुने निश्चित बनेको हो ।

725
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

युरोपेली आर्थिक चेम्बर(ईईसी) नेपालको १२ औं वार्षिक साधारणसभा शुक्रबार विनायक शाहको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभाले सन् २०१९ को लागि वार्षिक योजना र कार्यक्रम अनुमोदन गरेको चेम्बरद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

648
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

पुस पहिलो सातादेखि बाराको सिमरामा दोस्रो औद्योगिक, व्यापार तथा खेलकुद महोत्सवको आयोजना हँने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीय आयोजक सिमरा फाउन्डेसनले महोत्सवका बारेमा जानकारी दिएको हो ।

938
मीनकुमार नवोदित
सोमवार, मंसिर २४, २०७५

विराटनगर–१८ बुधनगरमा अत्याधुनिक सुविधासम्पन्न एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण भएसँगै पूर्वका उद्योगीहरू उत्साहित भएका छन् ।

806
लक्ष्मी सापकोटा
सोमवार, मंसिर २४, २०७५

मुलुकमा व्यापारघाटा तीब्र गतिमा बढिरहेका बेला विदेशबाट आउने सामानको आयात प्रतिस्थापन गर्न अन्तरप्रदेश व्यापारको अवधारणा अघि सारिएको छ । सातै प्रदेशमा निर्यातयोग्य वस्तुको पहिचान गरी उत्पादन बढाएर अन्तरप्रदेश व्यापार गर्न लागिएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुको निर्यात प्रवद्र्धन गर्न अन्तरप्रदेश व्यापारको सम्भावना पहिचान गर्न लागेको हो ।

897
कारोबार संवाददाता
आइतवार, मंसिर २३, २०७५

कञ्चनपुरको महेन्द्रनगरदेखि भारतको देहरादूनका लागि नेपाल–भारत मैत्री बस सेवा सुरु भएकोे छ । नेपाल र भारतका यातायात व्यवसायीको संयुक्त पहलमा सुरु भएको मैत्रीबस से

1901